Logo
  • ई-पेपर
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • आर्थिक/बजार
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरञ्जन
  • राजनीति
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • साहित्य
  • सुचना प्रविधि
  • स्वास्थ्य
© २०७९ प्रत्यूष Designed by: GOJI Solution
Logo
२०८३ आश्विन १६, शुक्रबार
आजको ई-पेपर
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • आर्थिक/बजार
  • खेलकुद
  • मनोरञ्जन
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय
राष्ट्रिय समाचार समिति (रासस)

कर्णाली याक्सलाई प्राइम कन्सल्टेन्सीको साथ

नेपाल प्रिमियर लिग (एनपिएल) को फ्रेन्चाइज टोली कर्णाली याक्सको कन्सल्टेन्सी पार्टनरमा प्राइम कन्सल्टेन्सी एण्ड सर्भिसेज प्रालि जोडिएको छ
रासस ९०१ पटक पढिएको प्रकाशित मिति: २०८३ आश्विन १६, शुक्रबार (२ घण्टा अघि)
Post Thumbnail

काठमाडौँ, १६ असोजः नेपाल प्रिमियर लिग (एनपिएल) को फ्रेन्चाइज टोली कर्णाली याक्सको कन्सल्टेन्सी पार्टनरमा प्राइम कन्सल्टेन्सी एण्ड सर्भिसेज प्रालि जोडिएको छ । एनपिएलको तेस्रो संस्करणका लागि कर्णाली याक्स र प्राइम कन्सल्टेन्सी एण्ड सर्भिसेजबीच सम्झौता भएको हो ।

सम्झौतापत्रमा कर्णाली याक्सका क्रिकेट निर्देशक ज्ञानेन्द्र मल्ल र प्राइम कन्सल्टेन्सीकी निर्देशक प्रिज्मा गौतमले हस्ताक्षर गर्नुभयो । सम्झौतासँगै प्राइम कन्सल्टेन्सी एनपिएलको तेस्रो संस्करणमा कर्णाली याक्सको कन्सल्टेन्सी पार्टनरका रूपमा रहनेछ । प्राइम पहिलोपटक कर्णाली याक्ससँग जोडिएको हो ।

सम्झौतापछि कर्णाली याक्सका क्रिकेट निर्देशक मल्लले नयाँ साझेदारीले कर्णालीको व्यावसायिक यात्रालाई थप मजबुत बनाउने बताउनुभयो । “कर्णालीसँग पहिलोपटक जोडिनुभएकोमा प्राइम कन्सल्टेन्सीलाई धन्यवाद दिन्छौँ । यो साझेदारीले कर्णालीलाई मैदानभित्र मात्र होइन् बाहिर थप व्यवस्थित र व्यावसायिक रूपमा अघि बढ्न सहयोग पुग्ने विश्वास लिएका छौँ”, उहाँले भन्नुभयो ।

प्राइम कन्सल्टेन्सीकी निर्देशक गौतमले कर्णाली याक्ससँगको सहकार्यलाई नेपाली क्रिकेटसँग जोडिने अवसरका रूपमा लिएको बताउनुभयो । “कर्णालीसँग सहकार्य गर्न पाउँदा हामी उत्साहित छौँ । नेपाली क्रिकेट र एनपिएलले पछिल्लो समय ठूलो सम्भावना देखाइरहेको छ । यही यात्रामा कर्णालीसँग जोडिन पाउनु हाम्रो लागि महत्त्वपूर्ण अवसर हो । आगामी दिनमा कर्णाली याक्सको यात्रामा आफ्नो क्षेत्रबाट आवश्यक सहयोग र सहकार्य गर्ने प्रतिबद्धता व्यक्त गर्दछौँ”, उहाँले भन्नुभयो ।

एनपिएलको तेस्रो संस्करण आगामी कात्तिक ९ गते (अक्टोबर २६ तारिख) देखि काठमाडौँमा सुरु हुँदैछ । लिगका लागि कर्णाली याक्सले विदेशी खेलाडीको रूपमा इङल्याण्डका मार्क वाट र बङ्गलादेशका अकबर अलीलाई अनुबन्ध गरिसकेको छ ।

राष्ट्रिय समाचार समिति (रासस)

  • काठमाडौँ
  • प्रतिक्रिया दिनुहोस
    खेलकुद सम्बन्धि थप
  • धुलिखेल बन्दैछ, हक्की खेलको ‘हब’

    धुलिखेल बन्दैछ, हक्की खेलको ‘हब’

  • विश्वकप क्रिकेट लिग–२ः नेपाली टोलीको घोषणा

    विश्वकप क्रिकेट लिग–२ः नेपाली टोलीको घोषणा

  • नेपाली क्रिकेट टोली स्वदेश फिर्ता

    नेपाली क्रिकेट टोली स्वदेश फिर्ता

  • एसियाली खेलकुदः नेपाली धावक पालद्वारा राष्ट्रिय कीर्तिमान

    एसियाली खेलकुदः नेपाली धावक पालद्वारा राष्ट्रिय कीर्तिमान

  • प्रत्यूष ई-पेपर थप

    २०८३ असोज १६ गते शुक्रबार

    २०८३ असोज १६ गते शुक्रबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    समाचार
    Post Thumbnail

    ‘सडक बालबालिकाको संरक्षण गर्नु सबैको साझा दायित्व हो’

    नागरिक उड्डयन प्राधिकरण टुक्राउने दुई विधेयक संसद्मा दर्ता

    नागरिक उड्डयन प्राधिकरण टुक्राउने दुई विधेयक संसद्मा दर्ता

    Post Thumbnail

    खुटिया नदीमा डुबेर १७ वर्षीय किशोर बेपत्ता

    Post Thumbnail

    लुम्बिनी बौद्ध विश्वविद्यालयलाई विशिष्ट पहिचान कायम गर्न मन्त्री पोखरेलको निर्देशन

    प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित

    नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी

    [email protected]

    ०१०५२११७५,९८५११२०८५०

    जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२

    जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०

    सूचना विभाग दर्ता नम्बर: ५२१०

    हाम्रो टीम

    अध्यक्ष /संचालक : श्री दिपा लम्साल - (९८५११२०९४०)
    प्रधानसम्पादक : श्री बद्री अधिकारी - (९८५११२०८५०)
    कार्यकारी सम्पादक :अर्जुन प्रसाद खतिवडा - (९८४९३३९२२२)
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • ई-पेपर
    • बिज्ञापन
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • समाचार
    • स्थानीय समाचार
    • अन्तर्राष्ट्रिय
    © २०७९ प्रत्यूष Designed by: GOJI Solution