Logo
  • ई-पेपर
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • आर्थिक/बजार
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरञ्जन
  • राजनीति
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • साहित्य
  • सुचना प्रविधि
  • स्वास्थ्य
© २०७९ प्रत्यूष Designed by: GOJI Solution
Logo
२०८३ आश्विन १९, सोमबार
आजको ई-पेपर
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • आर्थिक/बजार
  • खेलकुद
  • मनोरञ्जन
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय
राँझा

नेपालगन्जमा सहुलियत दरमा चामल बिक्री

दसैँ, तिहार तथा छठपर्वलाई लक्षित गरी खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको नेपालगन्जस्थित मुख्य शाखा कार्यालयले सहुलियत दरमा
रासस ७७६ पटक पढिएको प्रकाशित मिति: २०८३ आश्विन १९, सोमबार (२ घण्टा अघि)
Post Thumbnail

राँझा (बाँके), १९ असोजः दसैँ, तिहार तथा छठपर्वलाई लक्षित गरी खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको नेपालगन्जस्थित मुख्य शाखा कार्यालयले सहुलियत दरमा चामल बिक्री सुरु गरेको छ ।

सहुलियत बिक्री केन्द्र सञ्चालन गरेर सबै प्रकारका चामलमा प्रतिक्विन्टल रु पाँच सय छुट गरी बिक्री भइरहेको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड नेपालगन्जका सूचना अधिकारी शिवराज घिमिरेले जानकारी दिनुभयो ।

“चाडपर्वलाई लक्षित गरी सञ्चालन गरिएको बिक्री केन्द्रबाट चाडपर्व अवधिभर एक सय क्विन्टल चामल बिक्री गर्ने लक्ष्य लिइएको छ”, उहाँले भन्नुभयो, “अरुवा मोटा, अरुवा मध्यम, मध्यम सिल्की, स्टिम मसिनो जिरा र स्टिम जिरा फोर्टिफाइड चामल बिक्री गरेका छौँ ।”

घिमिरेका अनुसार शुक्रबारसम्म अरुवा मोटा चामल ५० किलो, अरुवा मध्यम चार दशमलव ७५ क्विन्टल, मध्यम सिल्की चामल एक दशमलव ५० क्विन्टल, स्टिम जिरा मसिनो चाम ६४ दशमलव ५० क्विन्टल र स्टिम जिरा फोर्टिफाइड चामल पाँच क्विन्टल बिक्री भइसकेको छ ।

मोटा चामल रु पाँच हजार ६००, अरुवा मध्यम चामल रु पाँच हजार ८००, मध्यम सिल्की चामल रु पाँच हजार ९००, स्टिम जिरा मसिनो र स्टिम जिरा फोर्टिफाइड चामल रु आठ हजार ५०० प्रतिक्विन्टलका दरले सहुलियतसहित बिक्री गरिएको सूचना अधिकारी घिमिरेले जानकारी दिनुभयो ।

कार्यालयले बजार मूल्यभन्दा कम दरमा विभिन्न प्रकारका चामल बिक्री गर्न थालेपछि उपभोक्ताले प्रत्यक्ष लाभ प्राप्त गरेका छन् ।

सीमावर्ती भारतीय बजार रुपैडिहाबाट चामल आयातमा नेपालगन्ज भन्सार कार्यालयले कडाइ गरेपछि उपभोक्ता सहुलियत दरमा चामल खरिद गर्न खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको सहुलियत बिक्री केन्द्र पुग्ने गरेका छन् ।

राष्ट्रिय समाचार समिति (रासस)

  • बाँके
  • राँझा
  • प्रतिक्रिया दिनुहोस
    समाचार सम्बन्धि थप
  • हिउँ छिचोल्दै एक हजार भेडाच्याङ्ग्रा मुस्ताङ आइपुगे

    हिउँ छिचोल्दै एक हजार भेडाच्याङ्ग्रा मुस्ताङ आइपुगे

  • विजौरी–कोठेरी सडक धमाधम स्तरोन्नति हुँदै

    विजौरी–कोठेरी सडक धमाधम स्तरोन्नति हुँदै

  • निसीखोलाको बाढीसँगै बग्यो झिवाखोलावासीको सपना

    निसीखोलाको बाढीसँगै बग्यो झिवाखोलावासीको सपना

  • देवस्थलको संरक्षणसँगै व्यवस्थित बनाइँदै

    देवस्थलको संरक्षणसँगै व्यवस्थित बनाइँदै

  • प्रत्यूष ई-पेपर थप

    २०८३ असोज १८ गते आइतबार

    २०८३ असोज १८ गते आइतबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    समाचार
    चिकित्सकको अभावमा सास्ती भोग्दै बर्दिया अस्पताल

    चिकित्सकको अभावमा सास्ती भोग्दै बर्दिया अस्पताल

    हिउँ छिचोल्दै एक हजार भेडाच्याङ्ग्रा मुस्ताङ आइपुगे

    हिउँ छिचोल्दै एक हजार भेडाच्याङ्ग्रा मुस्ताङ आइपुगे

    विजौरी–कोठेरी सडक धमाधम स्तरोन्नति हुँदै

    विजौरी–कोठेरी सडक धमाधम स्तरोन्नति हुँदै

    निसीखोलाको बाढीसँगै बग्यो झिवाखोलावासीको सपना

    निसीखोलाको बाढीसँगै बग्यो झिवाखोलावासीको सपना

    प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित

    नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी

    [email protected]

    ०१०५२११७५,९८५११२०८५०

    जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२

    जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०

    सूचना विभाग दर्ता नम्बर: ५२१०

    हाम्रो टीम

    अध्यक्ष /संचालक : श्री दिपा लम्साल - (९८५११२०९४०)
    प्रधानसम्पादक : श्री बद्री अधिकारी - (९८५११२०८५०)
    कार्यकारी सम्पादक :अर्जुन प्रसाद खतिवडा - (९८४९३३९२२२)
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • ई-पेपर
    • बिज्ञापन
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • समाचार
    • स्थानीय समाचार
    • अन्तर्राष्ट्रिय
    © २०७९ प्रत्यूष Designed by: GOJI Solution