Logo
  • ई-पेपर
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • आर्थिक/बजार
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरञ्जन
  • राजनीति
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • साहित्य
  • सुचना प्रविधि
  • स्वास्थ्य
© २०७९ प्रत्यूष Designed by: GOJI Solution
Logo
२०८३ आश्विन १७, शनिबार
आजको ई-पेपर
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • आर्थिक/बजार
  • खेलकुद
  • मनोरञ्जन
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय

आन्तरिक वायुसेवा दायित्वसम्बन्धी विधेयक कार्यान्वयनमा सरकार प्रतिबद्ध : मन्त्री पौडेल

रासस १०५१ पटक पढिएको प्रकाशित मिति: २०८३ आश्विन १६, शुक्रबार (१ दिन अघि)
आन्तरिक वायुसेवा दायित्वसम्बन्धी विधेयक कार्यान्वयनमा सरकार प्रतिबद्ध : मन्त्री पौडेल

काठमाडौँ, १६ असोज : संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडक राज पौडेलले ‘आन्तरिक वायुसेवाको दायित्वसम्बन्धी विधेयक, २०८३’ कार्यान्वयन गर्न सरकार प्रतिबद्ध रहेको बताउनुभएको छ ।

राष्ट्रियसभाको आजको बैठकमा विधायन व्यवस्थापन समितिको प्रतिवेदनसहित विधेयकमाथिको छलफलमा उठेका प्रश्नको जवाफ दिँदै उहाँले समितिमा भएको सैद्धान्तिक तथा दफावार छलफलबाट प्राप्त सुझावलाई मूल्याङ्कन गरी विधेयकमा आवश्यक संशोधन गरिएको जानकारी दिनुभयो ।

मन्त्री पौडेलका अनुसार विधेयकका करिब २९ दफामध्ये १३ दफामा संशोधन गरिएको छ । विधेयकमाथि १५ जना सांसदले संशोधन प्रस्ताव राख्नुभयो । मन्त्री पौडेलले भन्नुभयो, “विधायन व्यवस्थापन समितिमा सबै माननीय सदस्यहरूले दिनुभएका सुझावलाई व्यावहारिक र सैद्धान्तिक रूपमा मूल्याङ्कन गरेर विधेयकमा समावेश गरेका छौँ ।”

मन्त्री पौडेलले विधेयक कार्यान्वयनसँगै त्यसमा भएका व्यवस्थाबारे आम नागरिक तथा हवाई यात्रुलाई जानकारी गराउन आवश्यक रहेको बताउनुभयो । उहाँले त्यसका लागि मन्त्रालयले आजैदेखि प्रचारप्रसारको तयारी थाल्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

मन्त्री पौडेलले विधेयक निर्माणका क्रममा भाषिक पक्षमा समेत विशेष ध्यान दिइएको उल्लेख गर्दै कानुनका प्रावधान दोहोरो अर्थ नलाग्ने, स्पष्ट र यात्रुले समेत सहज रूपमा बुझ्न सक्ने बनाउन संशोधन गरिएको बताउनुभयो । “हामीले राखेको कुनै प्रावधानले हवाई भाडादर वृद्धि नहोस्, हवाई सेवा सुरक्षित र भरपर्दो बनोस् भन्नेमा ध्यान दिएका छौँ”, उहाँले भन्नुभयो ।

मन्त्री पौडेलले विधेयकले यात्रु, चालक दलका सदस्य तथा तेस्रो पक्षको मालसामानको सुरक्षालाई समेत सम्बोधन गर्नेगरी व्यवस्था गर्न खोजिएको बताउनुभयो । उहाँले विधायन व्यवस्थापन समितिमा भएको सक्रिय सहभागिता र सौहार्दपूर्ण छलफलबाट विधेयकलाई व्यावहारिक र प्रभावकारी बनाउन सहयोग पुगेको भन्दै सभाका अध्यक्ष तथा सदस्यहरूप्रति धन्यवाद व्यक्त गर्नुभयो ।

यसअघि मन्त्री पौडेलले विधायन व्यवस्थापन समितिको प्रतिवेदनसहित ‘आन्तरिक वायुसेवाको दायित्वसम्बन्धी विधेयक, २०८३ सम्बन्धी समितिको प्रतिवेदन माथि छलफल गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्नुभएको थियो । उहाँले ‘आन्तरिक वायुसेवाको दायित्व सम्बन्धी विधेयक, २०८३ लाई पारित गरियोस्’ भन्ने प्रस्ताव पनि प्रस्तुत गर्नुभएको थियो ।

सभाबाट उक्त विधेयक पारित गरियोस् भन्ने प्रस्ताव सर्वसम्मतिले पास भएको छ ।

प्रतिक्रिया दिनुहोस
समाचार सम्बन्धि थप
  • Post Thumbnail

    राहत कोषमा फिदिम नगरपालिकाद्वारा ४७ लाख जम्मा

  • फर्सेका बाढी प्रभावितलाई पाँच लाख सहयोग

    फर्सेका बाढी प्रभावितलाई पाँच लाख सहयोग

  • Post Thumbnail

    परराष्ट्रमन्त्री खनाल फिजी प्रस्थान

  • Post Thumbnail

    भोटेकोशी बाढी प्रभावितका लागि पाँच लाख बढी सहयोग

  • प्रत्यूष ई-पेपर थप

    २०८३ असोज १७ गते शनिबार

    २०८३ असोज १७ गते शनिबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    समाचार
    Post Thumbnail

    राहत कोषमा फिदिम नगरपालिकाद्वारा ४७ लाख जम्मा

    Post Thumbnail

    नेपाल पुलिस क्लबलाई भलिबलको उपाधि

    फर्सेका बाढी प्रभावितलाई पाँच लाख सहयोग

    फर्सेका बाढी प्रभावितलाई पाँच लाख सहयोग

    Post Thumbnail

    परराष्ट्रमन्त्री खनाल फिजी प्रस्थान

    प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित

    नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी

    [email protected]

    ०१०५२११७५,९८५११२०८५०

    जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२

    जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०

    सूचना विभाग दर्ता नम्बर: ५२१०

    हाम्रो टीम

    अध्यक्ष /संचालक : श्री दिपा लम्साल - (९८५११२०९४०)
    प्रधानसम्पादक : श्री बद्री अधिकारी - (९८५११२०८५०)
    कार्यकारी सम्पादक :अर्जुन प्रसाद खतिवडा - (९८४९३३९२२२)
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • ई-पेपर
    • बिज्ञापन
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • समाचार
    • स्थानीय समाचार
    • अन्तर्राष्ट्रिय
    © २०७९ प्रत्यूष Designed by: GOJI Solution