Logo
  • ई-पेपर
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • आर्थिक/बजार
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरञ्जन
  • राजनीति
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • साहित्य
  • सुचना प्रविधि
  • स्वास्थ्य
© २०७९ प्रत्यूष Designed by: GOJI Solution
Logo
२०८३ आश्विन १७, शनिबार
आजको ई-पेपर
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • आर्थिक/बजार
  • खेलकुद
  • मनोरञ्जन
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय

विधि विज्ञान प्रयोगशालालाई आधुनिक बनाउन उपकरण खरिदको तयारी

रासस ६२६ पटक पढिएको प्रकाशित मिति: २०८३ आश्विन १६, शुक्रबार (१ दिन अघि)
विधि विज्ञान प्रयोगशालालाई आधुनिक बनाउन उपकरण खरिदको तयारी

काठमाडौँ, १६ असोज : विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले राष्ट्रिय विधि विज्ञान प्रयोगशालालाई आधुनिक बनाउन चालु आर्थिक वर्षमा करिब रु २० करोड बराबरका उपकरण खरिद गर्ने तयारी भइरहेको बताउनुभएको छ ।

राष्ट्रियसभाको आजको बैठकमा प्रतिनिधिसभाबाट संशोधनसहित फिर्ता आएको ‘राष्ट्रिय विधि विज्ञान प्रयोगशाला (स्थापना र सञ्चालन) विधेयक, २०८१’ माथि उठेका प्रश्नको जवाफ दिँदै उहाँले प्रयोगशालालाई आधुनिक र सक्षम बनाउन आवश्यक उपकरण खरिद तथा भौतिक पूर्वाधार निर्माणको काम अघि बढाइएको जानकारी दिनुभयो ।

मन्त्री पुनले विधि विज्ञान प्रयोगशालाको क्षमता कमजोर रहेको कुरा भोटेकोशी बाढीपछि बेपत्ता भएका व्यक्तिको पहिचानका लागि डिएनए परीक्षण गर्नुपर्दा स्पष्ट भएको बताउनुभयो । बाढीमा ठूलो सङ्ख्यामा मानिस बेपत्ता भएपछि उनीहरूको शव तथा आफन्तको डिएनए परीक्षण गर्नुपर्ने अवस्था आए पनि नेपालमा उपलब्ध क्षमताबाट तत्काल परीक्षण गर्न कठिन हुने अवस्था देखिएको उहाँले बताउनुभयो ।

उहाँका अनुसार चीन सरकारबाट आधुनिक उपकरणसहित १५ सदस्यीय र भारत सरकारबाट उपकरणसहित १९ सदस्यीय टोली नेपाल आएर डिएनए परीक्षणमा सहयोग गरेका थिए । उक्त क्रममा नेपाल प्रहरी, नास्ट र विधि विज्ञानसम्बन्धी प्रयोगशालामा परीक्षण गरिएको उहाँले जानकारी दिनुभयो । “यदि हामी आफैँले हाम्रो क्षमताले डिएनए परीक्षण गर्नुपर्ने भएको भए एक वर्षमा पनि नसकिने रहेछ”, मन्त्री पुनले भन्नुभयो ।

उहाँले नास्टमा डिएनए परीक्षण हुँदै आए पनि मुख्यतः वनस्पति तथा जनावरको डिएनए परीक्षण हुने गरेको र मानव डिएनए परीक्षणको अनुभव नभएको बताउनुभयो । चीनबाट आएको टोलीलाई नास्टमा राखेर मानव डिएनए परीक्षण गरिएको र त्यसबाट नेपाली प्राविधिकले समेत सिक्ने अवसर पाएको उहाँको भनाइ थियो ।

मन्त्री पुनले हाल विधि विज्ञान प्रयोगशालाका लागि सरकारले पर्याप्त बजेट विनियोजन नगरेको पनि बताउनुभयो । चालु आर्थिक वर्षमा विधि विज्ञान प्रयोगशालाको सञ्चालनका लागि रु १८ करोड विनियोजन भएको र त्यसको अधिकांश हिस्सा कर्मचारीको तलबभत्तालगायतमा खर्च हुने उहाँले जानकारी दिनुभयो ।

प्रयोगशालाको आधुनिकीकरणका लागि आवश्यक उपकरण खरिद गर्न करिब रु २० करोडको बजेट माग गरिएको र उक्त रकमबाट आवश्यक उपकरण खरिद गर्ने प्रक्रिया अघि बढाइएको उहाँले बताउनुभयो । उहाँले काठमाडौँमा आधुनिक विधि विज्ञान प्रयोगशाला निर्माणका लागि नास्ट परिसरमा जग्गा व्यवस्थापन गर्ने तयारी भइरहेको र भवनको डिजाइनसमेत अघि बढेको जानकारी दिनुभयो । भवन निर्माणमा न्यूनतम रु छ–सात करोड लाग्ने प्रारम्भिक अनुमान रहेको उहाँले बताउनुभयो ।

