Logo
  • ई-पेपर
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • आर्थिक/बजार
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरञ्जन
  • राजनीति
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • साहित्य
  • सुचना प्रविधि
  • स्वास्थ्य
© २०७९ प्रत्यूष Designed by: GOJI Solution
Logo
२०८३ आश्विन १९, सोमबार
आजको ई-पेपर
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • आर्थिक/बजार
  • खेलकुद
  • मनोरञ्जन
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय
राष्ट्रिय समाचार समिति (रासस)

पहिरोको जोखिममा म्याग्दीको औलागाउँ

म्याग्दीको अन्नपूर्ण गाउँपालिका–७ औलाका बासिन्दाहरु पहिरोको त्रासले घर छाड्न थालेका छन् । गत हप्ताको झरिपछि बस्तिमाथीको भिरबाट पहिरो
रासस ५७६ पटक पढिएको प्रकाशित मिति: २०८३ आश्विन १७, शनिबार (१ दिन अघि)
पहिरोको जोखिममा म्याग्दीको औलागाउँ

म्याग्दी, १६ असोज : म्याग्दीको अन्नपूर्ण गाउँपालिका–७ औलाका बासिन्दाहरु पहिरोको त्रासले घर छाड्न थालेका छन् । गत हप्ताको झरिपछि बस्तिमाथीको भिरबाट पहिरो खस्न थालेपछि औला गाउँ जोखिममा परेको छ । स्थानीयवासी डिलप्रसाद फगामीले भिरकटेरी, रामकुली र सोबन्देको भिरबाट पहिरो खस्न थालेपछि जोखिम बढेको बताउनुभयो । “सोबन्देको पाखोबाट फुलबारी टोलमा जोखिम बनाएपछि दुई घर विस्थापित भएका छन,” उहाँले भन्नुभयो “भिरकटेरी र रामकुलीको डिल भन्दा माथिको पाखो चर्कीएकाले पहिरोको त्रासले औलाबासी स्वास्थ्य चौकीको भवनमा गएर सुुत्न थालेका छन् ।” रामकुलीबाट विस २०४७ र भिरकटेरीमा विस. २०६४ मा पहिरो खसेको थियो । रामकुलीको पहिरोले सोवन्देको खेतीयोग्य जमिन पुुरेको थियो । भिरकटेरीमा ग्यावीयन जाली लगाएर पहिरो रोकिएको थियो । औलाका शिक्षक टोकबहादुर पुनले पाखो चिरा चिरा परेर धाँजा फाटेकाले घरमा बस्न त्रास भएको बताउनुभयो ।

केही अभिभावकहरु बालबालिका लिएर पोखरा र अन्य ठाउँमा भएको माइती तथा आफन्तको घरमा बस्न थालेपछि पठनपाठन समेत प्रभावित बनेको उहाँले बताउनुभयो । गत साताको पहिरोले सोबन्देमा चित्रबहादुर गर्बुजा र फुलबारी टोलमा हुुपबहादुर पुर्जाको घरको भान्छाकोठा भत्काएको थियो । पाखोबाट हिलो सहितको बाढी घरछेउकै बारीमा आएपछि फुलबारी टोलका यामप्रसाद रन्तिजाले घरका सामान र गोठका गाईलाई डाडामा सार्नुभएको छ । दिउँसो घरमा आएपनि राती सुत्नका लागि नजिकैको डाडामा जस्तापाटाको टहरा बनाएको उहाँले बताउनुभयो । टोल संयोजक फगामीले पनि घरकै आगनमा पहिरोको लेदो आएकाले पहिरोले नभेट्ने ठाउँमा रहेका आफन्तकहाँ गएर सुत्ने गरेको बताउनुभयो । मनसुन नरोकिदाँसम्म पहिरोले औलाबासीलाई घरमा रात कटाउन सक्ने अवस्थामा नरहेका स्थानीयवासी फगामीले बताउनुभयो । एक सय १५ घर रहेको औलाका ३१ घरपरिवार पोखरामा बसोबास गर्छन् । पहिरोबाट सुरक्षित हुनलाई गाउँ छाड्ने क्रम बढेको पूूर्णलाल गर्बुजाले बताउनुभयो ।

गत साताको झरिपछिको पहिरोले पूर्णलाल सहित टिकप्रसाद गर्बुजा, सनम पुर्जा, नरे पुर्जा र चेकप्रसाद पुर्जाको धानखेत र सुन्तला बगैचा बगाएको छ । धनबहादुर गर्बुजाको घरभित्रै लेदो पसेको थियो । औला खानेपानी आयोजनाको छ सय मिटर पाइपलाइन पहिरोले बगाएपछि खानेपानी आपुर्ति बन्द भएको छ ।

