Logo
  • ई-पेपर
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • आर्थिक/बजार
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरञ्जन
  • राजनीति
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • साहित्य
  • सुचना प्रविधि
  • स्वास्थ्य
© २०७९ प्रत्यूष Designed by: GOJI Solution
Logo
२०८३ आश्विन २०, मंगलबार
आजको ई-पेपर
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • आर्थिक/बजार
  • खेलकुद
  • मनोरञ्जन
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय
काठमाडौँ

भोटेकोशी बाढीपछिको पुनर्निर्माण विपद् धान्न सक्ने हुनुपर्छ: सांसदहरु

प्रतिनिधिसभाका सांसदहरूले भोटेकोशी विपद्पछि प्रभावित क्षेत्रमा पीडितमैत्री राहत र पुनर्निर्माणमा जोड दिनुभएको छ ।
रासस ७२६ पटक पढिएको प्रकाशित मिति: २०८३ आश्विन २०, मंगलबार (२ घण्टा अघि)
भोटेकोशी बाढीपछिको पुनर्निर्माण विपद् धान्न सक्ने हुनुपर्छ: सांसदहरु

काठमाडौँ, २० असोजः प्रतिनिधिसभाका सांसदहरूले भोटेकोशी विपद्पछि प्रभावित क्षेत्रमा पीडितमैत्री राहत र पुनर्निर्माणमा जोड दिनुभएको छ ।

उहाँहरुले भोटेकोशी बाढी प्रभावितलाई तत्काल राहत तथा पुनःस्थापनाको व्यवस्था गर्न, बेपत्ता व्यक्तिका परिवारलाई कानुनी तथा आर्थिक सुविधा उपलब्ध गराउन र आगामी दिनमा विपद् धान्न सक्ने पूर्वाधार निर्माण गर्न सरकारको ध्यानाकर्षण गराउनुभएको हो ।

प्रतिनिधिसभाअन्तर्गत हिमालमा जलवायु परिवर्तनको प्रभाव, जलवायु न्याय तथा भोटेकोशी–त्रिशूली विपद्सम्बन्धी संसदीय विशेष समितिको आजको बैठकमा सांसद मोहन आचार्यले जलवायुजन्य हानी–नोक्सानीका लागि दाबीसँगै प्रभावितलाई छिटो राहत र पुनःस्थापना गर्नु आजको महत्त्वपूर्ण कार्यभार रहेको बताउनुभयो ।

उहाँले बाढी पहिरोबाट क्षति भएको केरुङ अन्तरराष्ट्रिय नाका भएकाले त्यसलाई कुन अवस्थामा सञ्चालन गर्ने भन्ने विषयलाई ध्यान दिई पुल र सडकजस्ता भौतिक संरचना निर्माण गर्न सुझाव दिनुभयो ।

सांसद आचार्यले भन्नुभयो, “फेरि जलवायुजन्य विपद् आउन सक्छ, त्यसैले आगामी दिनमा धान्न सक्ने पूर्वाधार निर्माण गर्न आवश्यक छ ।”

सांसद परशुराम तामाङले मृत्यु संस्कार सम्पन्न भएपछि प्रभावित परिवारलाई राहत उपलब्ध गराउने व्यवस्था गर्न सुझाव दिनुभयो । बेपत्ता व्यक्तिका सम्बन्धमा विशेष व्यवस्था गरी मृतक घोषणा गर्न सके परिवारले बीमालगायतका सुविधा प्राप्त गर्न सक्ने भएकाले राज्यले त्यसतर्फ ध्यान दिनुपर्ने उहाँको सल्लाह छ ।

सांसद मिङमा ग्याबु शेर्पाले बेपत्ता तथा मृत्यु भएका व्यक्तिका आफन्त मृत्यु दर्तालगायतका कागजातको प्रतीक्षामा रहेको बताउनुभयो । घटना भइसकेकाले बाँचेकालाई आर्थिक तथा अन्य व्यवहार मिलाउनसमेत मृत्यु दर्ताको प्रमाणपत्र आवश्यक पर्ने भएकाले राज्यले त्यस विषयमा गम्भीरतापूर्वक सोच्नुपर्ने उहाँले बताउनुभयो ।

सांसद अच्युतम लामिछानेले बाढी प्रभावित क्षेत्रमा सडक पूर्वाधारमा सुधार गर्न सके नागरिककलाई आवतजावतमा सहज हुने धारणा व्यक्त गर्नुभयो ।

