Logo
  • ई-पेपर
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • आर्थिक/बजार
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरञ्जन
  • राजनीति
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • साहित्य
  • सुचना प्रविधि
  • स्वास्थ्य
© २०७९ प्रत्यूष Designed by: GOJI Solution
Logo
२०८३ आश्विन १७, शनिबार
आजको ई-पेपर
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • आर्थिक/बजार
  • खेलकुद
  • मनोरञ्जन
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय
राष्ट्रिय समाचार समिति (रासस)

हस्तकला महासङ्घद्वारा २२ महिला उद्यमी सम्मानित

नेपाल हस्तकला महासङ्घले विभिन्न क्षेत्रमा आबद्ध २२ महिला उद्यमीलाई सम्मान गरेको छ । महासङ्घले आज एक कार्यक्रमको आयोजना
रासस ५७६ पटक पढिएको प्रकाशित मिति: २०८३ आश्विन १७, शनिबार (२ घण्टा अघि)
हस्तकला महासङ्घद्वारा २२ महिला उद्यमी सम्मानित

काठमाडौँ, १६ असोजः नेपाल हस्तकला महासङ्घले विभिन्न क्षेत्रमा आबद्ध २२ महिला उद्यमीलाई सम्मान गरेको छ । महासङ्घले आज एक कार्यक्रमको आयोजना गरी नेपाल पश्मिना इण्डष्ट्रिकी सञ्चालक लालु श्रेष्ठसहित २२ महिला उद्यमीलाई सम्मान गरेको हो ।

सम्मानित हुनेमा अञ्जना ताम्रकार, रत्नेश्वरी श्रेष्ठ, अरुणा शाक्य, रुकमणिदेवी श्रेष्ठ, दिव्यतारा तुलाधर, अरुणा लाकोल, रोशनी तुलाधर, रामकली खड्का, शान्ति बैद्य, मिलु थापा, सङ्गीता पन्त, गङ्गा छन्त्याल हुनुहुन्छ ।

त्यस्तै, धनमाया शाक्य, अनुजा बुढाथोकी, कमला श्रेष्ठ, मञ्जु शाक्य, इन्दिरा सापकोटा, उर्मिला श्रेष्ठ, सविता सुवेदी, मिला शर्मा र सुमान्जली शाक्य सम्मानित हुनुभएको छ । उहाँहरूलाई बागमती प्रदेशका मुख्यमन्त्री किरण थापामगर, ललितपुर महानगरपालिकाकी उपप्रमुख मञ्जली शाक्य बज्राचार्य, महासङ्घका अध्यक्ष रवीन्द्र शाक्यले सम्मान गर्नुभयो ।

कार्यक्रममा बागमती प्रदेशका मुख्यमन्त्री किरण थापामगरले नेपालको आर्थिक क्षेत्रको विकासमा महिला उद्यमीले खेलेको भूमिका प्रशंसनीय रहेको बताउनुभयो । उहाँले हस्तकला क्षेत्रको विकासमा बागमती प्रदेश सधैँ सकारात्मक रहेको उल्लेख गर्नुभयो ।

नेपाल हस्तकला महासङ्घका अध्यक्ष रवीन्द्र शाक्यले धेरै निर्यातकर्ता र उत्कृट उद्यमी, उत्कृष्ट कलाकारलाई सम्मान गर्दै आएपनि महिला उद्यमीलाई भने पहिलोपटक सम्मान गर्न पाएकोमा खुशी लागेको बताउनुभयो ।

महासङ्घकी उपाध्यक्ष एवम् कार्यक्रमकी संयोजक सविता सिंह महर्जनले मुलुकको हस्तकला क्षेत्रको विकासमा महिला उद्यमीले खेलेको भूमिका महत्वपूर्ण रहेको बताउनुभयो । विसं २०२९ मा स्थापना भएको महासङ्घका हाल चार हजार ५०० सदस्य छन् । तीमध्ये एक हजार ५०० क्रियाशील सदस्य छन् ।

राष्ट्रिय समाचार समिति (रासस)

  • काठमाडौँ
  • ललितपुर
  • प्रतिक्रिया दिनुहोस
    समाचार सम्बन्धि थप
  • Post Thumbnail

    तनहुँमा कृत्रिम गर्भाधान सेवा विस्तार

  • Post Thumbnail

    मेकाडेमिया नट खेतीमा किसानको आकर्षण

  • Post Thumbnail

    श्रमसम्बन्धि विवाद समाधान गर्दै श्रम कार्यालय

  • Post Thumbnail

    धानबालीमा रोग–कीराको समस्या ः किसान चिन्तित

  • प्रत्यूष ई-पेपर थप

    २०८३ असोज १६ गते शुक्रबार

    २०८३ असोज १६ गते शुक्रबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    समाचार
    Post Thumbnail

    तनहुँमा कृत्रिम गर्भाधान सेवा विस्तार

    Post Thumbnail

    निःशुल्क आँखा शिविरबाट १८७ जना लाभान्वित

    अवरुद्ध बेनी–जोमसोम सडकको पैदलयात्रा सहज बनाउन श्रमदान

    अवरुद्ध बेनी–जोमसोम सडकको पैदलयात्रा सहज बनाउन श्रमदान

    Post Thumbnail

    मेकाडेमिया नट खेतीमा किसानको आकर्षण

    प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित

    नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी

    [email protected]

    ०१०५२११७५,९८५११२०८५०

    जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२

    जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०

    सूचना विभाग दर्ता नम्बर: ५२१०

    हाम्रो टीम

    अध्यक्ष /संचालक : श्री दिपा लम्साल - (९८५११२०९४०)
    प्रधानसम्पादक : श्री बद्री अधिकारी - (९८५११२०८५०)
    कार्यकारी सम्पादक :अर्जुन प्रसाद खतिवडा - (९८४९३३९२२२)
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • ई-पेपर
    • बिज्ञापन
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • समाचार
    • स्थानीय समाचार
    • अन्तर्राष्ट्रिय
    © २०७९ प्रत्यूष Designed by: GOJI Solution