
काठमाडौँ, ५ असोजः चीन सरकारले भोटेकोशी बाढीबाट प्रभावित बालबालिकाको सहयोगका लागि रु एक करोड १० लाख प्रदान गरेको छ ।
नेपालका लागि चिनियाँ राजदूत चाङ माओमिङले शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेललाई शिक्षा तथा खेलकुद मन्त्रालयमा आज उक्त रकमको चेक हस्तान्तरण गर्नुभयो ।
त्यस अवसरमा मन्त्री पोखरेलले विपद्को समयमा चीनले गरेको सहयोगप्रति धन्यवाद व्यक्त गर्दै आगामी दिनमा पनि नेपाल र चीनबीच आवश्यक समन्वय र सहकार्य निरन्तर रहने विश्वास व्यक्त गर्नुभयो ।
राजदूत चाङले बाढी प्रभावित बालबालिकालाई प्रत्यक्ष सहयोग पुग्ने गरी उक्त रकम उपलब्ध गराइएको जानकारी दिनुभयो ।

प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित
नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी
०१०५२११७५,९८५११२०८५०
जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२
जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०
सूचना विभाग दर्ता नम्बर: ५२१०
| अध्यक्ष /संचालक : | श्री दिपा लम्साल - (९८५११२०९४०) |
| प्रधानसम्पादक : | श्री बद्री अधिकारी - (९८५११२०८५०) |
| कार्यकारी सम्पादक : | अर्जुन प्रसाद खतिवडा - (९८४९३३९२२२) |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |