Logo
  • ई-पेपर
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • आर्थिक/बजार
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरञ्जन
  • राजनीति
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • साहित्य
  • सुचना प्रविधि
  • स्वास्थ्य
© २०७९ प्रत्यूष Designed by: GOJI Solution
Logo
२०८३ आश्विन २०, मंगलबार
आजको ई-पेपर
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • आर्थिक/बजार
  • खेलकुद
  • मनोरञ्जन
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय
काठमाडौँ

विश्व दृष्टि दिवसः आँखा स्वास्थ्यमा बेवास्ता नगरौँ, दृष्टि जोगाउनु अवसर जोगाउनु पनि हो

‘आँखालाई माया गरौँ, दृष्टिको रक्षा गरौँ’ भन्ने नाराका साथ आगामी बिहीबार(असोज २२ गते) विविध कार्यक्रम आयोजना गरेर विश्व
रासस ८०१ पटक पढिएको प्रकाशित मिति: २०८३ आश्विन २०, मंगलबार (२ घण्टा अघि)
विश्व दृष्टि दिवसः आँखा स्वास्थ्यमा बेवास्ता नगरौँ, दृष्टि जोगाउनु अवसर जोगाउनु पनि हो

काठमाडौँ, २० असोजः ‘आँखालाई माया गरौँ, दृष्टिको रक्षा गरौँ’ भन्ने नाराका साथ आगामी बिहीबार(असोज २२ गते) विविध कार्यक्रम आयोजना गरेर विश्व दृष्टि दिवस मनाइँदैछ । विश्व दृष्टि दिवस हरेक वर्ष ‘अक्टोबर’ महिनाको दोस्रो बिहीबार मनाइन्छ । यस वर्षको नाराले व्यक्तिगत रूपमा आँखाको हेरचाह गर्न प्रेरित गर्नुका साथै सरकार र सरोकारवालालाई सबैका लागि सर्वसुलभ र गुणस्तरीय आँखा स्वास्थ्य सेवा सुनिश्चित गर्न आग्रह गरेको छ । साथै नाराले विद्यालय, कार्यस्थल र नीति निर्माण हुने स्थानमा आँखा परीक्षण तथा जनचेतनाका गतिविधि विस्तार गर्न पनि जोड दिएको छ ।

बालबालिका,छात्र/छात्रा,कर्मचारी,मजदूर,किसान,सवारी साधनका चालक आदि सबैको दैनिक जीवनका अधिकांश गतिविधि स्पष्ट दृष्टिमा निर्भर छन् । आँखाका स्वास्थ्यमा देखिने समस्या सधैँ पीडा वा असहजताबाट सुरु हुँदैन । धेरै अवस्थामा दृष्टि कमजोर हुँदै जाँदा पनि यसलाई सामान्य ठानेर बेवास्ता गर्ने प्रवृत्तिले समस्या जटिल बन्ने नेत्र विशेषज्ञको भनाइ छ ।

यही वास्तविकतालाई केन्द्रमा राखेर असोज २२ मा नेपालमा ‘आँखालाई माया गरौँ, दृष्टिको रक्षा गरौँ’ भन्ने नाराका साथ नेपाल नेत्रज्योति सङ्घसहित विभिन्न सङ्घ संस्थाहरुले विभिन्न कार्यक्रम गरी विश्व दृष्टि दिवस मनाउँदैछन् । विश्वभर अन्तरराष्ट्रिय संस्था ‘आइएपिबी’ले अक्टोबर ८ मा ‘आँखालाई माया गरौँ’ अभियान सञ्चालन गर्दैछ । ‘आइएपिबी’का अनुसार विश्वका एक अर्बभन्दा बढी मानिस अझै आफूलाई आवश्यक पर्ने आँखा स्वास्थ्य सेवा र उपचारको पहुँचबाट बाहिर छन् ।

नेपालमा उपचारको पहुँच बढ्यो

नेत्रज्योति सङ्घका अनुसार नेपालमा पछिल्लो दशकमा आँखा स्वास्थ्य सेवा पहुँच उल्लेखनीय रूपमा वृद्धि भएको छ । सन् १९७८ मा सङ्घ स्थापना हुँदा देशमा आँखा उपचारको अवस्था प्रारम्भिक चरणमा थियो । सीमित पूर्वाधार र न्यून विशेषज्ञ जनशक्तिबाट सुरु भएको सेवा अहिले देशका विभिन्न भूगोलसम्म विस्तार भएको छ । आँखा अस्पताल, उपचार केन्द्र, विशेषज्ञ सेवा तथा समुदायमा आधारित कार्यक्रमको विस्तारले उपचारको पहुँच बढाएको छ ।

