Logo
  • ई-पेपर
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • आर्थिक/बजार
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरञ्जन
  • राजनीति
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • साहित्य
  • सुचना प्रविधि
  • स्वास्थ्य
© २०७९ प्रत्यूष Designed by: GOJI Solution
Logo
२०८३ आश्विन १२, सोमबार
आजको ई-पेपर
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • आर्थिक/बजार
  • खेलकुद
  • मनोरञ्जन
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय

मनसुनजन्य विपदबाट देशका विभिन्न राजमार्ग अवरुद्ध

रासस ६०१ पटक पढिएको प्रकाशित मिति: २०८३ आश्विन १२, सोमबार (१ घण्टा अघि)
मनसुनजन्य विपदबाट देशका विभिन्न राजमार्ग अवरुद्ध

काठमाडौँ, १२ असोज : गएको चार दिनको अविरल वर्षाका कारण भएका बाढीपहिरो र सडक भासिने घटनासँगै देशका विभिन्न प्रमुख राजमार्ग तथा सडक खण्ड अवरुद्ध भएका छन् ।
नेपाल प्रहरीका अनुसार रसुवा, नुवाकोट, धादिङ, काभ्रेपलाञ्चोक, चितवन, मनाङ, बागलुङ, रोल्पा, कालिकोट, गुल्मी, म्याग्दी, मुस्ताङ, हुम्ला, नवलपरासी पूर्व, पाल्पा, ललितपुर, लमजुङ, तनहुँ र पर्वतलगायत जिल्लाका सडक प्रभावित भएका छन् ।

रसुवाको पासाङ ल्हामु राजमार्ग बाढीले त्रिशूली नदी किनारको अधिकांश भाग कटान गरेपछि पूर्णरूपमा अवरुद्ध छ । यद्यपि, काठमाडौँबाट टोखा–छहरे–विदुर–नुवाकोट, दरबार–फलाँटे–चोकदे–लच्याङ–सरमथली–पाच्र्याङ–भोर्ले–जिरो–किमि कालिकास्थान–स्याउबारी–राम्चे–सोले–धुञ्चे हुँदै स्याफ्रुबेँसी पुग्ने एक लेनको कच्ची वैकल्पिक सडक प्रयोग गर्न सकिने प्रहरीले जनाएको छ ।

नुवाकोटको टोखा–छहरे सडकखण्डमा राति १० बजेदेखि बिहान ५ बजेसम्म अत्यावश्यक सेवाबाहेक सार्वजनिक तथा निजी सवारीसाधनको आवागमन बन्द गरिएको छ । उक्त व्यवस्था अर्को सूचना जारी नभएसम्म लागू रहनेछ ।

पृथ्वीराजमार्गका विभिन्न स्थानमा पहिरो खसेपछि यातायात प्रभावित भएको छ । कृष्णभीर क्षेत्रमा ठूलो ढुङ्गासहितको पहिरो झरेपछि सडक एकतर्फी सञ्चालनमा आएको तथा बेनिघाट रोराङ–१० स्थित पानीधारामा पनि पहिरोकै कारण सडक पूर्ण रूपमा अवरुद्ध रहेको प्रहरीले जनाएको छ ।

चितवनस्थित नारायणगढ–मुग्लिन सडकखण्डका विभिन्न स्थानमा पहिरो गएपछि अर्को सूचना नभएसम्म सबै सवारीसाधनको आवागमन बन्द गरिएको छ । अर्काेतर्फ बिपी राजमार्गअन्तर्गत काभ्रे पलाञ्चोकको रोशी गाउँपालिका–७ चारसयबेँसी र रोशी–८ गिम्दीबेँसीमा पहिरो गएपछि सडक अवरुद्ध छ । प्रहरीका अनुसार, धुलिखेल नगरपालिका–८ पकुचामा पहिरो खसेपछि अरनिको राजमार्ग अवरुद्ध छ ।

गण्डकी प्रदेशमा मनाङको बेँसीसहर–खाङसार सडकखण्डमा राति ६ बजेदेखि बिहान ६ बजेसम्म सवारीसाधन सञ्चालनमा रोक लगाइएको छ । मनाङकै चामे–बेँसीसहर सडकखण्डमा पहिरो खसेपछि पूर्ण रूपमा अवरुद्ध भएको छ ।

