Logo
  • ई-पेपर
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • आर्थिक/बजार
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरञ्जन
  • राजनीति
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • साहित्य
  • सुचना प्रविधि
  • स्वास्थ्य
© २०७९ प्रत्यूष Designed by: GOJI Solution
Logo
२०८३ आश्विन १४, बुधबार
आजको ई-पेपर
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • आर्थिक/बजार
  • खेलकुद
  • मनोरञ्जन
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय

जीवनभरको कमाइ कालीगण्डकीले लगेपछि द्विविधामा छन्, लामाखेतबासी

रासस ८५१ पटक पढिएको प्रकाशित मिति: २०८३ आश्विन १४, बुधबार (४ घण्टा अघि)
जीवनभरको कमाइ कालीगण्डकीले लगेपछि द्विविधामा छन्, लामाखेतबासी

म्याग्दी, १४ असोजः

पर्वतको जलजला गाउँपालिका–४ लामाखेतमा घर बनाएर बसेकी म्याग्दीको बेनी नगरपालिका–१ रत्नेचौरका बालकुमारी रावल पछिल्लो तीन दिनयता ढुक्कसँग निदाउन पाउनुभएको छैन ।

यही असोज ८ देखि १२ गतेसम्मको निरन्तरको झरीपछि कालीगण्डकी नदीमा आएको बाढीले जीवनभर दुःख गरेर जोडेको घर छाड्ने कि जोखिम मोलेर त्यही बस्ने भन्ने निर्णय लिन उहाँलाई गाह्रो परेको छ ।

“करिब छ मिटर माथिसम्म कालीगण्डकीको बाढी आउने कल्पना गरेको थिइनँ तर असोज १० गते रातिको बाढीले घर डुबाएर सामान बगायो, भएका लत्ताकपडा, भाँडाकुँडा र सामान हिलाम्मे बनायो,” उहाँले भन्नुभयो ।

रेष्टुरेन्ट र किराना पसल सञ्चालन गरेर जीविकोपार्जन गर्दै आएकी रावलले भन्नुभयो, “यो ठाउँमा बसौँ भने बाढीले डुबाएको झलझली आँखामा आउँछ, छोडेर जाने अरू ठाउँ छैन ।”

बाढी पसेपछि रावलसहित लामाखेतका अधिकांश बासिन्दा घरमा सुत्न छाडेका छन् । साँझ खाना खाएर बेनी बजारमा आउने उनीहरु बिहान घर फर्कन्छन् । बाढीले भिजाएका हिलाम्मे सामानको सरसफाइ उनीहरुको दिनचर्या बनेको छ ।

बेनीको प्रकाश माविमा कक्षा ६ मा पढ्ने लामाखेतका आयुस पुनले बाढी पसेपछि पोसाक लगाउन नमिल्ने भएको र हिलो पन्छाउन बुबाआमालाई सघाउनुपर्दा विद्यालय जान नपाएको गुनासो गर्नुभयो ।

लामाखेतमा बस्दै आएका धवलागिरि गाउँपालिका–५ भेडिखाल्टाकी रुपी बुढा घरमा बस्नेकी छोड्ने भन्ने दोधारमा हुनुहुन्छ । “जलजला गाउँपालिकाको केन्द्र र कार्यालय रहेको लामाखेतलाई संरक्षण गरेर बस्नयोग्य बनाउन सके मात्र हामी ढुक्क हुने थियौँ,” उहाँले भन्नुभयो, “बाढी र कटानबाट ज्यान बचाउन घर छाड्नुपर्ने अवस्था छ । जीवनभरको कमाइ लगानी गरेर बनाएको घर छाडेर फेरि गाउँ फर्कन अप्ठ्यारै हुन्छ ।”

पछिल्लो १५ वर्षयता तीव्र रुपमा बस्ती विस्तार भएको लामाखेत पर्वत जिल्लाको भूगोलमा पर्ने भए पनि अधिकांश म्याग्दीका विभिन्न ग्रामीण क्षेत्रबाट बसाइँसराइ गरेर आएका छन् । लामाखेतमा धेरैजसो विदेशमा कमाएको र गाउँको जग्गा जमिन बेचेर छोराछोरी पढाउन, बेनीमा रोजगारी र मजदुरी गर्नेले घर बनाएर बसेका छन् ।

लामाखेतको तल्लो क्षेत्रमा रहेका २५ भन्दा बढी घरमा बाढी पसेको थियो । यसअघि तटबन्ध नाघेर बाढी नआएको स्थानीयवासी बताउँछन् । बेनीदेखि लामाखेत जोड्ने ढलान गरेर पक्की बनाएको सडक पनि पहिरोले भत्काएकाले घरका सामान अन्यत्र सार्न पनि नपाएको स्थानीय टीकाराम पुनले गुनासो गर्नुभयो ।

