Logo
  • ई-पेपर
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • आर्थिक/बजार
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरञ्जन
  • राजनीति
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • साहित्य
  • सुचना प्रविधि
  • स्वास्थ्य
© २०७९ प्रत्यूष Designed by: GOJI Solution
Logo
२०८३ आश्विन २२, बिहिबार
आजको ई-पेपर
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • आर्थिक/बजार
  • खेलकुद
  • मनोरञ्जन
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय
गण्डकी

पोखरा–जोमसोम हवाई उडानमा यात्रुको चाप उच्च

पोखरादेखि म्याग्दीको बेनी हुँदै मुस्ताङ जोड्ने सडक बाढीपहिराले अवरुद्ध बनेपछि पोखरा–जोमसोम हवाई उडानमा यात्रुको चाप बढेको छ ।
रासस ६७६ पटक पढिएको प्रकाशित मिति: २०८३ आश्विन २२, बिहिबार (१ घण्टा अघि)
Post Thumbnail

गण्डकी, २२ असोज : पोखरादेखि म्याग्दीको बेनी हुँदै मुस्ताङ जोड्ने सडक बाढीपहिराले अवरुद्ध बनेपछि पोखरा–जोमसोम हवाई उडानमा यात्रुको चाप बढेको छ । उडान सङ्ख्या कम भएका कारण यात्रुको चाप थेग्न मुश्किल भइरहेको जोमसोम विमानस्थलका प्रमुख विश्वनाथ शर्माले बताउनुभयो । उहाँका अनुसार तारा र समिट एयरको ट्वीनटर जहाजले पोखरा–जोमसोम उडान गर्दै आएका छन् ।

“दुवै जहाजले दैनिक पाँच÷पाँच वटा उडान गर्दै आएकामा अहिले दैनिक सात÷सात वटासम्म उडान गरेका छन्”, उहाँले भन्नुभयो, “मुस्ताङ जोड्ने सडकमार्ग विच्छेद भएपछि जहाजबाट आउजाउ गर्ने यात्रुको चाप बढेको हो ।” यतिबेला मुख्य पर्यटकीय याम चलिरहेकाले हवाई मार्गबाट मुस्ताङ जाने पर्यटकको सङ्ख्या पनि बढिरहेको विमानस्थल प्रमुख शर्माले बताउनुभयो ।

स्रोह श्रद्धाका बेला मुक्तिनाथ दर्शनसँगै कागबेनीमा पितृतर्पण गर्न नेपाल र भारतका हिन्दुमार्गीहरु पनि उल्लेख्य रुपमा त्यहाँ पुग्ने गर्छन् । एयरलाइन्स कम्पनीले हवाई उडानमा बिरामी, अशक्त आदिलाई प्राथमिकता दिइएको जनाएका छन् । त्यस किसिमका यात्रु र विदेशी पर्यटकको सहज यात्राका लागि स्थानीय प्रशासन र विमानस्थल कार्यालयलेसमेत सहजीकरण गरिरहेको प्रमुख शर्माले बताउनुभयो ।

“पर्यटकीय याम भएकाले यसै पनि पोखरा–जोमसोम धेरै उडान हुने बेला हो यो”, उहाँले भन्नुभयो, “विपद्का कारण सडक अवरुद्ध भएपछि यात्रुको चाप थप बढेको हो ।” सडकमार्ग खुलेपछि यात्रुको चाप स्वतः घट्ने र हवाई यात्रा पनि सहज हुने उहाँले बताउनुभयो ।

पोखरा अन्तरराष्ट्रिय विमानस्थल, नागरिक उड्डयन कार्यालयका सूचना अधिकारी विनोदसिंह रावतले दिउँसोको समयमा जोमसोम विमानस्थलमा बढी हावाहुरी चल्ने भएकाले अधिकांश बिहानको समयमा मात्र उडान हुँदै आएको बताउनुभयो । दिनभर उडान हुनसक्दा यात्रुलाई सहज रुपमा सेवा दिन सकिने भएपनि पोखरा–जोमसोम उडानमा त्यो अवस्था नरहेको उहाँको भनाइ छ ।

अधिकांश उडान मध्याह्न १२ बजेअघि नै हुने गरेको उहाँले बताउनुभयो । वर्षायामका कारण गत जेठ १८ गतेदेखि बन्द भएको पोखरा–जोमसोम हवाई उडान सेवा गत भदौ पहिलो सातादेखि सुरु भएको थियो । ‘भिजिबिलिटी’ कम हुने भएपछि हरेक वर्षायाममा पोखरा–जोमसोम उडान बन्द हुने गरेको छ ।

यही असोज ८ देखि ११ गतेसम्मको वर्षात्पछि कालीगण्डकी नदीमा आएको बाढीले उक्त सडकखण्ड ठाउँठाउँमा अवरुद्ध पारेपछि यतिबेला पोखरादेखि मुस्ताङ जाने एकमात्र विकल्प हवाई मार्ग बनेको छ । बाह्र दिनदेखि अवरुद्ध रहेको कालीगण्डकी करिडोरअन्तर्गत बेनी–जोमसोम–कोरला सडक अझै सञ्चालनमा आउन सकेको छैन ।

  • गण्डकी
  • मुस्ताङ
  • म्याग्दी
  • प्रतिक्रिया दिनुहोस
    विचार/लेख सम्बन्धि थप
  • Post Thumbnail

    पाइडल रिक्सा चालकको रोजीरोटीमा क्रमशः समस्या

  • विचारः लोकतन्त्रको अबको यात्रा परिणाममुखी लोकतन्त्र

    विचारः लोकतन्त्रको अबको यात्रा परिणाममुखी लोकतन्त्र

  • चुदारोका भरमा जोगिँदै ठेकी बनाउने परम्परा

    चुदारोका भरमा जोगिँदै ठेकी बनाउने परम्परा

  • बेनी–जोमसोम–कोरला सडकः कुनौटामा मार्ग छिचोलियो

    बेनी–जोमसोम–कोरला सडकः कुनौटामा मार्ग छिचोलियो

  • प्रत्यूष ई-पेपर थप

    २०८३ असोज २२ गते बिहिबार

    २०८३ असोज २२ गते बिहिबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    समाचार
    Post Thumbnail

    अनुदान पाएपछि मालारानीका कृषक सामूहिक बजारीकरणमा

    Post Thumbnail

    वार्षिक प्रतिवेदन कोशी प्रदेशसभामा पेस गर्ने निर्णय

    Post Thumbnail

    सरकार गठन भएको ५५ दिनसम्म पनि बजेट नल्याएकामा कांग्रेसको आपत्ति

    Post Thumbnail

    पाइडल रिक्सा चालकको रोजीरोटीमा क्रमशः समस्या

    प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित

    नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी

    [email protected]

    ०१०५२११७५,९८५११२०८५०

    जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२

    जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०

    सूचना विभाग दर्ता नम्बर: ५२१०

    हाम्रो टीम

    अध्यक्ष /संचालक : श्री दिपा लम्साल - (९८५११२०९४०)
    प्रधानसम्पादक : श्री बद्री अधिकारी - (९८५११२०८५०)
    कार्यकारी सम्पादक :अर्जुन प्रसाद खतिवडा - (९८४९३३९२२२)
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • ई-पेपर
    • बिज्ञापन
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • समाचार
    • स्थानीय समाचार
    • अन्तर्राष्ट्रिय
    © २०७९ प्रत्यूष Designed by: GOJI Solution