Logo
  • ई-पेपर
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • आर्थिक/बजार
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरञ्जन
  • राजनीति
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • साहित्य
  • सुचना प्रविधि
  • स्वास्थ्य
© २०७९ प्रत्यूष Designed by: GOJI Solution
Logo
२०८३ आश्विन २१, बुधबार
आजको ई-पेपर
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • आर्थिक/बजार
  • खेलकुद
  • मनोरञ्जन
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय
काठमाडौँ

इन्टरनेट मतदानका लागि प्रविधि र संस्थागत क्षमता सुदृढीकरणमा जोड

इन्टरनेट मतदान प्रणाली कार्यान्वयन गर्न प्रविधिगत तयारी, संस्थागत क्षमता विकास, साइबर सुरक्षा र अन्तरनिकाय समन्वयलाई प्राथमिकता दिइनुपर्नेमा जोड
रासस ४७६ पटक पढिएको प्रकाशित मिति: २०८३ आश्विन २१, बुधबार (२ घण्टा अघि)
Post Thumbnail

काठमाडौँ, २१ असोजः इन्टरनेट मतदान प्रणाली कार्यान्वयन गर्न प्रविधिगत तयारी, संस्थागत क्षमता विकास, साइबर सुरक्षा र अन्तरनिकाय समन्वयलाई प्राथमिकता दिइनुपर्नेमा जोड दिइएको छ ।

निर्वाचन आयोगद्वारा आयोजित ‘इन्टरनेट मतदान प्रविधि तथा निर्वाचन व्यवस्थापनमा सूचना तथा सञ्चार प्रविधिको प्रयोगसम्बन्धी प्रस्तुतीकरण, प्रविधि प्रदर्शन तथा अन्तक्र्रिया कार्यक्रम’मा प्रमुख निर्वाचन आयुक्त मानबहादुर कार्कीले इन्टरनेट मतदान प्रणाली कार्यान्वयनका लागि आवश्यक प्रविधि, जनशक्ति र संस्थागत क्षमताको विकास गर्नुपर्ने बताउनुभयो ।

उहाँले प्रणालीको विश्वसनीयता र सुरक्षित सञ्चालनका लागि साइबर सुरक्षा तथा सम्बन्धित सरकारी निकायबीच प्रभावकारी समन्वय आवश्यक रहेको उल्लेख गर्नुभयो ।

निर्वाचन आयुक्त डा राजीव सुब्बाले भविष्यमा नेपालमा इन्टरनेट मतदान प्रणाली कार्यान्वयन गर्ने दिशामा अघि बढ्दा आयोगमा मात्र नभई सरकारका विभिन्न निकायमा उपलब्ध सूचना तथा सञ्चार प्रविधिसम्बन्धी ज्ञान, सीप, जनशक्ति र प्राविधिक क्षमताको ‘स्किल म्यापिङ’ गर्न आवश्यक रहेको बताउनुभयो ।

उहाँले इन्टरनेट मतदान बहुआयामिक र अन्तरनिकायसँग सम्बन्धित विषय भएकाले डिजिटल पहिचान, मतदाता प्रमाणीकरण, डाटा आदानप्रदान, साइबर सुरक्षा, प्रणाली विकास, पूर्वाधार र सञ्चालनलगायत क्षेत्रमा उपलब्ध विशेषज्ञता र सीपको पहिचान गर्नुपर्नेमा जोड दिनुभयो । ‘स्किल म्यापिङ’ले आवश्यक प्राविधिक जनशक्ति, विशेषज्ञता र संस्थागत क्षमताको पहिचान तथा उपयोगका लागि आधार प्रदान गर्ने उहाँले बताउनुभयो ।

कार्यक्रममा नेदरल्यान्ड्स, एस्टोनिया, बोस्निया, पानामा तथा बेलायतबाट सहभागी विज्ञले इन्टरनेट मतदान प्रणालीको प्राविधिक संरचना, सुरक्षा र सञ्चालनसम्बन्धी विषयमा जानकारी दिनुभएको थियो ।

राष्ट्रिय समाचार समिति (रासस)

  • काठमाडौँ
  • निर्वाचन आयोग
  • प्रतिक्रिया दिनुहोस
    समाचार सम्बन्धि थप
  • Post Thumbnail

    सामुदायिक वनलाई पर्यटकीयस्थलका रुपमा उपयोग गर्दै बकैया

  • लेतेदेखि कोरलासम्म रोकिएका छन् पाँच सय बढी कन्टेनर

    लेतेदेखि कोरलासम्म रोकिएका छन् पाँच सय बढी कन्टेनर

  • Post Thumbnail

    छ वर्षमा तीन हजार ५०० हेक्टर क्षेत्रफल सिँचाइ

  • बाढी प्रभावित क्षेत्रमा गैरसरकारी संस्थाका राहत कार्यक्रम

    बाढी प्रभावित क्षेत्रमा गैरसरकारी संस्थाका राहत कार्यक्रम

  • प्रत्यूष ई-पेपर थप

    २०८३ असोज २१ गते बुधबार

    २०८३ असोज २१ गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    समाचार
    Post Thumbnail

    सामुदायिक वनलाई पर्यटकीयस्थलका रुपमा उपयोग गर्दै बकैया

    लेतेदेखि कोरलासम्म रोकिएका छन् पाँच सय बढी कन्टेनर

    लेतेदेखि कोरलासम्म रोकिएका छन् पाँच सय बढी कन्टेनर

    Post Thumbnail

    फलफूलखेतीः बगैँचा बढे तर उत्पादन न्यून

    राष्ट्रपतिसमक्ष थारु आयोगको प्रतिवेदन पेस

    राष्ट्रपतिसमक्ष थारु आयोगको प्रतिवेदन पेस

    प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित

    नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी

    [email protected]

    ०१०५२११७५,९८५११२०८५०

    जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२

    जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०

    सूचना विभाग दर्ता नम्बर: ५२१०

    हाम्रो टीम

    अध्यक्ष /संचालक : श्री दिपा लम्साल - (९८५११२०९४०)
    प्रधानसम्पादक : श्री बद्री अधिकारी - (९८५११२०८५०)
    कार्यकारी सम्पादक :अर्जुन प्रसाद खतिवडा - (९८४९३३९२२२)
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • ई-पेपर
    • बिज्ञापन
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • समाचार
    • स्थानीय समाचार
    • अन्तर्राष्ट्रिय
    © २०७९ प्रत्यूष Designed by: GOJI Solution