मेघबहादुर राईले बाढीको त्रासका कारण बेनीबजारमा कोठा खोजिरहेको बताउनुभयो । “सडक माथिको पाखो धसिएको र कालीगण्डकी पारि ठूलो पहिरो देखिएकाले लामाखेत वासीलाई त्रास सिर्जना भएको छ,” उहाँले भन्नुभयो, “घरभित्र पसेको बाढी र हिलो त पन्छाइयो तर मनभित्र पसेको चिसो हटाउन गाह्रो हँुदोरहेछ ।” लामाखेतलाई तटबन्ध गरेर बस्नयोग्य बनाउनुपर्ने स्थानीयवासी अमित पुनको भनाइ छ ।

तत्कालका लागि बस्तीभित्र थुप्रिएको बालुवा पन्छाउन ब्याकुहोलोडर आवश्यक परेको छ । बेनी जोड्ने सडक खुलाउन, खानेपानी आपूर्ति गराउन र दीर्घकालीन रुपमा नदी कटान नियन्त्रण योजना सञ्चालन गरी लामाखेतलाई बस्नयोग्य बनाउनुपर्नेमा लालबहादुर छन्त्यालले जोड दिनुभयो ।

जलजला गाउँपालिकाका अध्यक्ष राजुप्रसाद आचार्यका अनुसार बाढीले लामाखेत, लामाबगर, फर्सेलगायत तटीय क्षेत्रदेखि धाइरिङको तामवाङ, खानीगाउँलगायत धेरै बस्तीमा क्षति पुर्याएको बताउनुभयो । तत्कालका लागि मानवीय क्षति हुन नदिने, अवरुद्ध सडकमा यातायात सञ्चालन गर्ने र आधारभूत आवश्यकता परिपूर्तिका लागि मङ्गलबारदेखि १४ वटा समूह परिचालन गरिएको उहाँले बताउनुभयो ।

मालढुङ्गा–बेनी सडकको माथिल्लो क्षेत्रमा पाखो जमिन चर्किएकाले जोखिमयुक्त ठाउँमा सतर्कता अपनाउनका लागि अनुरोध गरिएको अध्यक्ष आचार्यको भनाइ छ । गाउँपालिकाको अन्य बजेट कटौती गरेर विपद्मा केन्द्रित गर्ने, पुनर्निर्माण, पुनः स्थापनाका लागि सङ्घीय र प्रदेश सरकारसँग योजना तथा बजेट माग गर्ने उहाँको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस
समाचार सम्बन्धि थप
  • सुशासन, सुधार र नयाँ आशाका छ महिना

    सुशासन, सुधार र नयाँ आशाका छ महिना

  • प्रतिनिधिसभाको बैठक बस्दै   

    प्रतिनिधिसभाको बैठक बस्दै   

  • लुम्बिनीको काखमा उद्योगः संरक्षणसँगै व्यवस्थापनको माग 

    लुम्बिनीको काखमा उद्योगः संरक्षणसँगै व्यवस्थापनको माग 

  • ‘अव्यवस्थित बसोबासबाट जग्गाधनीसम्मः जुनेली बस्तीको ३६ वर्ष’ 

    ‘अव्यवस्थित बसोबासबाट जग्गाधनीसम्मः जुनेली बस्तीको ३६ वर्ष’ 

  • प्रत्यूष ई-पेपर थप

    २०८३ असोज १४ गते बुधबार

    २०८३ असोज १४ गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    समाचार
    जीवनभरको कमाइ कालीगण्डकीले लगेपछि द्विविधामा छन्, लामाखेतबासी

    जीवनभरको कमाइ कालीगण्डकीले लगेपछि द्विविधामा छन्, लामाखेतबासी

    सुशासन, सुधार र नयाँ आशाका छ महिना

    सुशासन, सुधार र नयाँ आशाका छ महिना

    प्रतिनिधिसभाको बैठक बस्दै   

    प्रतिनिधिसभाको बैठक बस्दै   

    लुम्बिनीको काखमा उद्योगः संरक्षणसँगै व्यवस्थापनको माग 

    लुम्बिनीको काखमा उद्योगः संरक्षणसँगै व्यवस्थापनको माग 

    प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित

    नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी

    [email protected]

    ०१०५२११७५,९८५११२०८५०

    जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२

    जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०

    सूचना विभाग दर्ता नम्बर: ५२१०

    हाम्रो टीम

    अध्यक्ष /संचालक : श्री दिपा लम्साल - (९८५११२०९४०)
    प्रधानसम्पादक : श्री बद्री अधिकारी - (९८५११२०८५०)
    कार्यकारी सम्पादक :अर्जुन प्रसाद खतिवडा - (९८४९३३९२२२)
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • ई-पेपर
    • बिज्ञापन
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • समाचार
    • स्थानीय समाचार
    • अन्तर्राष्ट्रिय
    © २०७९ प्रत्यूष Designed by: GOJI Solution