Logo
  • ई-पेपर
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • आर्थिक/बजार
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरञ्जन
  • राजनीति
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • साहित्य
  • सुचना प्रविधि
  • स्वास्थ्य
© २०७९ प्रत्यूष Designed by: GOJI Solution
Logo
२०८३ आश्विन १६, शुक्रबार
आजको ई-पेपर
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • आर्थिक/बजार
  • खेलकुद
  • मनोरञ्जन
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय

धुलिखेल बन्दैछ, हक्की खेलको ‘हब’

रासस ४७६ पटक पढिएको प्रकाशित मिति: २०८३ आश्विन १६, शुक्रबार (२ घण्टा अघि)
धुलिखेल बन्दैछ, हक्की खेलको ‘हब’

बनेपा (काभ्रे), १६ असोजः काभ्रेको पर्यटकीय नगरी धुलिखेललाई देशकै प्रमुख ‘खेलकुद हब’ का रूपमा विकास गर्ने योजना अघि बढाइएको छ ।

सोही सिलसिलामा धुलिखेल नगरपालिका– ११ र १२ को सिमाना चिसापानी डाँडामा अन्तरराष्ट्रियस्तरको हक्की रङ्गशाला तथा प्रशिक्षण केन्द्र निर्माण गर्न लागिएको छ ।

रङ्गशालाका लागि सङ्घीय सरकारबाट बजेट र नगरपालिकाबाट जग्गा सुनिश्चित भएपछि निर्माण प्रक्रिया अघि बढाउन सहमति बनेको हो ।

धुलिखेल नगरपालिका र जिल्ला खेलकुद विकास समितिबीच यस विषयमा औपचारिक सम्झौतासमेत भएको छ ।
नगरपालिकाका तर्फबाट कार्यवाहक नगर प्रमुख निराजन जङ्गम र जिल्ला खेलकुद विकास समितिका अध्यक्ष मानवीर वाइबाले सम्झौतापत्रमा विहीबार हस्ताक्षर भएको छ ।

सम्झौताअनुसार, नगरपालिकाले यसअघि नेपाल हक्की सङ्घलाई ४० वर्षका लागि उपयोग गर्न अनुमति दिएको करिब २०० रोपनी जग्गामा उक्त परियोजना अघि बढाइनेछ ।

रङ्गशाला निर्माणका लागि आर्थिक वर्ष २०८३÷०८४ मा सङ्घीय सरकारबाट रु तीन करोड बजेट विनियोजन भएको नगरपालिका शिक्षा शाखा अधिकृत भोजकुमार ठकुरीले जानकारी दिनुभयो ।

उक्त परियोजना राष्ट्रिय खेलकुद परिषद् (राखेप)मार्फत कार्यान्वयन हुनेछ । कार्यवाहक नगर प्रमुख जङ्गमले धुलिखेललाई ‘खेलकुदमैत्री पालिका’ का रूपमा विकास गर्ने लक्ष्यअनुसार योजना अघि बढाइएको बताउनुभयो ।

जिल्ला खेलकुद विकास समितिका अध्यक्ष वाइबाले सरकारका सम्बन्धित निकायसँग समन्वय गरी थप बजेट र पूर्वाधार व्यवस्थापनका लागि समितिले सक्रिय पहल गर्ने प्रतिबद्धता जनाउनुभयो ।

उक्त रङ्गशालामा राष्ट्रिय तथा अन्तरराष्ट्रिय प्रतियोगिता नभएका बेला स्थानीय विद्यालय, क्लब र खेलाडीले नियमित प्रशिक्षण गर्न पाउने व्यवस्था मिलाइने सो अवसरमा जानकारी दिइयो ।

आगामी दुई वर्षमा निर्माण सम्पन्न गरिने उक्त परियोजनासम्बन्धी सम्झौताले धुलिखेललाई हक्की खेलको नयाँ गन्तव्यका रुपमा अघि बढाउने विश्वास लिइएको छ ।

प्रतिक्रिया दिनुहोस
खेलकुद सम्बन्धि थप
  • विश्वकप क्रिकेट लिग–२ः नेपाली टोलीको घोषणा

    विश्वकप क्रिकेट लिग–२ः नेपाली टोलीको घोषणा

  • नेपाली क्रिकेट टोली स्वदेश फिर्ता

    नेपाली क्रिकेट टोली स्वदेश फिर्ता

  • एसियाली खेलकुदः नेपाली धावक पालद्वारा राष्ट्रिय कीर्तिमान

    एसियाली खेलकुदः नेपाली धावक पालद्वारा राष्ट्रिय कीर्तिमान

  • एसियाली खेलकुद प्रतियोगिताः कबड्डीमा नेपालको जित

    एसियाली खेलकुद प्रतियोगिताः कबड्डीमा नेपालको जित

  • प्रत्यूष ई-पेपर थप

    २०८३ असोज १६ गते शुक्रबार

    २०८३ असोज १६ गते शुक्रबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    समाचार
    रौनक हराउँदै लमजुङका चलचित्र हल

    रौनक हराउँदै लमजुङका चलचित्र हल

    जलवायु न्यायलाई नारामा सीमित नराखी व्यवहारमा उतार्नुपर्छ : परराष्ट्रमन्त्री खनाल

    जलवायु न्यायलाई नारामा सीमित नराखी व्यवहारमा उतार्नुपर्छ : परराष्ट्रमन्त्री खनाल

    धुलिखेल बन्दैछ, हक्की खेलको ‘हब’

    धुलिखेल बन्दैछ, हक्की खेलको ‘हब’

    जुम्लामा चाडपर्व लक्षित गरी ५० क्विन्टल चिनी ल्याउँदै

    जुम्लामा चाडपर्व लक्षित गरी ५० क्विन्टल चिनी ल्याउँदै

    प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित

    नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी

    [email protected]

    ०१०५२११७५,९८५११२०८५०

    जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२

    जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०

    सूचना विभाग दर्ता नम्बर: ५२१०

    हाम्रो टीम

    अध्यक्ष /संचालक : श्री दिपा लम्साल - (९८५११२०९४०)
    प्रधानसम्पादक : श्री बद्री अधिकारी - (९८५११२०८५०)
    कार्यकारी सम्पादक :अर्जुन प्रसाद खतिवडा - (९८४९३३९२२२)
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • ई-पेपर
    • बिज्ञापन
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • समाचार
    • स्थानीय समाचार
    • अन्तर्राष्ट्रिय
    © २०७९ प्रत्यूष Designed by: GOJI Solution