Logo
  • ई-पेपर
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • आर्थिक/बजार
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरञ्जन
  • राजनीति
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • साहित्य
  • सुचना प्रविधि
  • स्वास्थ्य
© २०७९ प्रत्यूष Designed by: GOJI Solution
Logo
२०८३ आश्विन १९, सोमबार
आजको ई-पेपर
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • आर्थिक/बजार
  • खेलकुद
  • मनोरञ्जन
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय
काठमाडौँ

पर्यटन क्षेत्रका साझा समस्या समाधानका लागि ‘नेपाल पर्यटन महासङ्घ’ गठन गरिँदै

पर्यटन क्षेत्रका साझा समस्या समाधानका लागि ‘नेपाल पर्यटन महासङ्घ’ गठन गरिने भएको छ ।
रासस १०७६ पटक पढिएको प्रकाशित मिति: २०८३ आश्विन १९, सोमबार (१ घण्टा अघि)
Post Thumbnail

काठमाडौँ, १९ असोजः पर्यटन क्षेत्रका साझा समस्या समाधानका लागि ‘नेपाल पर्यटन महासङ्घ’ गठन गरिने भएको छ ।

ट्रेकिङ एजेन्सीज् एसोसिएसन अफ नेपाल (टान)का अध्यक्ष सागर पाण्डेको अध्यक्षतामा पर्यटनसँग सम्बन्धित विभिन्न सङ्घसंस्थाका अध्यक्ष एवम् प्रतिनिधिको आइतबार साँझ बसेको बैठकले पर्यटन क्षेत्रको साझा समस्या समाधानका लागि महासङ्घ बनाएर अगाडि बढ्ने निर्णय गरेको हो ।

बैठकमा नेपाल पर्यटन बोर्ड, ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान), होटल एसोसिएसन नेपाल (हान), नेपाल एसोसिएसन अफ टुर एन्ड ट्राभल एजेन्ट्स (नाट्टा), नेपाल पर्वतारोहण सङ्घ (एनएमए), पाट्टा नेपाल, नारालगायत संस्थाका अध्यक्ष तथा प्रतिनिधिको उपस्थिति रहेको थियो ।

नयाँ गठन गर्न लागिएको महासङ्घले पर्यटनका साझा मुद्दामा एकीकृत आवाज, समन्वय र सहकार्यको प्रभावकारी माध्यमका रूपमा काम गर्ने अवधारणा अघि सारिएको छ । बैठकले एकीकृत समूह, एकीकृत अवधारणा र एकीकृत आवाजका साथ पर्यटन क्षेत्रका साझा समस्या पहिचान गरी सरकार तथा सम्बन्धित निकायसँग संस्थागत संवाद र संयुक्त पहल गर्नुपर्नेमा जोड दिएको छ ।

बैठकले भदौ १० गते आएको बाढी तथा विपद्मा ज्यान गुमाएका स्वदेशी तथा विदेशी नागरिकप्रति श्रद्धाञ्जली व्यक्त गर्दै शोकसन्तप्त परिवारप्रति समवेदना प्रकट गरेको छ ।

विपद्का कारण अझै बेपत्ता रहेका व्यक्तिहरूको खोज तथा उद्धारलाई तीव्र र प्रभावकारी बनाउन सम्बन्धित निकायलाई आग्रह गर्दै मृतक तथा बेपत्ता पर्यटनकर्मी र उनीहरूका परिवारलाई उचित राहत तथा क्षतिपूर्ति उपलब्ध गराउन सरकारसँग माग गर्ने निर्णय बैठकले गरेको छ ।

त्यस्तै, भदौ १० को विपद्का पीडितहरूको स्मृतिमा अन्तरराष्ट्रियस्तरको स्मारक पार्क निर्माण गर्न सरकारसँग आग्रह गर्ने निर्णय पनि गरिएको छ ।

सरकारले लामो समयपछि पर्यटन क्षेत्रलाई समयानुकूल बनाउन नयाँ पर्यटन ऐन ल्याउने तयारी गरिरहेको सन्दर्भमा बैठकले नेपालको भौगोलिक, प्राकृतिक, सांस्कृतिक तथा पर्यटन व्यवसायको वास्तविक अवस्था र अन्तरराष्ट्रिय अभ्यासलाई ध्यानमा राखेर व्यावहारिक, समावेशी, लगानीमैत्री, सुरक्षित तथा दिगो पर्यटन विकास सुनिश्चित गर्ने गरी नयाँ ऐन निर्माण गर्नुपर्नेमा जोड दिएको छ ।

