Logo
  • ई-पेपर
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • आर्थिक/बजार
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरञ्जन
  • राजनीति
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • साहित्य
  • सुचना प्रविधि
  • स्वास्थ्य
© २०७९ प्रत्यूष Designed by: GOJI Solution
Logo
२०८३ आश्विन १८, आईतबार
आजको ई-पेपर
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • आर्थिक/बजार
  • खेलकुद
  • मनोरञ्जन
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय
काठमाडौँ

रास्वपाको केन्द्रीय समिति बैठकः स्थानीय निर्वाचनका लागि उम्मेदवार छनोट समिति गठन

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) केन्द्रीय समितिको आज बसेको बैठकले आगामी स्थानीय निर्वाचनका लागि केन्द्रीय उम्मेदवार छनोट समिति गठन
रासस ९०१ पटक पढिएको प्रकाशित मिति: २०८३ आश्विन १७, शनिबार (१ दिन अघि)
रास्वपाको केन्द्रीय समिति बैठकः स्थानीय निर्वाचनका लागि उम्मेदवार छनोट समिति गठन

काठमाडौँ, १७ असोजः राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) केन्द्रीय समितिको आज बसेको बैठकले आगामी स्थानीय निर्वाचनका लागि केन्द्रीय उम्मेदवार छनोट समिति गठन गरेको छ ।

रास्वपा सभापति रवि लामिछानेको सभापतित्वमा आज पार्टीको केन्द्रीय कार्यालय वनस्थली, काठमाडौँमा बसेको केन्द्रीय समिति बैठकले पार्टी महामन्त्री विपिन आचार्यको संयोजकत्वमा समिति गठन गरेको हो ।

रास्वपाका प्रवक्ता जगदीश खरेलले केन्द्रीय समितिको बैठकले केन्द्रीय उम्मेदवार छनोट समितिमा मिलन लिम्बू, रहबर अन्सारी, तोसिमा कार्की, कविन्द्र बुर्लाकोटी, सुशान्त बैदिक, टासी ल्हाजोम र जनकसिंह धामीलाई सदस्य मनोनित गरेको जानकारी दिनुभयो । सो समितिमा पार्टीका सातै प्रदेशका सभापतिहरू पदेन सदस्य रहने बताइएको छ ।

बैठकले विभिन्न केन्द्रीय विभागका प्रमुख तथा उपप्रमुखसमेत मनोनयन गरेको छ । प्रवास सम्पर्क विभागमा मनिष झा, आर्थिक व्यवस्थापन विभागमा डा मनोहर प्रधान, कानुनी मामिला तथा संस्थागत अनुपालन विभागमा मोहनलाल आचार्य, सामाजिक न्याय, लैङ्गिक समानता तथा समावेशिता विभागमा रुविना आचार्य, सुशासन तथा राज्य व्यवस्था विभागमा सुदीप ढकाललाई प्रमुखको जिम्मेवारी दिइएको छ ।

त्यस्तै, विधायन, संसदीय मामिला तथा न्याय प्रणाली विभागमा सुलभ खरेल, कृषि, भूमि व्यवस्था तथा सहकारी विभागमा ज्ञानेन्द्र महता, श्रम, रोजगारी तथा सामाजिक सुरक्षा विभागमा दीपककुमार साह (महोत्तरी), आपूर्ति, बजार सुशासन तथा उपभोक्ता अधिकार विभागमा शर्मिला खनाल र विज्ञान, सूचना प्रविधि, नवप्रवर्तन तथा स्टार्टअप विभागमा आनन्दबहादुर चन्दलाई प्रमुख मनोनयन गरिएको छ ।

संस्कृति, पर्यटन तथा राष्ट्रिय सम्पदा विभागमा डा धनञ्जय रेग्मीलाई प्रमुख र सम्राट बुढाथोकीलाई सदस्यमा मनोनयन गरिएको छ । त्यसैगरी, वातावरण, जलवायु तथा प्राकृतिक स्रोत विभागमा धर्म केसी तथा सामाजिक न्याय तथा समता प्रवर्द्धन विभागमा रिमा विश्वकर्मालाई प्रमुख मनोनयन गरिएको छ ।

अभियान तथा प्रचारप्रसार विभागको उपप्रमुखमा आनन्द मिश्र र अर्थ विभागमा डिल्लिश्वोर कार्की (रोहन)लाई उपप्रमुख मनोनयन गरिएको छ । बैठकले केन्द्रीय समिति र प्रतिनिधिसभा सदस्यको नेतृत्वमा ‘हामी आउँदै छौँ’ अभियान सञ्चालन गर्ने निर्णयसमेत गरेको छ ।

