Logo
  • ई-पेपर
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • आर्थिक/बजार
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरञ्जन
  • राजनीति
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • साहित्य
  • सुचना प्रविधि
  • स्वास्थ्य
© २०७९ प्रत्यूष Designed by: GOJI Solution
Logo
२०८३ आश्विन १७, शनिबार
आजको ई-पेपर
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • आर्थिक/बजार
  • खेलकुद
  • मनोरञ्जन
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय

सडक अवरुद्ध : स्याउको चिन्तामा मुस्ताङका किसान

रासस ८५१ पटक पढिएको प्रकाशित मिति: २०८३ आश्विन १६, शुक्रबार (१ दिन अघि)
सडक अवरुद्ध  : स्याउको चिन्तामा मुस्ताङका किसान

मुस्ताङ, १६ असोज : केही दिन अघिको भारी वर्षापछिको बाढी पहिरो र नदी कटानबाट अबरुद्ध बेनी-जोमसोम सडक सञ्चालन नहुँदा यस क्षेत्रका किसान चिन्तित छन् ।

दसैँ अघिको सोह्र श्राद्ध चलिरहँदा सबैभन्दा बढी स्याउ खपत हुने समयमा सडक अवरुद्ध हुँदा मुस्ताङका स्याउ उत्पादक किसान र ब्यापारी सबैभन्दा बढी मर्कामा परेका हुन् । दसैँ-तिहार लगायतका महत्वपूर्ण चाडपर्व नजिकिदै गर्दा म्याग्दी क्षेत्रमा भएको सडक अवरुद्धका कारण त्यसको प्रत्यक्ष असर स्याउको ढुवानीमा परेको छ ।

अहिले मुस्ताङका बारी तथा बगान क्षेत्रमा हाँगै भाचिएला जसरी लटरम्म नुहिरहेको पाकेको अवस्थाका स्याउ देख्न पाइन्छ । सडक अबरुद्धको प्रत्यक्ष असर मुस्ताङमा स्याउको बजारिकणमा परेको छ ।

म्याग्दीको राहुघाट, बैसरी, सिरुवारी, भिरकाँटे, पोखरेबगर, नौनीबगर, तातोपानी र खामभित्ता लगायतका दर्जनौँ स्थानमा बाढी र पहिरोबाट सडक संरचनामा क्षति हुँदा एक सातादेखि उक्त सडक अवरुद्ध छ । छिटो पाक्ने अर्ली प्रजातिका भदौ १५ गते र ढिलो प्रजातिका स्याउ भदौ २२ गतेदेखि बगैँचाबाट टिप्ने जिल्लास्तरीय निर्णय थियो । हरितालिका तीजअघि मुस्ताङबाट आशिंक रुपमा यहाँको स्याउको बजारीकरण गरिएता पनि ८० प्रतिशत बढी बजारीकरण हुन बाँकी नै छ । धमाधम स्याउ टिपेर बजार पठाउने तयारी चलिरहँदा सडक अवरुद्ध भएसँगै यहाँ उत्पादित स्याउको बजारीकरणमा समस्या परेको हो ।

मुस्ताङमा औसत बर्सेनि सात हजार मेट्रिकटन स्याउ उत्पादन हँुदै आएको छ । यहाँका किसानले परम्परागत लोकल स्याउ र उच्च घनत्व प्रविधिमा आधारित (हाइब्रिड) स्याउखेती गरिरहेका छन् । स्याउको राजधानीका रुपमा परिचित मुस्ताङमा यसपटक सडक अवरुद्धका कारण किसान र ब्यापारी स्याउको व्यवस्थापन कसरी गर्ने भन्नेमा चिन्तित रहेको पाइएको छ ।

स्थानीय घरपझोङ—५ ढुम्बा अब्बल किसान कर्म गुरुङ सडक अवरुद्ध भएकाले उत्पादन गरेको स्याउ बजार पठाउन नपाएको गुनासो गर्नुहुन्छ । सडक अवरुद्ध हुँदा इन्धन र विद्युत आपूर्ति समेत बन्द भएकोले टिपाई गरिएको स्याउ समेत चिस्यान गृहमा राख्न नपाएको किसानको गुनासो छ । झन्डै सात सय मेट्रिक टन स्याउ उत्पादन गर्दैआउनुभएका चिम्ले अचार्ड कृषि फार्मका सञ्चालन गुरुङ टिपिएको स्याउ कुहिने डर भएको बताउनुहुन्छ । ‘अवरुद्ध सडकले किसानको मेहिनत त्यसै खेर जाने जस्तो देखियो, बोटमा भएका स्याउ पनि पाकेर झर्ने बेला भइसक्यो किसान गुरुङ भन्नुहुन्छ, “जतिसक्दो बाटो खुलाउन सके सबैभन्दा बढी राहत किसानलाई हुने थियो ।”

मुस्ताङको थासाङ गाउँपालिका–१ टुकुचेस्थित आइपिएम एप्पल फार्मका सञ्चालक नीरज तुलाचनका अनुसार बेनी–जोमसोम सडक अवरुद्धसँगै मुस्ताङमा उत्पादित स्याउको व्यापारसमेत पूर्ण रुपमा ठप्प भएको जानकारी दिनुभयो । तीजको छेकोमा ५० प्रतिशत स्याउ बिक्री गरिसकेका स्याउ तुलाचनले दसैँ अघि बाँकी रहेको ५० प्रतिशत स्याउ बजार पठाउने तयारी गरिरहेकै बेला सडक बन्द भयो । उत्पादनका हिसाबले यस पटक स्याउबाट किसान र व्यापारी दुवै लाभान्वित भए पनि ढुवानी रोकिदा यसको मार दुवैलाई पर्ने निश्चित छ । धादिङका स्याउ व्यापारी ऊर्जा तामाङ पनि स्याउको व्यापारका लागि तीन सातादेखि मुस्ताङमा हुनुहुन्छ । तीन दशकदेखि मुस्ताङको स्याउ व्यापारमा गरिरहनुभएका उहाँलाई यसपटक भने व्यपार नै चौपट हुने हो कि भन्ने डर छ ।