भोटेकोशी बाढी प्रभावित क्षेत्रमा पानीका स्रोत सुकेकाले आगामी दिनमा सिँचाइमा समेत समस्या आउन सक्ने हुँदा त्यसतर्फ समयमै ध्यान पु¥याउन उहाँले सुझाव दिनुभयो ।

सांसद गङ्गादेवी श्रेष्ठले रसुवाबाढीपछि धादिङ सदरमुकामसँग राष्ट्रिय सडक सम्पर्क विच्छेद रहेकाले वैकल्पिक आवतजावतको व्यवस्था गर्न सरकारको ध्यानाकर्षण गराउनुभयो ।

सांसद धनञ्जय रेग्मीले बहुप्रकोपीय जोखिमको मूल्याङ्कन गरेर मात्रै पूर्वाधार निर्माण गर्नुपर्नेमा जोड दिनुभयो । सम्भावित जोखिमबाट पूर्वाधारलाई जोगाउन आगामी दिनमा सम्भव भएसम्म खोलाका किनारमा संरचना निर्माण नगरी त्यसको विकल्प खोज्नुपर्ने उहाँको भनाइ थियो ।

बैठकमा सांसद सुजाता तामाङले अब गरिने विकास तथा पुनर्निर्माणमा जलवायु अनुकूलनलाई अवलम्बन गर्न सुझाव दिनुभयो ।

सांसद अनुश्का श्रेष्ठले बाढीको पूर्वसूचना प्रणालीलाई थप भरपर्दो र प्रभावकारी बनाउन थप लगानी र गृहकार्य गर्नुपर्ने बताउनुभयो ।

सांसद सरस्वती लामाले भोटेकोशी बाढीपछि पुनर्निर्माण र पुनःस्थापना गरिँदा स्थानीय संस्कृतिलाई सुरक्षित गर्नेतर्फ विशेष ध्यान पु¥याउन सुझाव दिनुभयो ।

राष्ट्रिय समाचार समिति (रासस)

  • काठमाडौँ
  • धादिङ
  • प्रतिनिधिसभा
  • रसुवा
  • संसद
  • प्रतिक्रिया दिनुहोस
    राजनीति सम्बन्धि थप
  • Post Thumbnail

    राजदूत संसदीय सुनुवाइ असोज २६ देखि २८ गतेसम्म

  • Post Thumbnail

    विपद्लाई केन्द्रमा राखेर कानुन निर्माण गर्नुपर्छः मन्त्री गौतम

  • Post Thumbnail

    बाग्मती प्रदेशका मुख्यमन्त्री किरण थापामगरलाई ज्ञापनपत्र

  • Post Thumbnail

    एकसय १२ रोपनी जग्गा सरकारको नाममा दाखिला

  • प्रत्यूष ई-पेपर थप

    २०८३ असोज २० गते मंगलबार

    २०८३ असोज २० गते मंगलबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    समाचार
    Post Thumbnail

    विपद् प्रतिरोधी पूर्वाधार निर्माणमा ‘प्याराडाइम सिफ्ट’ आवश्यक छः मन्त्री लम्साल

    रसुवा भोटेकोशी बाढीपछि नेपालको आर्थिक वृद्धि ३.७ प्रतिशतमा सीमित हुने विश्व बैंकको प्रक्षेपण

    रसुवा भोटेकोशी बाढीपछि नेपालको आर्थिक वृद्धि ३.७ प्रतिशतमा सीमित हुने विश्व बैंकको प्रक्षेपण

    Post Thumbnail

    राजदूत संसदीय सुनुवाइ असोज २६ देखि २८ गतेसम्म

    दसैँका लागि असोज २३ देखि टिकट बुकिङ खुला

    दसैँका लागि असोज २३ देखि टिकट बुकिङ खुला

    प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित

    नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी

    [email protected]

    ०१०५२११७५,९८५११२०८५०

    जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२

    जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०

    सूचना विभाग दर्ता नम्बर: ५२१०

    हाम्रो टीम

    अध्यक्ष /संचालक : श्री दिपा लम्साल - (९८५११२०९४०)
    प्रधानसम्पादक : श्री बद्री अधिकारी - (९८५११२०८५०)
    कार्यकारी सम्पादक :अर्जुन प्रसाद खतिवडा - (९८४९३३९२२२)
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • ई-पेपर
    • बिज्ञापन
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • समाचार
    • स्थानीय समाचार
    • अन्तर्राष्ट्रिय
    © २०७९ प्रत्यूष Designed by: GOJI Solution