बागलुङको मध्यपहाडी लोकमार्ग र कालीगण्डकी करिडोर, रोल्पाको घोराही–थवाङ–रुकुम सहिदमार्ग तथा कालिकोटको कर्णाली राजमार्ग पनि पहिरो र लेदोका कारण अवरुद्ध छन् । गुल्मीका रिडी–तम्घास मदनभण्डारी राजमार्ग, रुद्रबेनी–वामीटक्सार सडक र कालीगण्डकी करिडोरका विभिन्न स्थानमा पहिरो तथा खोलाको बहाव बढेपछि सडक अवरुद्ध भएको छ ।

म्याग्दीको बेनी–जोमसोम, मुस्ताङको जोमसोम–कोरला, हुम्लाको कर्णाली करिडोर, नवलपरासी पूर्वको कालीगण्डकी करिडोर, पाल्पाको सिद्धार्थ राजमार्ग र ललितपुरको कान्तिलोक पथमा पनि पहिरो तथा लेदोका कारण यातायात सञ्चालन हुन सकेको छैन । लमजुङको बेँसीसहर–मनाङ सडक तथा मध्यपहाडी लोकमार्ग, तनहुँको पृथ्वीराजमार्ग र पर्वतको मालढुङ्गा–बेनी सडकखण्डमा पनि पहिरोका कारण यातायात अवरुद्ध रहेको प्रहरीले जनाएको छ ।

देशका विभिन्न जोखिमयुक्त सडकमा रातिको आवागमन रोक्ने तथा कतिपय सडकमा पूर्ण रूपमा यातायात बन्द गर्ने निर्णय गरिएको छ । प्रहरीले जोखिमयुक्त सडकमा अनावश्यक यात्रा नगर्न तथा स्थानीय प्रशासन र सुरक्षा निकायको सूचनाअनुसार मात्र यात्रा गर्न आग्रह गरेको छ ।

प्रतिक्रिया दिनुहोस
समाचार सम्बन्धि थप
  • ३० अर्बको एकमहिने निक्षेप सङ्कलनको बोलकबोल आह्वान

    ३० अर्बको एकमहिने निक्षेप सङ्कलनको बोलकबोल आह्वान

  • सुनचाँदीको मूल्य ओरालो

    सुनचाँदीको मूल्य ओरालो

  • पदमार्ग र पूर्वाधारको विकाससँगै पर्यटकीय गन्तव्य बन्दै ऐतिहासिक कोटगढी

    पदमार्ग र पूर्वाधारको विकाससँगै पर्यटकीय गन्तव्य बन्दै ऐतिहासिक कोटगढी

  • अर्थमन्त्री डा वाग्ले र एआइआइबी अध्यक्ष जियायीबीच दोहामा भेटवार्ता

    अर्थमन्त्री डा वाग्ले र एआइआइबी अध्यक्ष जियायीबीच दोहामा भेटवार्ता

  • प्रत्यूष ई-पेपर थप

    २०८३ असोज ११ गते आईतबार

    २०८३ असोज ११ गते आईतबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    समाचार
    ३० अर्बको एकमहिने निक्षेप सङ्कलनको बोलकबोल आह्वान

    ३० अर्बको एकमहिने निक्षेप सङ्कलनको बोलकबोल आह्वान

    सुनचाँदीको मूल्य ओरालो

    सुनचाँदीको मूल्य ओरालो

    विचारः विपद् पूर्वतयारीमा गैरसरकारी संस्था

    विचारः विपद् पूर्वतयारीमा गैरसरकारी संस्था

    थुनिएको मस्र्याङ्दी नदीमा पानी बग्न थाल्यो

    थुनिएको मस्र्याङ्दी नदीमा पानी बग्न थाल्यो

    प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित

    नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी

    [email protected]

    ०१०५२११७५,९८५११२०८५०

    जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२

    जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०

    सूचना विभाग दर्ता नम्बर: ५२१०

    हाम्रो टीम

    अध्यक्ष /संचालक : श्री दिपा लम्साल - (९८५११२०९४०)
    प्रधानसम्पादक : श्री बद्री अधिकारी - (९८५११२०८५०)
    कार्यकारी सम्पादक :अर्जुन प्रसाद खतिवडा - (९८४९३३९२२२)
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • ई-पेपर
    • बिज्ञापन
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • समाचार
    • स्थानीय समाचार
    • अन्तर्राष्ट्रिय
    © २०७९ प्रत्यूष Designed by: GOJI Solution