Logo
  • ई-पेपर
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • आर्थिक/बजार
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरञ्जन
  • राजनीति
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • साहित्य
  • सुचना प्रविधि
  • स्वास्थ्य
© २०७९ प्रत्यूष Designed by: GOJI Solution
Logo
२०८३ आश्विन २२, बिहिबार
आजको ई-पेपर
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • आर्थिक/बजार
  • खेलकुद
  • मनोरञ्जन
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय
राँझा

पाइडल रिक्सा चालकको रोजीरोटीमा क्रमशः समस्या

पाइडल रिक्सा चालकको रोजीरोटीमा क्रमशः समस्या देखापर्दै जान थालेको छ । करिब एक दशकअघिसम्म नेपालगञ्जका सडकमा बज्ने परम्परागत पाइडल रिक्साको विकल्पमा अटोरिक्सा सञ्चालनमा आएपछि पाइडल रिक्सामा यात्रुको आकर्षण घटेसँगै रोजीरोटीमा समस्या आएको हो ।
रासस ८२६ पटक पढिएको प्रकाशित मिति: २०८३ आश्विन २२, बिहिबार (१ घण्टा अघि)
Post Thumbnail

राँझा (बाँके), २२ असोजः पाइडल रिक्सा चालकको रोजीरोटीमा क्रमशः समस्या देखापर्दै जान थालेको छ । करिब एक दशकअघिसम्म नेपालगञ्जका सडकमा बज्ने परम्परागत पाइडल रिक्साको विकल्पमा अटोरिक्सा सञ्चालनमा आएपछि पाइडल रिक्सामा यात्रुको आकर्षण घटेसँगै रोजीरोटीमा समस्या आएको हो ।

स्थानीयवासी र व्यापारीका लागि आवतजावत र सामान ढुवानीको सबैभन्दा भरपर्दो रहेको पाइडल रिक्सा प्रविधिको विकाससँगै सहरमा भित्रिएका विद्युतीय रिक्साको दबदबाका कारण परम्परागत पाइडल रिक्सा अहिले पूर्ण रूपमा ओझेलमा परेका छन् ।

नेपालगञ्ज उपमहानगरपालिका–१२ का मुस्लिम खाँ ले पाइडल रिक्सा चलाएर घरपरिवार पाल्न थालेको दुईदशक भयो । तर, अचेल उहाँको रिक्सामा चढ्न यात्रु मान्दैनन । सवारी मिल्न छोडेपछि रोजीरोटी गुम्ने अवस्थामा रहेको खाँले बताउनुभयो ।

“सबै जना अटोमै चढ्न मन पराउँछन्, हाम्रो रिक्सामा मान्छे बस्नै मन पराउँदैनन्”, खाँले निराश हुँदै भन्नुभयो, “यो रिक्सा चलाएर गुजारा चलाउनै गाह्रो भइसक्यो । अब अरू नै कुनै काम गर्ने सोचमा छु ।”

उहाँका अनुसार, यात्रु पाउन छाडेपछि पाइडल रिक्सा चलाउने करिब ९० प्रतिशत चालकले पेसा परिवर्तन गरिसकेका छन् । आर्थिक रूपमा सक्षम चालकले किस्ताबन्दी वा ऋणधन गरेर विद्युतीय रिक्सा किनेका छन् भने अधिकांशले मजदुरी वा अन्य सानातिना कामधन्दा रोज्न बाध्य भएका छन् ।

सहरका गल्ली र बजारमा अटोको बाक्लो उपस्थिति भएपछि काम पाउन छाडेका पाइडल रिक्सा चालक अहिले नेपाल–भारत सीमावर्ती जमुनाह नाकामा थुप्रिएका छन् ।

नेपालगञ्ज–१३ का रिक्सा चालक गङ्गाराम रैदासका अनुसार पहिले दैनिक रु एक हजारसम्म सजिलै कमाइ हुने गरेकोमा अहिले मुस्किलले रु २०० देखि ३०० मात्र हुन्छ ।

सहरमा यात्रु पाउन छोडेपछि सीमावर्ती क्षेत्रमा सामान ओसारेर जीविकोपार्जन गर्न खोजे पनि त्यहाँ अर्कै सास्ती छ । “जमुनाहबाट भारतीय बजार रुपैडिहा आवतजावत गर्दा दुवै देशका सुरक्षाकर्मीबाट दुःख पाउने गरेका छौँ”, रैदासले आफ्नो दुःख पोख्नुभयो ।

