Logo
  • ई-पेपर
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • आर्थिक/बजार
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरञ्जन
  • राजनीति
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • साहित्य
  • सुचना प्रविधि
  • स्वास्थ्य
© २०७९ प्रत्यूष Designed by: GOJI Solution
Logo
२०८३ आश्विन १७, शनिबार
आजको ई-पेपर
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • आर्थिक/बजार
  • खेलकुद
  • मनोरञ्जन
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय
राष्ट्रिय समाचार समिति (रासस)

युवाकवि भट्टको योगदानलाई स्मरण गर्दै ‘मोती-लय’ आयोजना

नेपाल प्रज्ञा प्रतिष्ठानले राष्ट्रिय विभूति तथा युवाकवि मोतीराम भट्टको १६१औँ जन्मजयन्तीका अवसरमा आयोजना गरेको ‘मोती-लय’ कार्यक्रम सम्पन्न भएको
रासस ६७६ पटक पढिएको प्रकाशित मिति: २०८३ आश्विन १७, शनिबार (२ घण्टा अघि)
Post Thumbnail

काठमाडौँ, १६ असोजः नेपाल प्रज्ञा प्रतिष्ठानले राष्ट्रिय विभूति तथा युवाकवि मोतीराम भट्टको १६१औँ जन्मजयन्तीका अवसरमा आयोजना गरेको ‘मोती-लय’ कार्यक्रम सम्पन्न भएको छ । प्रतिष्ठानको मुख्य प्रेक्षालयमा आज आयोजित कार्यक्रममा विश्व कीर्तिमानी सङ्गीतकार सन्तोष श्रेष्ठको सङ्गीतमा गायिका जलजला परियारले मोतीराम भट्टका गजल प्रस्तुत गर्नुभएको थियो ।

कार्यक्रममा नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानका ११ चित्रकारले मोतीरामका चित्र बनाउनुभएको थियो भने शिल्पी थिएटरका कलाकारले उहाँको जीवनी तथा गजलमा आधारित अभिनय प्रस्तुत गर्नुभयो । गायनमा तबलातर्फ शम्भु श्रेष्ठ, गितारमा राजकुमार समाल र बाँसुरीमा निर्मल सिंहले साथ दिनुभएको थियो ।

कार्यक्रममा सातै प्रदेशबाट तीन/तीन जनाका दरले २१ जना नयाँ पुस्ताका गजलकारले नेपालीसहित विभिन्न राष्ट्रिय भाषामा गजल वाचन गर्नुभयो । करिब एक दर्जन अग्रज गजलकारले समेत आफ्ना गजल प्रस्तुत गर्नुभएको थियो ।

मूल आयोजक समिति सदस्य बाबु त्रिपाठी, सङ्गीता थापा, रूपक अलङ्कार र प्रज्वल अधिकारीले कार्यक्रमको सहजीकरण गर्नुभएको थियो । कार्यक्रममा नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति कुमार नगरकोटीले ‘मोती-लय’ कार्यक्रमलाई प्रज्ञा प्रतिष्ठानका प्राज्ञ तथा कर्मचारीले ऐक्यबद्धता जनाउँदै स्वीकृति र वैधता दिएकामा धन्यवाद व्यक्त गर्नुभयो ।

“यसलाई सम्पूर्ण प्रज्ञा प्रतिष्ठानका साथी तथा प्राज्ञज्यूले जसरी ऐक्यबद्धता दिएर वैधता र स्वीकृति दिनुभयो, त्यसका लागि मेरो टिमलाई धन्यवाद दिन्छु । आज हामी सुन्दर गजलहरू सुन्नेछौँ । मोती-लयमा हामी आफैँ पनि लय मिलाउँदै विभिन्न गजलमा विलीन हुनेछौँ । सबै गजलकारलाई मेरो प्रेम र अभिवादन छ । आज गजललाई हामी महोत्सवका रूपमा मनाऔँ, गजलको उत्सव मनाऔँ । यहाँ उपस्थित सम्पूर्ण महानुभावलाई प्रज्ञा प्रतिष्ठानका तर्फबाट स्वागत छ”, उहाँले भन्नुभयो ।

गजल अभियन्ता तथा मूल आयोजक समिति सदस्य घनेन्द्र ओझाले त्रिभुवन विश्वविद्यालयले यसअघि गजललाई स्वीकार गरिसकेको अवस्थामा प्रज्ञा प्रतिष्ठानले मोती जयन्तीलाई ‘राष्ट्रिय गजल दिवस’का रूपमा मनाउने निर्णय गर्नु सकारात्मक भएको बताउनुभयो । उहाँले मोतीराम भट्ट आदि गजलकारसँगै आदि प्रकाशक, आदि सम्पादक, आदि जीवनीकार तथा आदि समालोचकसमेत रहनुभएको उल्लेख गर्नुभयो ।