यस्तै, बैठकले नेपाल पर्यटन बोर्डको बजेट तथा कार्यक्रमबारे पनि छलफल गरेको छ । निजी क्षेत्रका प्रतिनिधिले वर्तमान पर्यटन बजार, अन्तरराष्ट्रिय प्रतिस्पर्धा र पर्यटन उद्योगको आवश्यकतालाई ध्यानमा राख्दै बोर्डको बजेट अझ बढी पर्यटनमैत्री, व्यवसायमैत्री, परिणाममुखी र परिवर्तनकारी हुनुपर्ने धारणा राखेका छन् ।

पर्यटन प्रवद्र्धनलाई बजेट खर्च गर्ने विषयमा मात्र सीमित नगरी बजार अनुसन्धान, अन्तरराष्ट्रिय मार्केटिङ, डिजिटल तथा कृत्रिम बुद्धिमत्ता (एआई) प्रविधिको प्रयोग, नयाँ पर्यटक बजार विस्तार, नयाँ गन्तव्य तथा पर्यटन उत्पादन विकास र मापनयोग्य परिणामसँग जोड्नुपर्नेमा बैठकले जोड दिएको छ ।

राष्ट्रिय समाचार समिति (रासस)

  • काठमाडौँ
  • पर्वत
  • प्रतिक्रिया दिनुहोस
    राजनीति सम्बन्धि थप
  • कांग्रेस १५औँ महाधिवेशनः  बन्द सत्रको ‘एजेन्डा’ तय गर्न केन्द्रीय कार्यसमिति बैठक सुरु

    कांग्रेस १५औँ महाधिवेशनः बन्द सत्रको ‘एजेन्डा’ तय गर्न केन्द्रीय कार्यसमिति बैठक सुरु

  • Post Thumbnail

    कांग्रेस १५औँ महाधिवेशनः आजदेखि बन्दसत्र हुने, असोज २२ मा निर्वाचन

  • अब्दुल सत्तार मुस्लिम क्लस्टरबाट कांग्रेसको सहमहामन्त्री उम्मेदवार

    अब्दुल सत्तार मुस्लिम क्लस्टरबाट कांग्रेसको सहमहामन्त्री उम्मेदवार

  • Post Thumbnail

    कांग्रेस १५औँ महाधिवेशनः निर्वाचन कार्यतालिका सार्वजनिक

  • प्रत्यूष ई-पेपर थप

    २०८३ असोज १९ गते सोमबार

    २०८३ असोज १९ गते सोमबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    समाचार
    किताब बगाएपछि बालबालिकालाई पढाइको पीर

    किताब बगाएपछि बालबालिकालाई पढाइको पीर

    कांग्रेस १५औँ महाधिवेशनः  बन्द सत्रको ‘एजेन्डा’ तय गर्न केन्द्रीय कार्यसमिति बैठक सुरु

    कांग्रेस १५औँ महाधिवेशनः बन्द सत्रको ‘एजेन्डा’ तय गर्न केन्द्रीय कार्यसमिति बैठक सुरु

    रेसुङ्गामा जिपलाइन र स्काई साइक्लिङको अन्तिम परीक्षण सफल

    रेसुङ्गामा जिपलाइन र स्काई साइक्लिङको अन्तिम परीक्षण सफल

    भक्तपुरको प्लास्टिक दाना बनाउने कारखानामा आगलागी

    भक्तपुरको प्लास्टिक दाना बनाउने कारखानामा आगलागी

    प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित

    नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी

    [email protected]

    ०१०५२११७५,९८५११२०८५०

    जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२

    जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०

    सूचना विभाग दर्ता नम्बर: ५२१०

    हाम्रो टीम

    अध्यक्ष /संचालक : श्री दिपा लम्साल - (९८५११२०९४०)
    प्रधानसम्पादक : श्री बद्री अधिकारी - (९८५११२०८५०)
    कार्यकारी सम्पादक :अर्जुन प्रसाद खतिवडा - (९८४९३३९२२२)
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • ई-पेपर
    • बिज्ञापन
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • समाचार
    • स्थानीय समाचार
    • अन्तर्राष्ट्रिय
    © २०७९ प्रत्यूष Designed by: GOJI Solution