Logo
  • ई-पेपर
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • आर्थिक/बजार
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरञ्जन
  • राजनीति
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • साहित्य
  • सुचना प्रविधि
  • स्वास्थ्य
© २०७९ प्रत्यूष Designed by: GOJI Solution
Logo
२०८३ आश्विन १६, शुक्रबार
आजको ई-पेपर
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • आर्थिक/बजार
  • खेलकुद
  • मनोरञ्जन
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय

जुम्लामा चाडपर्व लक्षित गरी ५० क्विन्टल चिनी ल्याउँदै

रासस ७२६ पटक पढिएको प्रकाशित मिति: २०८३ आश्विन १६, शुक्रबार (२ घण्टा अघि)
जुम्लामा चाडपर्व लक्षित गरी ५० क्विन्टल चिनी ल्याउँदै

जुम्ला, १६ असोजः जुम्लास्थित खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले आगामी दसैँ र तिहारलगायत चाडपर्वलाई लक्षित गरी ५० क्विन्टल चिनी ल्याउने तयारी गरेको छ ।

जिल्लामा चिनीको माग अत्यधिक रहेको अवस्थालाई मध्यनजरगरी खाद्य कम्पनीको केन्द्रिय कार्यालयबाट ५० क्विन्टल चिनी जुम्लामा पठाउने निर्णय गरिसकेको छ ।

उक्त चिनी तीन दिनभित्र सदरमुकाम खलङ्गाको डिपोमा ल्याइने खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड शाखा कार्यालयका प्रमुख मनोज जोशीले जानकारी दिनुभयो ।

उक्त कार्यालयले उपभोक्तालाई पाँच किलोसम्म प्रतिकिलो रु ११० दरले सहुलियत मूल्यमा चिनी बिक्री गर्नेछ ।

दसैँ, तिहार र छठजस्ता चाडपर्वका समयमा अत्यावश्यक दैनिक उपभोग्य वस्तु महँगो मूल्यमा किन्नुपरेको गुनासो आइरहेकैबेला हिमाली जिल्ला जुम्लामा भने अभाव हुन नदिन तथा सहुलियत दरमा बिक्री गर्न खाद्य तथा व्यापार कम्पनी लिमिटेड तत्काल चिनी ढुवानीको व्यवस्था गरेको हो ।

यसैबीच, आमउपभोक्तालाई आवश्यकताभन्दा धेरै चिनी नकिन्न र धेरै मूल्य पनि नतिर्न खाद्य व्यवस्था तथा व्यापार कम्पनीले आग्रह गरेको छ ।

दुई हजार एकसय क्विन्टल चामल मौज्दात

खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड शाखा कार्यालय जुम्लामा दुई हजार १०० क्विन्टल चामल मौज्दात रहेको छ । चालु आवका लागि सरकारले जुम्ला जिल्लामा छ हजार क्विन्टल खाद्यान्नको कोटा निर्धारण गरेको छ ।

त्यसमध्ये हालसम्म तीन हजार ८०० क्विन्टल चामल जिल्लामा आइसकेको छ । चालु आवको असोजको दोस्रो सातासम्म करिब दुई हजार ७०० क्विन्टल चामल बिक्री पनि भइसकेको छ ।

दसैँ नजिकिँदै गर्दा प्रतिदिन करिब ९० क्विन्टल चामल बिक्री हुने गरेको खाद्य व्यवस्था तथा व्यापार कम्पनीका प्रमुख जोशीले जानकारी दिनुभयो ।

दसैँअघि नै स्थानीय पातारासी गाउँपालिकाको लुम र गुठीचौर गाउँपालिकाको गुठीचौर डिपोबाट एक हजार क्विन्टल चामल बिक्री गरिनेछ ।

तिला गाउँपालिको जुम्लाकोट, सिञ्जाको धापा, हिमामो बाजाँगाडा बिक्री केन्द्रबाट ५०० क्विन्टल चामल बिक्रीवितरण गरिने शाखा कार्यालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
समाचार सम्बन्धि थप
  • रौनक हराउँदै लमजुङका चलचित्र हल

    रौनक हराउँदै लमजुङका चलचित्र हल

  • जलवायु न्यायलाई नारामा सीमित नराखी व्यवहारमा उतार्नुपर्छ : परराष्ट्रमन्त्री खनाल

    जलवायु न्यायलाई नारामा सीमित नराखी व्यवहारमा उतार्नुपर्छ : परराष्ट्रमन्त्री खनाल

  • ‘लुम्बिनी बौद्ध सर्किट’सम्बन्धी सम्झौतासहित अध्ययन, अनुसन्धान प्रक्रिया सुरु

    ‘लुम्बिनी बौद्ध सर्किट’सम्बन्धी सम्झौतासहित अध्ययन, अनुसन्धान प्रक्रिया सुरु

  • राष्ट्रसङ्घको ८१औँ महासभाः चुनौती र नेपालको प्रस्तुति

    राष्ट्रसङ्घको ८१औँ महासभाः चुनौती र नेपालको प्रस्तुति

  • प्रत्यूष ई-पेपर थप

    २०८३ असोज १६ गते शुक्रबार

    २०८३ असोज १६ गते शुक्रबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    समाचार
    रौनक हराउँदै लमजुङका चलचित्र हल

    रौनक हराउँदै लमजुङका चलचित्र हल

    जलवायु न्यायलाई नारामा सीमित नराखी व्यवहारमा उतार्नुपर्छ : परराष्ट्रमन्त्री खनाल

    जलवायु न्यायलाई नारामा सीमित नराखी व्यवहारमा उतार्नुपर्छ : परराष्ट्रमन्त्री खनाल

    धुलिखेल बन्दैछ, हक्की खेलको ‘हब’

    धुलिखेल बन्दैछ, हक्की खेलको ‘हब’

    जुम्लामा चाडपर्व लक्षित गरी ५० क्विन्टल चिनी ल्याउँदै

    जुम्लामा चाडपर्व लक्षित गरी ५० क्विन्टल चिनी ल्याउँदै

    प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित

    नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी

    [email protected]

    ०१०५२११७५,९८५११२०८५०

    जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२

    जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०

    सूचना विभाग दर्ता नम्बर: ५२१०

    हाम्रो टीम

    अध्यक्ष /संचालक : श्री दिपा लम्साल - (९८५११२०९४०)
    प्रधानसम्पादक : श्री बद्री अधिकारी - (९८५११२०८५०)
    कार्यकारी सम्पादक :अर्जुन प्रसाद खतिवडा - (९८४९३३९२२२)
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • ई-पेपर
    • बिज्ञापन
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • समाचार
    • स्थानीय समाचार
    • अन्तर्राष्ट्रिय
    © २०७९ प्रत्यूष Designed by: GOJI Solution