
काठमाडौँ, २२ असोज: मुलुकभर सञ्चालित सामुदायिक विद्यालयमध्ये ८५ दशमलव ४ प्रतिशतमा इन्टरनेट सुविधा पुगेको छ ।
शिक्षा तथा खेलकुद मन्त्रालयका अनुसार सामुदायिक विद्यालयमध्ये ८५ दशमलव ४ प्रतिशतमा इन्टरनेट सुविधा पुगेको हो । यस्तै, २९ दशमलव ६ प्रतिशत सामुदायिक विद्यालयमा सूचना प्रविधि (आइटी तथा आइसिटी) प्रयोगशाला विस्तार भएको छ ।
विसं २०७७ देखि सञ्चालित ‘राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम’ अन्तर्गत चार हजार छ सय आठ विद्यालयमा सूचना प्रविधि प्रयोगशाला (आइसिटी ल्याब) निर्माण भएको मन्त्रालयले जनाएको छ । विद्यालयमा वैकल्पिक स्रोतबाट ६९ दशमलव ६ प्रतिशत विद्युत् पहुँच पुगेको छ । मुलुकभर धार्मिक प्रकृतिका विद्यालयसमेत गरी ३५ हजार नौ सय ५१ विद्यालय सञ्चालनमा छन् । तीमध्ये २७ हजार १० सामुदायिक विद्यालय छन् ।
विद्यालय पूर्वाधारतर्फ २०७२ को भूकम्पपछिको पुनर्निर्माणअन्तर्गत सात हजार छ सय ६७ विद्यालयको निर्माण सम्पन्न भएको छ भने थप १४ विद्यालय निर्माणाधीन छन् ।
पश्चिम नेपालमा भूकम्पबाट क्षतिग्रस्त विद्यालयमध्ये सरकार तथा विभिन्न विकास साझेदारको सहयोगमा दुई सय १६ विद्यालयको पुनर्निर्माण भइरहेका मन्त्रालयले जनाएको छ । दुई हजारभन्दा बढी विद्यार्थी भएका ३६ विद्यालयमा थप पूर्वाधार विकासअन्तर्गत १२ कोठे भवन निर्माण भइरहेका छन् ।


प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित
नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी
०१०५२११७५,९८५११२०८५०
जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२
जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०
सूचना विभाग दर्ता नम्बर: ५२१०
| अध्यक्ष /संचालक : | श्री दिपा लम्साल - (९८५११२०९४०) |
| प्रधानसम्पादक : | श्री बद्री अधिकारी - (९८५११२०८५०) |
| कार्यकारी सम्पादक : | अर्जुन प्रसाद खतिवडा - (९८४९३३९२२२) |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |