Logo
  • ई-पेपर
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • आर्थिक/बजार
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरञ्जन
  • राजनीति
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • साहित्य
  • सुचना प्रविधि
  • स्वास्थ्य
© २०७९ प्रत्यूष Designed by: GOJI Solution
Logo
२०८३ आश्विन १२, सोमबार
आजको ई-पेपर
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • आर्थिक/बजार
  • खेलकुद
  • मनोरञ्जन
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय

बनेपामा जालुद्यो जात्रा सम्पन्न

रासस ६५१ पटक पढिएको प्रकाशित मिति: २०८३ आश्विन १२, सोमबार (१ घण्टा अघि)
बनेपामा जालुद्यो जात्रा सम्पन्न

बनेपा (काभ्रे), १२ असोजः

काभ्रेपलाञ्चोकको बनेपामा मौलिक सांस्कृतिक पर्व जालुद्यो जात्रा सम्पन्न भएको छ । नेवार समुदायको परम्परा र संस्कृतिसँग जोडिएको जालुद्यो जात्रा परम्परागत विधिअनुसार भातबाट देवताको स्वरुप तयार गरी पूजा गरेर मनाउने गरिन्छ ।

बनेपा नगरपालिका-५ स्वधा टोलस्थित दक्षिणकाली मन्दिरमा नित्य पूजा तथा हाँसको बलिसहित पूजा गरी सुरु भएको जात्रा असोज ११ गते साँझ जालुद्योलाई रथमा राखेर विभिन्न टोल तथा चोक परिक्रमा गराएपछि सम्पन्न भएको हो ।

जात्रामा स्थानीयवासी तथा श्रद्धालुको उल्लेख्य सहभागिता रहेको बनेपा नगरपालिका-८ का वडाध्यक्ष शुभलक्ष्मी मानन्धराले बताउनुभयो । उहाँका अनुसार परिक्रमा सम्पन्न भएपछि खट जात्रा गरी जालुद्योलाई पुण्यमाता खोलामा लगेर विधिपूर्वक विसर्जन गरिएको थियो ।

बनेपाको मौलिक सांस्कृतिक पहिचानसँग जोडिएको जालुद्यो जात्रा पुस्तौँदेखि स्थानीय समुदायले निरन्तरता दिँदै आएको पर्व हो । जात्राले स्थानीय संस्कार, संस्कृति तथा परम्परालाई नयाँ पुस्तासम्म पुर्‍याउन योगदान गर्दै आएको मानन्धराले बताउनुभयो ।

मानन्धरका अनुसार जालुद्यो जात्रासँग एक्लो छोरा भएका परिवारको पुरानो धार्मिक विश्वाससमेत जोडिएको छ । “स्थानीय जनविश्वासअनुसार पहिले राक्षसले एक्लो छोरा भएका परिवारका छोरालाई पालैपालो आफ्नो आहार बनाउने गर्दथ्यो । त्यसबाट जोगाउन दक्षिणकाली माता जालुद्यो बनेर राक्षसमाथि विजय प्राप्त गरेको विश्वास रहिआएको छ”, उहाँले भन्नुभयो ।

संस्कार, संस्कृति, परम्परा, रीतिरिवाज र थितिले सम्पन्न नेवार बस्ती बनेपामा विभिन्न मौलिक परम्परालाई स्थानीयले निरन्तरता दिँदै आएका छन् । नेवार बस्तीमा माथिल्लो टोल र तल्लो टोलको परम्परागत विभाजन समेत रहेको पाइन्छ ।

जालुद्यो जात्राको विसर्जन गर्ने दिन बनेपाको तल्लो टोलमा बसोबास गर्ने स्थानीयवासीले ‘धौ मारी’ खाने परम्परालाई निरन्तरता दिँदै आएका छन् । स्थानीय किम्बदन्तीअनुसार जालुद्योको नाममा एक छाक खाना छाडेको सम्झनास्वरुप धौ मारी खाने चलन रहेको स्थानीय नेता पोटेले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस
समाचार सम्बन्धि थप
  • नेप्से परिसूचक १६ दशमलव ४७ अङ्कले घट्यो

    नेप्से परिसूचक १६ दशमलव ४७ अङ्कले घट्यो

  • हिमलुङ हिमपहिरोमा परी गोरखाका दुई जना बेपत्ता

    हिमलुङ हिमपहिरोमा परी गोरखाका दुई जना बेपत्ता

  • सदनमा बाढी पहिरोदेखि खाना पकाउने ग्याससम्म विषय

    सदनमा बाढी पहिरोदेखि खाना पकाउने ग्याससम्म विषय

  • मौसम सुधार भएसँगै नेपाल-भारत आवागमन सहज

    मौसम सुधार भएसँगै नेपाल-भारत आवागमन सहज

  • प्रत्यूष ई-पेपर थप

    २०८३ असोज ११ गते आईतबार

    २०८३ असोज ११ गते आईतबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    समाचार
    नेप्से परिसूचक १६ दशमलव ४७ अङ्कले घट्यो

    नेप्से परिसूचक १६ दशमलव ४७ अङ्कले घट्यो

    हिमलुङ हिमपहिरोमा परी गोरखाका दुई जना बेपत्ता

    हिमलुङ हिमपहिरोमा परी गोरखाका दुई जना बेपत्ता

    सदनमा बाढी पहिरोदेखि खाना पकाउने ग्याससम्म विषय

    सदनमा बाढी पहिरोदेखि खाना पकाउने ग्याससम्म विषय

    मौसम सुधार भएसँगै नेपाल-भारत आवागमन सहज

    मौसम सुधार भएसँगै नेपाल-भारत आवागमन सहज

    प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित

    नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी

    [email protected]

    ०१०५२११७५,९८५११२०८५०

    जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२

    जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०

    सूचना विभाग दर्ता नम्बर: ५२१०

    हाम्रो टीम

    अध्यक्ष /संचालक : श्री दिपा लम्साल - (९८५११२०९४०)
    प्रधानसम्पादक : श्री बद्री अधिकारी - (९८५११२०८५०)
    कार्यकारी सम्पादक :अर्जुन प्रसाद खतिवडा - (९८४९३३९२२२)
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • ई-पेपर
    • बिज्ञापन
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • समाचार
    • स्थानीय समाचार
    • अन्तर्राष्ट्रिय
    © २०७९ प्रत्यूष Designed by: GOJI Solution