यसको सकारात्मक प्रभाव अन्धोपनका अवस्थामा देखिएको छ । सन् १९८१ मा नेपालमा अन्धोपनको प्रचलन शून्य दशमलव ८४ प्रतिशत रहेकोमा सन् २०२२ को आरएएबी सर्वेक्षणमा यो शून्य दशमलव २८ प्रतिशतमा झरेको देखाएको छ । तर अन्धोपन घट्दैमा आँखाको स्वास्थ्यका सबै समस्या समाधान भएका छैनन् । चुनौतीको स्वरूप परिवर्तन हुँदै गएको छ । यससँगै ग्लुकोमा, आँखाको पर्दासम्बन्धी रोग, मधुमेहसँग सम्बन्धित दृष्टि समस्या, उमेरसँग सम्बन्धित आँखाका रोग र दृष्टिदोषजस्ता समस्या पनि बढ्दो चुनौती बनेका छन् । बढ्दो औसत आयु, नसर्ने रोगको भार, बदलिँदो जीवनशैली र डिजिटल उपकरणको व्यापक प्रयोगले आँखाको स्वास्थ्यमा नयाँ किसिमका जोखिम थपिरहेका छन् ।

नेत्रज्योति सङ्घका कार्यकारी निर्देशक डा शैलेश कुमार मिश्रका अनुसार नेपालले उपचारमा उल्लेखनीय प्रगति गरे पनि अबको प्राथमिकता रोकथाम, प्रारम्भिक पहिचान र सेवाबाट बाहिर रहेका जनसङ्ख्यासम्म पहुँच विस्तारमा हुनुपर्छ । उहाँका अनुसार आँखाको समस्या गम्भीर भएपछि मात्र अस्पताल पुग्ने प्रवृत्तिलाई परिवर्तन गर्दै नियमित आँखा परीक्षणलाई स्वास्थ्य संस्कारका रूपमा विकास गर्न आवश्यक छ ।

नेत्रज्योति सङ्घका महासचिव भरतबहादुर चन्दका अनुसार अस्पताल र उपचार केन्द्र विस्तारसँगै सेवा नपुगेका समुदाय पहिचान गरी उनीहरूको आवश्यकताअनुसार सेवा पु¥याउनुपर्ने अवस्था छ । उहाँले भन्नुभयो“आँखा स्वास्थ्यलाई प्राथमिक स्वास्थ्य सेवासँग जोड्दै समुदायमै प्रारम्भिक परीक्षण, प्रभावकारी रिफरल प्रणाली र दुर्गम क्षेत्रमा प्रविधिको प्रयोग बढाउनुपर्ने आवश्यकता छ ।”

नेत्रज्योति सङ्घका अध्यक्ष प्रा डा चेतराज पन्तले आँखा स्वास्थ्यलाई अस्पताल र उपचारको विषयमा मात्र सीमित गर्ननहुने बताउनुहुन्छ । उहाँले भन्नुभयो “राम्रो दृष्टि शिक्षा, रोजगारी, उत्पादकत्व र आत्मनिर्भरतासँग जोडिएकाले आँखाको स्वास्थ्यमा गरिएको लगानीलाई मानव विकासमा गरिएको लगानीका रूपमा बुझ्नुपर्छ ।”

सङ्घका अनुसार सङ्घले हालसम्म पाँच करोड दुईलाख ४८९ जनालाई उपचार सेवा प्रदान गरिसकेको छ भने ५६ लाख ५९ हजार ६२४ जनाको आँखाको शल्यक्रिया गरिसकेको छ । सङ्घको हाल २८ आँखा अस्पताल, ४४ जिल्ला शाखाका २२६ उपचार केन्द्र मार्फत् नेपालीसहित अन्य विभिन्न विदेशी नागरिकलाई आँखा सेवा प्रदान गरिसकेको छ ।

