Logo
  • ई-पेपर
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • आर्थिक/बजार
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरञ्जन
  • राजनीति
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • साहित्य
  • सुचना प्रविधि
  • स्वास्थ्य
© २०७९ प्रत्यूष Designed by: GOJI Solution
Logo
२०८३ आश्विन १७, शनिबार
आजको ई-पेपर
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • आर्थिक/बजार
  • खेलकुद
  • मनोरञ्जन
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय

कांग्रेसको १५औँ महाधिवेशन प्रविधिमैत्री बनाइने

रासस ६५१ पटक पढिएको प्रकाशित मिति: २०८३ आश्विन १६, शुक्रबार (१ दिन अघि)
कांग्रेसको १५औँ महाधिवेशन प्रविधिमैत्री बनाइने

ललितपुर, १६ असोजः नेपाली कांग्रेसका प्रवक्ता देवराज चालिसेले कांग्रेसको १५औँ महाधिवेशन प्रविधिमैत्री हुने जानकारी गराउँदै प्रचारप्रसारका गतिविधि डिजिटल माध्यमबाट गर्न आग्रह गर्नुभएको छ ।

महाधिवेशनका बारेमा जानकारी दिन पार्टी केन्द्रीय कार्यालय सानेपामा आज आयोजित पत्रकार सम्मेलनमा उहाँले महाधिवेशनमा प्रचारप्रसारलाई वातावरणमैत्री बनाउँदै अधिकांश सूचना तथा प्रचार सामग्री डिजिटल माध्यमबाट देशभर प्रसार गरिने बताउनुभयो । उहाँले महाधिवेशन स्थलमा मुख्य प्रवेशद्वार बाहेक अन्य स्थानमा प्रचार सामग्री टाँस्ने काम नगरिने जानकारी दिनुभयो ।

“महाधिवेशनसम्बन्धी सूचना काठमाडौँ उपत्यकासहित देशभर डिजिटल माध्यमबाट प्रचारप्रसार गर्ने तयारी गरिएको छ । महाधिवेशनमा करिब सात हजार ७०० भन्दा बढी प्रतिनिधि सहभागी हुने अनुमान गरिएको छ । सहभागी नेता तथा कार्यकर्तालाई समेत आफ्ना गतिविधि र सन्देश डिजिटल माध्यमबाट सम्प्रेषण गर्न आग्रह गरिएको छ”, प्रवक्ता चालिसेले भन्नुभयो ।

महाधिवेशन स्थलमा पत्रकारका लागि दैनिक पत्रकार सम्मेलन तथा समाचार सङ्कलनको आवश्यक व्यवस्था मिलाइएको उहाँले जानकारी गराउनुभयो । उहाँका अनुसार वडा तहमा ९९ प्रतिशत क्रियाशील सदस्य सहभागी भएका छन् ।

अन्तरराष्ट्रिय अतिथिका साथसाथै देशभित्रका विभिन्न राजनीतिक दलका प्रतिनिधिलाई महाधिवेशनमा आमन्त्रण गरिएको प्रवक्ता चालिसेले जानकारी दिनुभयो । महाधिवेशनमा वैचारिक बहससँगै राष्ट्रिय जीवनका विभिन्न क्षेत्रमा योगदान पुर्‍याएका व्यक्तित्वहरूसँग समेत छलफल गरिने उल्लेख गर्दै उहाँले युवा, बेरोजगारी र प्रविधिसँग सम्बन्धित विषयलाई प्राथमिकतामा राखेर नयाँ अवधारणा तथा नीति प्रस्तुत गर्ने तयारी गरिएको बताउनुभयो ।

महाधिवेशनलाई व्यवस्थित, अनुशासित र वातावरणमैत्री बनाउन नेपाल तथा विदेशमा रहेका कांग्रेसका नेता, कार्यकर्ता र सञ्चारकर्मीलाई जिम्मेवारीपूर्वक सहयोग गर्न प्रवक्ता चालिसेले आग्रह गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस
समाचार सम्बन्धि थप
  • Post Thumbnail

    भोटेकोशी बाढी प्रभावितका लागि पाँच लाख बढी सहयोग

  • Post Thumbnail

    ‘भूगोलका सपनाहहरु’ निबन्ध सङ्ग्रह लोकार्पित

  • Post Thumbnail

    बेगनास तालमा डुबेर युवकको मृत्यु

  • Post Thumbnail

    लन्डनस्थित पशुपतिनाथ मन्दिरबाट बाढीपीडितलाई ५० लाख सहयोग

  • प्रत्यूष ई-पेपर थप

    २०८३ असोज १७ गते शनिबार

    २०८३ असोज १७ गते शनिबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    समाचार
    Post Thumbnail

    चर्को ध्वनिसहित मोटरसाइकल चलाउनेविरुद्ध कारबाही

    आइटियुको दक्षिण एसिया क्षेत्रीय कार्यालय प्रमुखमा नेपाली विज्ञ अनन्दराज खनाल

    आइटियुको दक्षिण एसिया क्षेत्रीय कार्यालय प्रमुखमा नेपाली विज्ञ अनन्दराज खनाल

    Post Thumbnail

    भोटेकोशी बाढी प्रभावितका लागि पाँच लाख बढी सहयोग

    Post Thumbnail

    ‘भूगोलका सपनाहहरु’ निबन्ध सङ्ग्रह लोकार्पित

    प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित

    नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी

    [email protected]

    ०१०५२११७५,९८५११२०८५०

    जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२

    जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०

    सूचना विभाग दर्ता नम्बर: ५२१०

    हाम्रो टीम

    अध्यक्ष /संचालक : श्री दिपा लम्साल - (९८५११२०९४०)
    प्रधानसम्पादक : श्री बद्री अधिकारी - (९८५११२०८५०)
    कार्यकारी सम्पादक :अर्जुन प्रसाद खतिवडा - (९८४९३३९२२२)
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • ई-पेपर
    • बिज्ञापन
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • समाचार
    • स्थानीय समाचार
    • अन्तर्राष्ट्रिय
    © २०७९ प्रत्यूष Designed by: GOJI Solution