मोतीरामका रुचीका विषय नाटक, चित्रकला, सङ्गीत र गजललाई एउटै कार्यक्रममा समेटिएकाले ‘मोती–लय’ बाट उहाँको बहुआयामिक योगदानको सम्मान भएको ओझाले बताउनुभयो । नयाँ प्राज्ञ परिषद् गठन भएपछि आफूले कुलपतिसहित परिषद्का सदस्यसँग ‘राष्ट्रिय गजल दिवस’ घोषणाका लागि आग्रह गरेको उहाँले स्मरण गर्नुभयो ।

कार्यक्रम संयोजक तथा काव्य, संस्कृति एवं डिजिटलाइजेसन विभाग प्रमुख दीपक सापकोटाले नेपाली साहित्यको मूलधारमा स्थापित गजलको विकास र मोतीराम भट्टको सम्मानका लागि कुशे औँसीलाई ‘राष्ट्रिय गजल दिवस’का रूपमा मनाउने निर्णय गरिएको बताउनुभयो । उहाँले आगामी वर्षदेखि प्रत्येक मोतीजयन्तीमा गजल महोत्सव आयोजना गर्ने जानकारी दिँदै मन्त्रिपरिषद्बाट समेत राष्ट्रिय गजल दिवसको औपचारिक निर्णय गराउन पहल गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

कार्यक्रमका सहसंयोजक तथा दलित, युवा एवं डिजिटलाइजेसन विभाग प्रमुख नवीन अभिलाषीले नेपाली गजलले व्यापकता प्राप्त गर्नुका साथै संस्थागत सम्मानसमेत पाएको बताउनुभयो । सचिव डा रोशन शेरचनले आगामी वर्षदेखि वार्षिक कार्ययोजनामा राष्ट्रिय गजल दिवस समावेश गरी गजल महोत्सव सञ्चालन गरिने जानकारी दिनुभयो ।

प्रज्ञा प्रतिष्ठानको गत साउन २८ गते बसेको पहिलो बैठकले मोतीराम भट्टको जन्मजयन्ती अर्थात् कुशेऔँसीलाई ‘राष्ट्रिय गजल दिवस’का रूपमा मनाउने निर्णय गरेको थियो । सोही निर्णयअनुसार भदौ २६ गते आयोजना गर्ने भनिएको ‘मोती-लय’ कार्यक्रम भोटेकोशीमा आएको बाढीका कारण असोज १६ गतेका लागि सारिएको थियो ।

राष्ट्रिय समाचार समिति (रासस)

  • काठमाडौँ
  • त्रिभुवन विश्वविद्यालय
  • मन्त्रिपरिषद्
  • प्रतिक्रिया दिनुहोस
    राजनीति सम्बन्धि थप
  • Post Thumbnail

    पर्यटन प्रवर्द्धनका लागि पोखरा–उत्तरपूर्वी भारतबीच ‘बीटूबी’ कार्यक्रम

  • Post Thumbnail

    विपद् प्रभावित क्षेत्रको पुनर्निर्माण पहिलो प्राथमिकता

  • Post Thumbnail

    पृतनापति समन्वयात्मक बैठक सम्पन्न

  • तनहुँ-१ को विकास प्राथमिकताबारे अर्थमन्त्री वाग्लेसँग छलफल

    तनहुँ-१ को विकास प्राथमिकताबारे अर्थमन्त्री वाग्लेसँग छलफल

  • प्रत्यूष ई-पेपर थप

    २०८३ असोज १६ गते शुक्रबार

    २०८३ असोज १६ गते शुक्रबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    समाचार
    अवरुद्ध बेनी–जोमसोम सडकको पैदलयात्रा सहज बनाउन श्रमदान

    अवरुद्ध बेनी–जोमसोम सडकको पैदलयात्रा सहज बनाउन श्रमदान

    Post Thumbnail

    मेकाडेमिया नट खेतीमा किसानको आकर्षण

    Post Thumbnail

    प्रचारप्रसार तथा पर्यटन पूर्वाधार कमीले धनकुटाका मगर र जनजाति सङ्ग्रहालय ओझेलमा

    Post Thumbnail

    श्रमसम्बन्धि विवाद समाधान गर्दै श्रम कार्यालय

    प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित

    नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी

    [email protected]

    ०१०५२११७५,९८५११२०८५०

    जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२

    जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०

    सूचना विभाग दर्ता नम्बर: ५२१०

    हाम्रो टीम

    अध्यक्ष /संचालक : श्री दिपा लम्साल - (९८५११२०९४०)
    प्रधानसम्पादक : श्री बद्री अधिकारी - (९८५११२०८५०)
    कार्यकारी सम्पादक :अर्जुन प्रसाद खतिवडा - (९८४९३३९२२२)
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • ई-पेपर
    • बिज्ञापन
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • समाचार
    • स्थानीय समाचार
    • अन्तर्राष्ट्रिय
    © २०७९ प्रत्यूष Designed by: GOJI Solution