Logo
  • ई-पेपर
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • आर्थिक/बजार
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरञ्जन
  • राजनीति
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • साहित्य
  • सुचना प्रविधि
  • स्वास्थ्य
© २०७९ प्रत्यूष Designed by: GOJI Solution
Logo
२०८३ आश्विन १२, सोमबार
आजको ई-पेपर
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • आर्थिक/बजार
  • खेलकुद
  • मनोरञ्जन
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय

अवैध लागुऔषधसहित विभिन्न स्थानबाट २० जना पक्राउ

रासस ९२६ पटक पढिएको प्रकाशित मिति: २०८३ आश्विन ८, बिहिबार (३ दिन अघि)
Post Thumbnail

काठमाडौँ, ८ असोजः नेपाल प्रहरीले अवैध लागुऔषधसहित विभिन्न स्थानबाट २० जनालाई पक्राउ गरेको छ ।

केन्द्रीय प्रहरी समाचार कक्षका अनुसार काठमाडौँ महानगरपालिका–५ भत्केकोपुलबाट नियन्त्रित लागुऔषध ट्रामाडोल १९० ट्याब्लेटसहित महानगरपालिका–४ धुम्बाराही बस्ने ४२ वर्षीय सुरेश श्रेष्ठ र काठमाडौँ कपन बस्ने सिन्धुपाल्चोक त्रिपुरासुन्दरी गाउँपालिका–२ घर भएका ३१ वर्षीय सुरेन्द्र गुरूङ रहेका छन् ।

त्यसैगरी प्युठान, नौबहिनी गाउँपालिका–६ स्थित कुलाखोलाबाट अवैध लागुऔषध गाँजा करिब ५० ग्रामसहित तीन जनालाई बुधबार बेलुकी प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा सोही गाउँपालिका–६ उपल्लो बहाने बस्ने २० वर्षीय राजु परियार, २५ वर्षीय जीवन केसी र ३२ वर्षीय विमल केसी रहेका छन् ।

कञ्चनपुर, बेलौरी नगरपालिका–७ बरैयाबाट अवैध लागुऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ दुई ग्राम ३५० मिलिग्रामसहित दुई जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा शुक्लाफाँटा नगरपालिका–९ नौखरी बस्ने २६ वर्षीय विक्रम डगौरा र सोही नगरपालिका–१० बस्ने २२ वर्षीय महेश चौधरी रहेका छन् ।

यसैगरी कञ्चनपुर, भीमदत्त नगरपालिका–१८ कटान जानकी टोलबाट अवैध लागुऔषध खैरो हेरोइनजस्तो देखिने पदार्थ ११० मिलिग्राम सहित सोही नगरपालिका–३ भाँषी बस्ने १८ वर्षीय किशोरलाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

बर्दिया, बढैयाताल गाउँपालिका–७ बाट अवैध लागुऔषध ब्राउनसुगरजस्तो देखिने पदार्थ तीन ग्राम २० मिलिग्रामसहित बाँके कोहलपुर नगरपालिका–११ बस्ने २० वर्षीय सचिन थारूलाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको छ ।

चितवन, भरतपुर महानगरपालिका–५ बाट अवैध लागुऔषध ब्राउनसुगरजस्तो देखिने पदार्थ करिब तीन ग्राम र नगद रु १६ हजार ५६५ सहित तीन जनालाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा सोही ठाउँ बस्ने २८ वर्षीय कुशल श्रेष्ठ, सोही महानगरपालिका–४ नवदुर्गाचोक बस्ने २७ वर्षीय रिसत सुवेदी र सोही महानगरपालिका–७ बुद्धचोक बस्ने २२ वर्षीय पुजन भन्ने शशी गहतराज रहेका छन् ।

सर्लाही, मलङ्गवा नगरपालिका–११ गमरीया बस्ने ४५ वर्षीय प्रमोद चौधरीलाई अवैध लागूऔषध गाँजा ५०० ग्राम, नियन्त्रित लागुऔषध नाइट्राजेपाम ४७ ट्याब्लेट र स्पास्मो ५४ ट्याब्लेट बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