उपलब्ध तथ्याङ्कहरुले पनि दृष्टि सुधारले विद्यालयको सिकाइ तथा कार्यस्थलको उत्पादकत्वमा सकारात्मक प्रभाव पार्ने देखाएका छन् । नेपालका लागि विश्व दृष्टि दिवस उपलब्धि स्मरण गर्ने अवसर मात्र होइन, आगामी प्राथमिकता निर्धारण गर्ने समय पनि हो । अन्धोपन न्यूनीकरणमा प्राप्त उपलब्धिलाई जोगाउँदै अब कसैले गरिबी, भौगोलिक विकटता, जनचेतनाको कमी वा सेवाको अभावका कारण उपचार गर्न सकिने दृष्टि गुमाउन नपरोस् भन्ने दिशामा अघि बढ्नुपर्ने आवश्यकता छ ।

आँखाको हेरचाह समस्या आएपछि मात्र सुरु हुने अभ्यासबाट नियमित परीक्षण र रोकथामतर्फ जानुपर्छ । बालबालिकाको दृष्टिमा अभिभावक र विद्यालय सचेत हुनुपर्छ । ज्येष्ठ नागरिक तथा मधुमेहजस्ता जोखिम भएका व्यक्तिले नियमित परीक्षणलाई प्राथमिकता दिनुपर्छ । दृष्टिमा सामान्य परिवर्तन देखिए पनि त्यसलाई बेवास्ता नगरी समयमै स्वास्थ्य संस्थामा पुग्नुपर्छ ।

दृष्टि जोगाउनु स्वास्थ्यको विषय मात्र होइन, जीवनका अवसर जोगाउनु पनि हो । एउटा बालबालिकाको दृष्टि जोगिँदा उसको सिकाइ र भविष्य जोगिन्छ । एउटा श्रमिकको दृष्टि जोगिँदा उसको रोजगारी र परिवारको आय जोगिन्छ । एउटा ज्येष्ठ नागरिकको दृष्टि जोगिँदा उसको आत्मनिर्भरता र सम्मान जोगिन्छ । यसैले यस वर्षको विश्व दृष्टि दिवसले दिने सन्देश एउटा दिनको अभियानमा सीमित नभई आँखालाई माया गरौँ, नियमित जाँच गरौँ, समयमै उपचार गरौँ र सबैका लागि दृष्टिको रक्षा गरौँ ।

राष्ट्रिय समाचार समिति (रासस)

  • काठमाडौँ
  • प्रतिक्रिया दिनुहोस
    स्वास्थ्य सम्बन्धि थप
  • Post Thumbnail

    धनगढीमा चट्याङको झिल्का लागेर सात जना घाइते

  • Post Thumbnail

    सेवा विस्तारसँगै प्रदेश अस्पतालमा सेवाग्राही बढ्दै

  • Post Thumbnail

    चितवन मेडिकल कलेजमा स्तन क्यान्सरसम्बन्धी सचेतना अभियान

  • Post Thumbnail

    बाढी प्रभावित रसुवामा छ दिने निःशुल्क स्वास्थ्य तथा दन्त शिविर सञ्चालन

  • प्रत्यूष ई-पेपर थप

    २०८३ असोज २० गते मंगलबार

    २०८३ असोज २० गते मंगलबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    समाचार
    Post Thumbnail

    दसैँ मनाउन जमुनाहा नाका हुँदै स्वदेश फर्किनेको भीड

    सम्पन्न भयो तालबाराही मन्दिर पुनर्निर्माण, घटस्थापनादेखि भक्तजनका लागि खुला

    सम्पन्न भयो तालबाराही मन्दिर पुनर्निर्माण, घटस्थापनादेखि भक्तजनका लागि खुला

    बाटो सहज भएपछि घान्द्रुक जाने पर्यटक बढ्दै

    बाटो सहज भएपछि घान्द्रुक जाने पर्यटक बढ्दै

    उद्योग व्यवसायीद्वारा नारायणगढ बजार  जोगाउन माग

    उद्योग व्यवसायीद्वारा नारायणगढ बजार जोगाउन माग

    प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित

    नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी

    [email protected]

    ०१०५२११७५,९८५११२०८५०

    जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२

    जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०

    सूचना विभाग दर्ता नम्बर: ५२१०

    हाम्रो टीम

    अध्यक्ष /संचालक : श्री दिपा लम्साल - (९८५११२०९४०)
    प्रधानसम्पादक : श्री बद्री अधिकारी - (९८५११२०८५०)
    कार्यकारी सम्पादक :अर्जुन प्रसाद खतिवडा - (९८४९३३९२२२)
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • ई-पेपर
    • बिज्ञापन
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • समाचार
    • स्थानीय समाचार
    • अन्तर्राष्ट्रिय
    © २०७९ प्रत्यूष Designed by: GOJI Solution