Logo
  • ई-पेपर
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • आर्थिक/बजार
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरञ्जन
  • राजनीति
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • साहित्य
  • सुचना प्रविधि
  • स्वास्थ्य
© २०७९ प्रत्यूष Designed by: GOJI Solution
Logo
२०८३ आश्विन १२, सोमबार
आजको ई-पेपर
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • आर्थिक/बजार
  • खेलकुद
  • मनोरञ्जन
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय

अब भरतपुर आँखा अस्पतालको सेवा सर्लाही हरिपुर्वामा

रासस १०७६ पटक पढिएको प्रकाशित मिति: २०८३ आश्विन ६, मंगलबार (६ दिन अघि)
अब भरतपुर आँखा अस्पतालको सेवा सर्लाही हरिपुर्वामा

सर्लाही, ६ असोजः नेपाल नेत्र ज्योति सङ्घ अन्तर्गत सञ्चालित भरतपुर आँखा अस्पतालको सेवा यहाँस्थित हरिपुर्वाबाट पनि सुरुआत भएको छ ।

हरिपुर्वा नगरपालिका–२, स्थित नगर अस्पताल भवनबाट हीरालाल सन्तुदेवी प्रधान नेत्र विज्ञान अध्ययन संस्थानसँगको समन्वयमा भरतपुर आँखा अस्पतालको सेवा यहाँ विस्तार गरिएको हो । सेवा विस्तारसँगै आँखा उपचारसम्बन्धी विशेषज्ञ सेवा अब हरिपुर्वामै उपलब्ध हुने भएको छ । भरतपुर आँखा अस्पतालले प्रदान गर्ने विशेषज्ञ सेवा गाउँमा नै पाएपछि स्थानीय उत्साहित बनेका छन् ।

उपचार केन्द्रमा सेवा लिन आउनुभएकी हरिपुर्वा–३, कि रुपनी देवीले गाउँमै सेवा पाएको जनाउँदै खुसी व्यक्त गर्नुभयो । आँखा उपचारको लागि टाढा धाउनुपर्दा धेरै खर्च भएको उहाँको अनुभव ताजै छ । “दुई महिना पहिला खेतमा काम गर्दा आँखामा धानको पातले घोचेको थियो”, उहाँले सुनाउनुभयो, “उपचार गर्न जनकपुर, भरतपुर धेरै धाउनुपर्यो । दुःख धेरै पाइयो, खर्च उस्तै भयो । अहिले सबै सुविधा गाउँमै आयो ।”

अस्पतालमा चिकित्सक सधैँ बस्नुपर्ने उहाँको माग छ । सेवा सुरु गरेको केही समयपछि बन्द हुने समस्याले आफूहरू आजित भएको जनाउँदै स्वास्थ्य सेवा निरन्तर पाए आसपासका पालिकाका नागरिकले समेत सेवासँगै राहत पाउने उहाँले बताउनुभयो । हरिपुर्वा नगरपालिका, स्वास्थ्य शाखा प्रमुख लालबाबु रायले अब आँखाका बिरामीले अन्योलमा भौतारिनुपर्ने, टाढा धाउनुपर्ने समस्या नहुने जानकारी दिनुभयो ।

नगरप्रमुख विनोदकुमार साह तेलीले आँखाका बिरामीको लागि आवश्यक उपचार सामग्री, औषधिलगायतको व्यवस्थापन गरेर उपचार केन्द्र सञ्चालनमा ल्याइएकोे जानकारी दिनुभयो । केन्द्रले आवश्यकताअनुसार बेलाबेलामा मोतिया विन्दुको शल्यक्रियालगायतको निःशुल्क शिविर सञ्चालन गरेर सेवा दिने उहाँको भनाइ छ । नगरका वयोवृद्ध आमा, बुबाले अब आँखाको ज्योति खोज्न भौतारिनु नपर्ने उहाँले दाबी गर्नुभयो । सेवा सञ्चालन भएसँगै आँखाका बिरामीको आकर्षण बढेको नगर स्वास्थ्य शाखाले जनाएको हो ।

प्रतिक्रिया दिनुहोस
समाचार सम्बन्धि थप
  • नेप्से परिसूचक १६ दशमलव ४७ अङ्कले घट्यो

    नेप्से परिसूचक १६ दशमलव ४७ अङ्कले घट्यो

  • हिमलुङ हिमपहिरोमा परी गोरखाका दुई जना बेपत्ता

    हिमलुङ हिमपहिरोमा परी गोरखाका दुई जना बेपत्ता

  • सदनमा बाढी पहिरोदेखि खाना पकाउने ग्याससम्म विषय

    सदनमा बाढी पहिरोदेखि खाना पकाउने ग्याससम्म विषय

  • मौसम सुधार भएसँगै नेपाल-भारत आवागमन सहज

    मौसम सुधार भएसँगै नेपाल-भारत आवागमन सहज

  • प्रत्यूष ई-पेपर थप

    २०८३ असोज ११ गते आईतबार

    २०८३ असोज ११ गते आईतबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    समाचार
    नेप्से परिसूचक १६ दशमलव ४७ अङ्कले घट्यो

    नेप्से परिसूचक १६ दशमलव ४७ अङ्कले घट्यो

    हिमलुङ हिमपहिरोमा परी गोरखाका दुई जना बेपत्ता

    हिमलुङ हिमपहिरोमा परी गोरखाका दुई जना बेपत्ता

    सदनमा बाढी पहिरोदेखि खाना पकाउने ग्याससम्म विषय

    सदनमा बाढी पहिरोदेखि खाना पकाउने ग्याससम्म विषय

    मौसम सुधार भएसँगै नेपाल-भारत आवागमन सहज

    मौसम सुधार भएसँगै नेपाल-भारत आवागमन सहज

    प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित

    नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी

    [email protected]

    ०१०५२११७५,९८५११२०८५०

    जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२

    जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०

    सूचना विभाग दर्ता नम्बर: ५२१०

    हाम्रो टीम

    अध्यक्ष /संचालक : श्री दिपा लम्साल - (९८५११२०९४०)
    प्रधानसम्पादक : श्री बद्री अधिकारी - (९८५११२०८५०)
    कार्यकारी सम्पादक :अर्जुन प्रसाद खतिवडा - (९८४९३३९२२२)
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • ई-पेपर
    • बिज्ञापन
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • समाचार
    • स्थानीय समाचार
    • अन्तर्राष्ट्रिय
    © २०७९ प्रत्यूष Designed by: GOJI Solution