“काठमाडौँमा भवन छैन, जग्गा पनि छैन । अब नास्टभित्रै जग्गा लिएर ठूलो भवन बनाउने योजना बनाएका छौँ”, उहाँले भन्नुभयो । मन्त्री पुनका अनुसार हाल चार प्रदेशमा विधि विज्ञान प्रयोगशालाका एकाइ रहे पनि ती साना तथा भाडाका भवनमा सञ्चालन भइरहेका छन् । अब ती प्रयोगशालालाई आधुनिकीकरण गर्नुका साथै बाँकी तीन प्रदेशमा समेत प्रयोगशाला विस्तार गर्ने योजना रहेको छ ।

उहाँले विधि विज्ञान प्रयोगशालाको स्थापना र सञ्चालनसम्बन्धी कानुन बनेसँगै संस्थाले आफ्नै नाममा जग्गा प्राप्त गरी आवश्यक पूर्वाधार निर्माण गर्न सक्ने बाटो खुलेको बताउनुभयो ।

डिएनए डाटा बैंक सुरक्षित राखिने

मन्त्री पुनले डिएनए परीक्षणसँग सम्बन्धित तथ्याङ्क अत्यन्त संवेदनशील भएकाले सुरक्षित राख्नुपर्ने बताउनुभयो । विधायन व्यवस्थापन समितिमा विधेयकमाथि छलफलका क्रममा करिब चार–पाँच दिन डिएनए सुरक्षासम्बन्धी विषयमा मात्रै छलफल भएको उहाँले जानकारी दिनुभयो ।

डिएनए तथ्याङ्कका लागि छुट्टै ‘डिएनए डाटा बैंक’ आवश्यक रहेको उल्लेख गर्दै उहाँले त्यस्तो तथ्याङ्कलाई डिजिटल रूपमा सुरक्षित राख्ने व्यवस्था गर्नुपर्ने बताउनुभयो । उहाँले नेपाली नागरिकको डीएनए तथ्याङ्क विदेशीलाई उपलब्ध गराउने भन्ने विषयमा चलेका चर्चाबारे पनि स्पष्ट पार्नुभयो । नेपाली नागरिकको डिएनए डाटा विदेशीलाई उपलब्ध गराउने वा चुहाउने व्यवस्था नरहेको उहाँको भनाइ थियो ।

भोटेकोशी बाढीमा विभिन्न मुलुकका विदेशी नागरिकसमेत बेपत्ता भएकाले उनीहरूको पहिचानका लागि आवश्यक पर्ने डिएनए तथ्याङ्क सम्बन्धित कानुन तथा नियमअनुसार उपलब्ध गराउने विषय भने फरक रहेको उहाँले बताउनुभयो । मन्त्री पुनले विधेयक लामो छलफलपछि आएको उल्लेख गर्दै कुनै पनि कानुन पूर्ण नहुने भएकाले आवश्यकता र अनुभवका आधारमा भविष्यमा संशोधन गर्दै लैजान सकिने बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस
समाचार सम्बन्धि थप
  • Post Thumbnail

    राहत कोषमा फिदिम नगरपालिकाद्वारा ४७ लाख जम्मा

  • फर्सेका बाढी प्रभावितलाई पाँच लाख सहयोग

    फर्सेका बाढी प्रभावितलाई पाँच लाख सहयोग

  • Post Thumbnail

    परराष्ट्रमन्त्री खनाल फिजी प्रस्थान

  • Post Thumbnail

    भोटेकोशी बाढी प्रभावितका लागि पाँच लाख बढी सहयोग

  • प्रत्यूष ई-पेपर थप

    २०८३ असोज १७ गते शनिबार

    २०८३ असोज १७ गते शनिबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    समाचार
    Post Thumbnail

    राहत कोषमा फिदिम नगरपालिकाद्वारा ४७ लाख जम्मा

    Post Thumbnail

    नेपाल पुलिस क्लबलाई भलिबलको उपाधि

    फर्सेका बाढी प्रभावितलाई पाँच लाख सहयोग

    फर्सेका बाढी प्रभावितलाई पाँच लाख सहयोग

    Post Thumbnail

    परराष्ट्रमन्त्री खनाल फिजी प्रस्थान

    प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित

    नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी

    [email protected]

    ०१०५२११७५,९८५११२०८५०

    जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२

    जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०

    सूचना विभाग दर्ता नम्बर: ५२१०

    हाम्रो टीम

    अध्यक्ष /संचालक : श्री दिपा लम्साल - (९८५११२०९४०)
    प्रधानसम्पादक : श्री बद्री अधिकारी - (९८५११२०८५०)
    कार्यकारी सम्पादक :अर्जुन प्रसाद खतिवडा - (९८४९३३९२२२)
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • ई-पेपर
    • बिज्ञापन
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • समाचार
    • स्थानीय समाचार
    • अन्तर्राष्ट्रिय
    © २०७९ प्रत्यूष Designed by: GOJI Solution