ठाउँ ठाउँमा पहिरोले सडक भत्काएकाले औला सहित अन्नपूर्ण गाउँपालिकाको ७ नम्बर वडामा पर्ने रिमा, टिकोट, घराम्दी र दोसल्लेमा यातायात सेवा अवरुद्ध बनेको छ । औलाका किसानले उत्पादन गरेको केरा बिक्री गर्न पिठ्युमा बोकेर बैसरी लैजान बाध्यता सिर्जना भएको छ । कुखुरापालन गरेका किसानहरुले पनि बैसरी देखि पिठ्युमा बोकेर दाना ढुवानी गर्नुपरेको गुनासो गरेका छन् ।

मौजुदा दाल चामल लगायत दैनिक उपभोग्य सामान सकिएकाले अभाव हुन थालेको छ । एक हप्तापछि बिहीबारदेखि सञ्चार सेवा सञ्चालन भएको छ । विद्युुत आपुर्ति अझै शुरु हुुन सकेको छैन् । जनजिवन प्रभावित बनेको छ ।

पहिरोको त्रासले औलाको मण्डली आधारभूूत र रिमाको आदर्श माविले सोमबार देखि विद्यालयमा बिदा दिएका छन् । मंसिर र पुष महिनामा आइतबार बिदाको दिनमा पनि पढाएर क्षतिपुर्ति गर्ने गरि पाँच दिनअघि १९ गतेदेखिनै दशैबिदा दिएको मण्डली आधारभूतका शिक्षक शान्ति पुनले बताउनुभयो ।

अन्नपूर्ण–७ हिस्तानका वडा अध्यक्ष मईलन पुर्जा पुनले औला लगायत पहिरोबाट प्रभावित र जोखिममा रहेका सबै बस्तिको प्राबिधिक टोलीबाट अध्ययन गरिने, विस्थापितलाई अल्पकालिन र दिर्घकालिन बसोबासको ब्यवस्था मिलाउने, अवरुद्ध सडक र विद्युतसेवा सूचारु गराउन प्रयास गरेको बताउनुभयो ।

राष्ट्रिय समाचार समिति (रासस)

  • म्याग्दी
  • प्रतिक्रिया दिनुहोस
    समाचार सम्बन्धि थप
  • हिउँ छिचोल्दै एक हजार भेडाच्याङ्ग्रा मुस्ताङ आइपुगे

    हिउँ छिचोल्दै एक हजार भेडाच्याङ्ग्रा मुस्ताङ आइपुगे

  • विजौरी–कोठेरी सडक धमाधम स्तरोन्नति हुँदै

    विजौरी–कोठेरी सडक धमाधम स्तरोन्नति हुँदै

  • निसीखोलाको बाढीसँगै बग्यो झिवाखोलावासीको सपना

    निसीखोलाको बाढीसँगै बग्यो झिवाखोलावासीको सपना

  • देवस्थलको संरक्षणसँगै व्यवस्थित बनाइँदै

    देवस्थलको संरक्षणसँगै व्यवस्थित बनाइँदै

  • प्रत्यूष ई-पेपर थप

    २०८३ असोज १८ गते आइतबार

    २०८३ असोज १८ गते आइतबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    समाचार
    चिकित्सकको अभावमा सास्ती भोग्दै बर्दिया अस्पताल

    चिकित्सकको अभावमा सास्ती भोग्दै बर्दिया अस्पताल

    हिउँ छिचोल्दै एक हजार भेडाच्याङ्ग्रा मुस्ताङ आइपुगे

    हिउँ छिचोल्दै एक हजार भेडाच्याङ्ग्रा मुस्ताङ आइपुगे

    विजौरी–कोठेरी सडक धमाधम स्तरोन्नति हुँदै

    विजौरी–कोठेरी सडक धमाधम स्तरोन्नति हुँदै

    निसीखोलाको बाढीसँगै बग्यो झिवाखोलावासीको सपना

    निसीखोलाको बाढीसँगै बग्यो झिवाखोलावासीको सपना

    प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित

    नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी

    [email protected]

    ०१०५२११७५,९८५११२०८५०

    जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२

    जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०

    सूचना विभाग दर्ता नम्बर: ५२१०

    हाम्रो टीम

    अध्यक्ष /संचालक : श्री दिपा लम्साल - (९८५११२०९४०)
    प्रधानसम्पादक : श्री बद्री अधिकारी - (९८५११२०८५०)
    कार्यकारी सम्पादक :अर्जुन प्रसाद खतिवडा - (९८४९३३९२२२)
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • ई-पेपर
    • बिज्ञापन
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • समाचार
    • स्थानीय समाचार
    • अन्तर्राष्ट्रिय
    © २०७९ प्रत्यूष Designed by: GOJI Solution