विद्युतीय रिक्साको आगमनले चालकलाई मात्र होइन, यससँग जोडिएका साना व्यवसायीलाई पनि विस्थापित बनाएको छ ।

नेपालगञ्ज–१२ का पुत्तन होली कुनै समय तीन वटा पाइडल रिक्सा भाडामा लगाएर आफैँ मर्मतको काम पनि सम्हाल्ने गर्नुहुन्थ्यो । तर, पाइडल रिक्सा पाखा लागेसँगै उहाँको भाडा उठ्न छाड्यो । बाध्य भएर उहाँले आफ्नो परम्परागत पेसा नै बदलेर अहिले रिक्सा मर्मत गर्ने पुरानो पसलमा पान बेच्न थाल्नुभएको छ ।

नेपालगञ्ज सहरबाट पूर्ण रूपमा विस्थापित भइसकेका यी परम्परागत रिक्सा अहिले जमुनाह नाकामा थुप्रिएका छन् ।

सीमावर्ती भारतीय बजार रुपैडिहामा विद्युतीय रिक्सा (इ–रिक्सा) प्रवेशमा प्रतिबन्ध लगाइएका कारण पाइडल रिक्साका लागि यो क्षेत्र अन्तिम सहारा बनेको छ ।

जमुनाह इलाका प्रहरी कार्यालयका प्रमुख प्रहरी निरीक्षक राजनप्रसाद भट्टराईका अनुसार, रुपैडिहामा अटो चल्न नदिइने भएकाले जमुनाहदेखि रुपैडिहासम्म यात्रु र सामान ओसारपसार गर्न अझै पाइडल रिक्साकै भीड लाग्ने गरेको छ ।

समयको गति र प्रविधिको विकासले सहरलाई आधुनिक र सहज त बनाएको छ, तर वर्षौंदेखि पसिना बगाएर सहर चलाइरहेका पाइडल रिक्सा चालकको रोजीरोटी भने खोसेको छ ।

विकल्प र पुनःस्थापनाको अभावमा उहाँहरु आफ्नो परम्परागत पेसा छाडेर नयाँ बाटो पहिल्याउन बाध्य भइरहेको नेपालगञ्ज उद्योग वाणिज्य सङ्घका पूर्वअध्यक्ष कृष्णप्रसाद श्रेष्ठले बताउनुभयो ।

  • बाँके
  • राँझा
  • प्रतिक्रिया दिनुहोस
    विचार/लेख सम्बन्धि थप
  • विचारः लोकतन्त्रको अबको यात्रा परिणाममुखी लोकतन्त्र

    विचारः लोकतन्त्रको अबको यात्रा परिणाममुखी लोकतन्त्र

  • Post Thumbnail

    पोखरा–जोमसोम हवाई उडानमा यात्रुको चाप उच्च

  • चुदारोका भरमा जोगिँदै ठेकी बनाउने परम्परा

    चुदारोका भरमा जोगिँदै ठेकी बनाउने परम्परा

  • बेनी–जोमसोम–कोरला सडकः कुनौटामा मार्ग छिचोलियो

    बेनी–जोमसोम–कोरला सडकः कुनौटामा मार्ग छिचोलियो

  • प्रत्यूष ई-पेपर थप

    २०८३ असोज २२ गते बिहिबार

    २०८३ असोज २२ गते बिहिबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    समाचार
    Post Thumbnail

    सामुदायिक विद्यालयमा इन्टरनेट पहुँच ८५ प्रतिशतभन्दा बढी

    हुरीले गोलभेँडा खेतीमा क्षति

    हुरीले गोलभेँडा खेतीमा क्षति

    Post Thumbnail

    अनुदान पाएपछि मालारानीका कृषक सामूहिक बजारीकरणमा

    Post Thumbnail

    वार्षिक प्रतिवेदन कोशी प्रदेशसभामा पेस गर्ने निर्णय

    प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित

    नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी

    [email protected]

    ०१०५२११७५,९८५११२०८५०

    जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२

    जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०

    सूचना विभाग दर्ता नम्बर: ५२१०

    हाम्रो टीम

    अध्यक्ष /संचालक : श्री दिपा लम्साल - (९८५११२०९४०)
    प्रधानसम्पादक : श्री बद्री अधिकारी - (९८५११२०८५०)
    कार्यकारी सम्पादक :अर्जुन प्रसाद खतिवडा - (९८४९३३९२२२)
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • ई-पेपर
    • बिज्ञापन
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • समाचार
    • स्थानीय समाचार
    • अन्तर्राष्ट्रिय
    © २०७९ प्रत्यूष Designed by: GOJI Solution