Logo
  • ई-पेपर
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • आर्थिक/बजार
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरञ्जन
  • राजनीति
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • साहित्य
  • सुचना प्रविधि
  • स्वास्थ्य
© २०७९ प्रत्यूष Designed by: GOJI Solution
Logo
२०८३ आश्विन २२, बिहिबार
आजको ई-पेपर
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • आर्थिक/बजार
  • खेलकुद
  • मनोरञ्जन
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय
धनकुटा

स्थानीय बीउ संरक्षणका लागि धनकुटामा जिन बैङ्क स्थापना

परम्परागत तथा स्थानीय बालीका बीउ लोप हुने जोखिम बढिरहेका बेला यहाँ स्थापना गरिएको ‘जिन बैङ्क’ धनकुटा नगरपालिकालाई हस्तान्तरण गरिएको छ ।
रासस ८२६ पटक पढिएको प्रकाशित मिति: २०८३ आश्विन २२, बिहिबार (२ घण्टा अघि)
स्थानीय बीउ संरक्षणका लागि धनकुटामा जिन बैङ्क स्थापना

धनकुटा, २२ असोजः परम्परागत तथा स्थानीय बालीका बीउ लोप हुने जोखिम बढिरहेका बेला यहाँ स्थापना गरिएको ‘जिन बैङ्क’ धनकुटा नगरपालिकालाई हस्तान्तरण गरिएको छ । स्थानीयस्तरमा पुस्तौँदेखि संरक्षण हुँदै आएका तर पछिल्लो समय खेती गर्ने चलन घट्दै गएका विभिन्न बालीका बीउ संरक्षण गर्ने उद्देश्यले स्थापना गरिएको जिन बैङ्क नगरपालिकाको संरक्षण तथा व्यवस्थापनमा रहने भएको हो ।

हुसाडेक नेपाल धनकुटाले आयोजना गरेको परियोजना समापन तथा प्रगति समीक्षा कार्यक्रममा संस्थाका अध्यक्ष खेमराज थापाले जिन बैङ्क धनकुटा नगरका प्रमुख चिन्तन तामाङलाई हस्तान्तरण गर्नुभएको हो । कार्यक्रममा स्थानीय रैथाने बीउको संरक्षण, कृषि जैविक विविधताको जगेर्ना तथा आगामी पुस्ताका लागि परम्परागत कृषि प्रणाली र बालीका जात सुरक्षित राख्नुपर्नेमा जोड दिइएको थियो ।

नगरप्रमुख तामाङले पछिल्लो समय आधुनिक तथा उन्नत जातका बीउको प्रयोग बढ्दै जाँदा स्थानीय तथा रैथाने बीउ क्रमशः हराउँदै गएको बताउनुभयो । स्थानीय हावापानी र माटोअनुकूल रहेका यस्ता बीउको संरक्षण गर्न सके कृषि जैविक विविधता जोगाउनाका साथै स्थानीय किसानलाई पनि फाइदा पुग्ने उहाँको भनाइ छ ।

“रैथाने बीउहरू क्रमशः मासिँदै गएको अवस्थामा जिन बैङ्कको स्थापनाले यस्ता बीउ संरक्षण र प्रवर्द्धनमा महत्वपूर्ण छ”, नगरप्रमुख तामाङले भन्नुभयो । उहाँले नगरले जिन बैङ्कको संरक्षण, व्यवस्थापन तथा यसको प्रभावकारी उपयोगका लागि आवश्यक पहल गर्ने बताउनुभयो ।

धनकुटा नगरपालिका परिसरमा हुसाडेकले धनकुटा नगरपालिका र संयुक्त राष्ट्रसङ्घीय विकास कार्यक्रम (युएनडिपी) सँगको सहकार्यमा जिन बैङ्क स्थापना गरेको हो । संस्थाले गत चैतदेखि धनकुटा क्षेत्रमा परम्परागत रूपमा खेती हुँदै आएका, तर पछिल्लो समय खेतीको चलनबाट हराउन थालेका विभिन्न बालीका बीउ सङ्कलन गर्दै आएको जनाएको छ ।

रैथाने तथा परम्परागत बालीका बीउ संरक्षण गर्नुका साथै तिनको पहिचान, संरक्षण र भावी पुस्तामा हस्तान्तरण गर्ने उद्देश्यले जिन बैङ्क स्थापना गरिएको हुसाडेकका अध्यक्ष थापाले जानकारी दिनुभयो । उहाँका अनुसार स्थानीय किसानका खेतबारीमा मात्र सीमित रहेका धेरै बीउका जात संरक्षणको अभावमा हराउने अवस्थामा पुगेका छन् ।

जिन बैङ्कका लागि हालसम्म बेलगुटी, बासमती, तौलीलगायत स्थानीय धानका जात सङ्कलन गरिएको छ । त्यस्तै फर्सी, सिमी, बोडी, घोरेमास, गहत, फिलुङ्गे, सौँफ, तोरी, चमसुर, गहुँ, मकै, आलस, रातो तथा कालो दाल, भटमास, घिरौँला, काक्रा, सेतो-रातो तिल, बकुल्ला, रातो-सेतो मकै, माझी बोडी तथा विभिन्न रैथाने कोदोलगायतका बीउ पनि सङ्कलन गरिएको कार्यालयले जनाएको छ ।

कार्यालयका अनुसार हालसम्म २५ भन्दा बढी प्रजातिका करिब ७० जातका रैथाने बीउ सङ्कलन भइसकेका छन् । यसरी सङ्कलन गरिएका बीउलाई व्यवस्थित रूपमा सुरक्षित राख्नुका साथै आवश्यकता र मागअनुसार किसानलाई उपलब्ध गराउने उद्देश्य पनि राखिएको छ ।

स्थानीय जातका बीउमा स्थानीय माटो तथा हावापानीसँग अनुकूल हुने क्षमता हुनुका साथै कतिपय बीउमा रोग तथा कीरा प्रतिरोधी गुणसमेत हुने भएकाले यसको संरक्षण महत्वपूर्ण रहेको बताइएको छ । रैथाने बालीको संरक्षणले कृषि जैविक विविधता कायम राख्न तथा स्थानीय खाद्य प्रणालीलाई बलियो बनाउन सहयोग पुग्ने धनकुटा नगरपालिकाले जनाएको छ ।

यसैबीच, सोही कार्यक्रममा धनकुटा नगरपालिकामा सञ्चालित ‘राइसे’ परियोजना पनि समापन भएको जानकारी दिइएको थियो । परियोजनामार्फत करिब ४६ हजार अमेरिकी डलरको लागतमा धनकुटा नगरपालिका क्षेत्रभित्र विभिन्न वातावरणीय तथा कृषि क्षेत्रमा काम गरिएको परियोजना प्रमुख नवीन भट्टराईले जानकारी दिनुभयो ।

परियोजनाअन्तर्गत सोयल सिमेन्ट प्रविधिबाट पोखरी निर्माण, जिन बैङ्क स्थापना, माछापालन, समुदायमा आधारित कृषि पर्यटन, भूजल पुनर्भरण तथा मानव-वन्यजन्तु द्वन्द्व न्यूनीकरणलगायत क्षेत्रमा काम गरिएको उहाँले बताउनुभयो । परियोजनाले स्थानीय समुदायको आयआर्जनमा सहयोग पुर्‍याउनुका साथै कृषि, वातावरण संरक्षण र स्थानीय स्रोतको दिगो उपयोगमा समेत योगदान गरेको हुसाडेक नेपालले दाबी गरेको छ ।

  • धनकुटा
  • प्रतिक्रिया दिनुहोस
    विचार/लेख सम्बन्धि थप
  • गण्डकी प्रदेशमा प्राकृतिक विपद्ः यातायात सेवा प्रभावित

    गण्डकी प्रदेशमा प्राकृतिक विपद्ः यातायात सेवा प्रभावित

  • Post Thumbnail

    मर्मतपछि राहुघाटबाट पुनः विद्युत् उत्पादन

  • Post Thumbnail

    आलेखः शिक्षकबाट कृषिउद्यमी बनेका फेन्चु अरुका लागि अनुकरणीय

  • Post Thumbnail

    पाइडल रिक्सा चालकको रोजीरोटीमा क्रमशः समस्या

  • प्रत्यूष ई-पेपर थप

    २०८३ असोज २२ गते बिहिबार

    २०८३ असोज २२ गते बिहिबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    समाचार
    म्याग्दीका छवटै स्थानीय तहलाई विपद् सङ्कटग्रस्त क्षेत्र घोषणा

    म्याग्दीका छवटै स्थानीय तहलाई विपद् सङ्कटग्रस्त क्षेत्र घोषणा

    Post Thumbnail

    चक्कु प्रहारबाट एकको मृत्यु, एक घाइते

    Post Thumbnail

    विराटनगर किङ्ग्सको प्रशिक्षकमा श्रीलङ्काका धम्मिका प्रसाद नियुक्त

    अनलाइन सट्टेबाजी तथा क्रिप्टो कारोबारमा संलग्न युवक पक्राउ

    अनलाइन सट्टेबाजी तथा क्रिप्टो कारोबारमा संलग्न युवक पक्राउ

    प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित

    नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी

    [email protected]

    ०१०५२११७५,९८५११२०८५०

    जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२

    जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०

    सूचना विभाग दर्ता नम्बर: ५२१०

    हाम्रो टीम

    अध्यक्ष /संचालक : श्री दिपा लम्साल - (९८५११२०९४०)
    प्रधानसम्पादक : श्री बद्री अधिकारी - (९८५११२०८५०)
    कार्यकारी सम्पादक :अर्जुन प्रसाद खतिवडा - (९८४९३३९२२२)
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • ई-पेपर
    • बिज्ञापन
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • समाचार
    • स्थानीय समाचार
    • अन्तर्राष्ट्रिय
    © २०७९ प्रत्यूष Designed by: GOJI Solution