यही असोज २० देखि २७ गतेसम्म केन्द्रीय सदस्य तथा सांसदहरूले ७७ जिल्लाका ७५३ पालिकासम्म पुगेर जनता, पार्टी तथा सरोकारवालासँग छलफल तथा सुझाव सङ्कलन गर्नेछन् । बैठकले सबै केन्द्रीय सदस्य तथा सांसदलाई अनिवार्य रूपमा परिचालित हुन निर्देशन गरेको छ ।

यसैगरी, रास्वपा मधेस प्रदेशको सङ्गठनको समस्या तथा समाधानका सम्बन्धमा सहमहामन्त्री हरि ढकालको संयोजकत्वमा गठित कार्यदलले विस्तृत प्रतिवेदन केन्द्रीय समिति बैठकमा पार्टी सभापति रवि लामिछानेलाई बुझाएको छ । उक्त प्रतिवेदनको अध्ययनपछि पार्टीले उपयुक्त कदम चाल्ने बैठकले जनाएको छ ।

पार्टीको केन्द्रीय कार्यालय अन्यत्र सार्नुपर्ने आवश्यकता महसुस गर्दै पार्टीका लागि जमिन/घर किन्न काठमाडौँ उपत्यकाको पायकपर्ने स्थानमा खोजी गर्न पार्टीका सदस्य तथा शुभेच्छुकलाई अनुरोध गर्ने निर्णयसमेत बैठकले गरेको छ ।

बैठकले नजिकिँदै गरेका नेपालीहरूका महान् चाड शुभ विजयादशमी, शुभ दीपावली, नेपाल संवत्को नव वर्ष तथा छठ पर्वका अवसरमा सम्पूर्ण नेपालीमा शुभकामना व्यक्त गरेको छ ।

राष्ट्रिय समाचार समिति (रासस)

  • काठमाडौँ
  • प्रतिनिधिसभा
  • महोत्तरी
  • राष्ट्रिय स्वतन्त्र पार्टी
  • संसद
  • प्रतिक्रिया दिनुहोस
    राजनीति सम्बन्धि थप
  • Post Thumbnail

    कांग्रेस १५औँ महाधिवेशनः निर्वाचन कार्यतालिका सार्वजनिक

  • Post Thumbnail

    हरित क्रान्तिमार्फत समृद्धिको सङ्कल्प पूरा गर्नुपर्छः घिसिङ

  • नागरिकका  प्रश्न र विचारका लागि ‘खुलामञ्च’ आवश्यक छः सभापति थापा

    नागरिकका प्रश्न र विचारका लागि ‘खुलामञ्च’ आवश्यक छः सभापति थापा

  • लोकतान्त्रिक मूल्य र मान्यताबाट डगमगाउनेवाला छैनौँः सभापति लामिछाने

    लोकतान्त्रिक मूल्य र मान्यताबाट डगमगाउनेवाला छैनौँः सभापति लामिछाने

  • प्रत्यूष ई-पेपर थप

    २०८३ असोज १८ गते आइतबार

    २०८३ असोज १८ गते आइतबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    समाचार
    Post Thumbnail

    चाडपर्व नजिकिएसँगै बजारमा बढ्यो चहलपहल

    Post Thumbnail

    मोटरसाइकल दुर्घटनामा एकको मृत्यु

    दशौँ राष्ट्रिय खेलकुद प्रतियोगितालाई भव्य र सभ्य बनाइने

    दशौँ राष्ट्रिय खेलकुद प्रतियोगितालाई भव्य र सभ्य बनाइने

    Post Thumbnail

    भोटेकोशी बाढीः रसुवाका ४५ विद्यार्थी अझै सम्पर्कविहीन

    प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित

    नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी

    [email protected]

    ०१०५२११७५,९८५११२०८५०

    जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२

    जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०

    सूचना विभाग दर्ता नम्बर: ५२१०

    हाम्रो टीम

    अध्यक्ष /संचालक : श्री दिपा लम्साल - (९८५११२०९४०)
    प्रधानसम्पादक : श्री बद्री अधिकारी - (९८५११२०८५०)
    कार्यकारी सम्पादक :अर्जुन प्रसाद खतिवडा - (९८४९३३९२२२)
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • ई-पेपर
    • बिज्ञापन
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • समाचार
    • स्थानीय समाचार
    • अन्तर्राष्ट्रिय
    © २०७९ प्रत्यूष Designed by: GOJI Solution