घरपझोङ र बारागुङ मुक्तिक्षेत्रको आधा दर्जन बढी बगैँचामा रु करोडभन्दा बढी मूल्यको स्याउको ठेक्का लिएका तामाङले मुस्ताङमा सङ्कलन गरिएको स्याउ एक सातादेखि बजार पठाउन नपाएर थन्किएको गुनासो गर्नुभयो । यहाँको स्याउका लागि जिल्ला बाहिरका ५० भन्दा बढी र स्थानीय २० भन्दा बढी व्यक्तिले स्याउको व्यापार गरिरहनुभएको छ । व्यापारीले भदौ अगावै बगँैचामा स्याउको मूल्याङ्कन गरी किसानलाई आशिंक पेश्की दिइ स्याउ सङ्कलन, ग्रेडिङ र प्याकेजिङ गरी ढुवानी गर्ने यस क्षेत्रमा अभ्यास छ । अहिले व्यापारी कहिले बाटो खुला र स्याउ बजार पठाउन पाइएला भन्ने पर्खाइमा छन् ।

सडक अवरुद्ध हुँदा स्याउको आन्तरिक बजारसमेत प्रभावित बनेको छ । दसैँ अघि हजारौँ पर्यटक मुस्ताङ आउने हुँदा स्थानीय किसानले खरिद गरेर उनीहरुलाई उपलब्ध गराउने कार्य पनि यसपटक प्रभावित भएको छ । सडक अवरुद्धका कारण जिल्ला बाहिरबाट पर्यटक मुस्ताङ आउन नसक्दा स्याउको आन्तरिक बजारसमेत खस्किएको स्थानीय साना स्याउ व्यापारीको भनाइ छ ।

कृषि तथा पशु विकास कार्यालय मुस्ताङका प्रमुख डा लालमणि अर्यालका अनुसार सडक अवरुद्ध भएकाले स्याउ नटिप्न किसान तथा ब्यापारीलाई सुझाइएको बताउनुभयो । प्रमुख डा अर्यालले सडक अवरुद्ध हुँदा सबैभन्दा बढी असर मुस्ताङका किसान र व्यापारीलाई परेको बताउनुभयो । बेनी–जोमसोम–कोरला सडकका आयोजना प्रमुख तेजस्वी शर्माले बाढी र पहिरोबाट धेरै स्थानमा क्षति भएकाले सुचारु गराउन एक हप्ता बढी समय लाग्ने बतानुभयो ।

उहाँले सडक विभाग निर्देशानालय पोखराले सडक खुलाउन सबै सयन्त्र पारिचालित गरेको जानकारी दिनुभयो । सडक अवरुद्ध हुँदा उत्तरको छिमेकी मुलुक चीनसँग सडक सम्पर्क जोड्ने महत्त्वपूर्ण कोरला नाकाबाट हुने आयात निर्यात मात्र होइन देशको ढुकुटीमा जम्मा हुने राजस्वसमेत प्रभावित भएको छ ।

प्रतिक्रिया दिनुहोस
समाचार सम्बन्धि थप
  • Post Thumbnail

    भोटेकोशी बाढी प्रभावितका लागि पाँच लाख बढी सहयोग

  • Post Thumbnail

    ‘भूगोलका सपनाहहरु’ निबन्ध सङ्ग्रह लोकार्पित

  • Post Thumbnail

    बेगनास तालमा डुबेर युवकको मृत्यु

  • Post Thumbnail

    लन्डनस्थित पशुपतिनाथ मन्दिरबाट बाढीपीडितलाई ५० लाख सहयोग

  • प्रत्यूष ई-पेपर थप

    २०८३ असोज १७ गते शनिबार

    २०८३ असोज १७ गते शनिबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    समाचार
    आइटियुको दक्षिण एसिया क्षेत्रीय कार्यालय प्रमुखमा नेपाली विज्ञ अनन्दराज खनाल

    आइटियुको दक्षिण एसिया क्षेत्रीय कार्यालय प्रमुखमा नेपाली विज्ञ अनन्दराज खनाल

    Post Thumbnail

    भोटेकोशी बाढी प्रभावितका लागि पाँच लाख बढी सहयोग

    Post Thumbnail

    ‘भूगोलका सपनाहहरु’ निबन्ध सङ्ग्रह लोकार्पित

    Post Thumbnail

    ‘अधिकार रक्षाका लागि परिवर्तनकारी शक्तिबीच एकता हुनुपर्छ’

    प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित

    नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी

    [email protected]

    ०१०५२११७५,९८५११२०८५०

    जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२

    जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०

    सूचना विभाग दर्ता नम्बर: ५२१०

    हाम्रो टीम

    अध्यक्ष /संचालक : श्री दिपा लम्साल - (९८५११२०९४०)
    प्रधानसम्पादक : श्री बद्री अधिकारी - (९८५११२०८५०)
    कार्यकारी सम्पादक :अर्जुन प्रसाद खतिवडा - (९८४९३३९२२२)
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • ई-पेपर
    • बिज्ञापन
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • समाचार
    • स्थानीय समाचार
    • अन्तर्राष्ट्रिय
    © २०७९ प्रत्यूष Designed by: GOJI Solution