सिराहा, नरहा गाउँपालिका–५ बलुवा टोलबाट नियन्त्रित लागुऔषध नाइट्राभेट २७ ट्याब्लेट दुई जनालाई बुधबार राति प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा मिर्चैया नगरपालिका–११ दनुवारी टोल बस्ने २१ वर्षीय सुदीप ठाकुर र सोही नगरपालिका–४ बस्ने २३ वर्षीय सुभाष दनुवार रहेका छन् ।

झापा, मेचीनगर नगरपालिका–६ बाट अवैध लागुऔषध खैरो हेरोइनजस्तो देखिने पदार्थ तीन ग्राम ८०० मिलिग्रामसहित अर्जुनधारा नगरपालिका–१० बस्ने २७ वर्षीय डम्बरबहादुर लिम्बूलाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । यसैगरी झापा, झापा गाउँपालिका–४ टाघनडुब्बाबाट अवैध लागुऔषध ब्राउनसुगरजस्तो देखिने पदार्थ १५ ग्राम ३८ मिलिग्रामसहित सोही गाउँपालिका–२ सडकबारी बस्ने १९ वर्षीय मोहन राजवंशी दुई जनालाई बुधबार राति प्रहरीले पक्राउ गरेको छ ।

प्रतिक्रिया दिनुहोस
समाचार सम्बन्धि थप
  • ३० अर्बको एकमहिने निक्षेप सङ्कलनको बोलकबोल आह्वान

    ३० अर्बको एकमहिने निक्षेप सङ्कलनको बोलकबोल आह्वान

  • सुनचाँदीको मूल्य ओरालो

    सुनचाँदीको मूल्य ओरालो

  • मनसुनजन्य विपदबाट देशका विभिन्न राजमार्ग अवरुद्ध

    मनसुनजन्य विपदबाट देशका विभिन्न राजमार्ग अवरुद्ध

  • पदमार्ग र पूर्वाधारको विकाससँगै पर्यटकीय गन्तव्य बन्दै ऐतिहासिक कोटगढी

    पदमार्ग र पूर्वाधारको विकाससँगै पर्यटकीय गन्तव्य बन्दै ऐतिहासिक कोटगढी

  • प्रत्यूष ई-पेपर थप

    २०८३ असोज ११ गते आईतबार

    २०८३ असोज ११ गते आईतबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    समाचार
    ३० अर्बको एकमहिने निक्षेप सङ्कलनको बोलकबोल आह्वान

    ३० अर्बको एकमहिने निक्षेप सङ्कलनको बोलकबोल आह्वान

    सुनचाँदीको मूल्य ओरालो

    सुनचाँदीको मूल्य ओरालो

    विचारः विपद् पूर्वतयारीमा गैरसरकारी संस्था

    विचारः विपद् पूर्वतयारीमा गैरसरकारी संस्था

    थुनिएको मस्र्याङ्दी नदीमा पानी बग्न थाल्यो

    थुनिएको मस्र्याङ्दी नदीमा पानी बग्न थाल्यो

    प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित

    नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी

    [email protected]

    ०१०५२११७५,९८५११२०८५०

    जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२

    जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०

    सूचना विभाग दर्ता नम्बर: ५२१०

    हाम्रो टीम

    अध्यक्ष /संचालक : श्री दिपा लम्साल - (९८५११२०९४०)
    प्रधानसम्पादक : श्री बद्री अधिकारी - (९८५११२०८५०)
    कार्यकारी सम्पादक :अर्जुन प्रसाद खतिवडा - (९८४९३३९२२२)
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • ई-पेपर
    • बिज्ञापन
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • समाचार
    • स्थानीय समाचार
    • अन्तर्राष्ट्रिय
    © २०७९ प्रत्यूष Designed by: GOJI Solution