Logo
  • ई-पेपर
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • आर्थिक/बजार
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरञ्जन
  • राजनीति
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • साहित्य
  • सुचना प्रविधि
  • स्वास्थ्य
© २०७९ प्रत्यूष Designed by: GOJI Solution
Logo
२०८३ आश्विन १२, सोमबार
आजको ई-पेपर
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • आर्थिक/बजार
  • खेलकुद
  • मनोरञ्जन
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय

नारायणी लिफ्टलिफ्ट–खगेरी सिँचाइ आयोजना: मासिक विद्युत् खर्च रु ४२ लाखसम्म

रासस ११०१ पटक पढिएको प्रकाशित मिति: २०८३ आश्विन १, बिहिबार (१ हफ्ता अघि)
नारायणी लिफ्टलिफ्ट–खगेरी सिँचाइ आयोजना: मासिक विद्युत् खर्च रु ४२ लाखसम्म

नारायणगढ (चितवन), १ असोजः

चितवनको नारायणी लिफ्ट–खगेरी सिँचाइ आयोजनाले बर्खायाममा पश्चिम चितवनका किसानलाई २४सै घण्टा नारायणी नदीबाट पानी तानेर सिँचाइ सुविधा उपलब्ध गराउँदै आएको छ ।

आयोजनाका पम्प २४सै घण्टा सञ्चालन गर्दा मासिक रु ४२ लाखसम्म विद्युत् खर्च हुने गरेको छ । बर्खायाममा पश्चिम चितवनका चार हजार ७०० हेक्टर खेतीयोग्य जमिनमा सिँचाइ सुविधा उपलब्ध गराउन नारायणी नदीबाट दुई वटा पम्पमार्फत निरन्तर पानी तान्ने गरिएको आयोजनाले जनाएको छ ।

नारायणी लिफ्ट–खगेरी सिँचाइ व्यवस्थापन कार्यालयका प्रमुख कुलराज चालिसेका अनुसार आयोजनाअन्तर्गत खगेरी सिँचाइ प्रणाली र नारायणी लिफ्ट सिँचाइ प्रणाली सञ्चालनमा छन् । नारायणी नदीबाट पम्पमार्फत पानी तानेर पश्चिम चितवनतर्फको नहरमा पठाइने तथा पूर्वी चितवनको खगेरी खोलामा रत्ननगर–९ टिकौलीको कपरखोरी नजिक बाँध बाँधेर ल्याइएको खगेरी नहरमार्फत पनि सिँचाइ सुविधा उपलब्ध गराइएको उहाँले बताउनुभयो ।

उहाँका अनुसार खगेरी नहरमा बाँध बाँधेर पानी ल्याइने भएकाले नहर मर्मत तथा झारपात सफा गर्नेबाहेक ठूलो खर्च हुँदैन । तर नारायणी लिफ्टबाट पानी तान्दा विद्युत्मा ठूलो खर्च हुने गर्दछ । दुवै पम्प निरन्तर सञ्चालन गर्दा प्रतिमहिना करिब रु ४२ लाखसम्म विद्युत् महसुल लाग्ने उहाँले बताउनुभयो ।

चालिसेका अनुसार बर्खायाममा असार १२ गतेदेखि असोज ३० गतेसम्म पानीको आवश्यकता रहेमा नहर निरन्तर सञ्चालन गरिन्छ । उहाँले भन्नुभयो, “सिँचाइको मागअनुसार नहर चलाउँदै आएका छौँ । पानी परेका बेला पम्प सञ्चालन गर्नुपर्दैन । तर पानी नपरेर खेतमा सिँचाइ आवश्यक भए निरन्तर पानी छाड्छौँ ।”

उहाँले हिउँदमा पनि गहुँ, मकैलगायत बालीमा सिँचाइ आवश्यक परे मागअनुसार नहर सञ्चालन गरिने जानकारी दिनुभयो । वार्षिक रूपमा विद्युत् महसुलमा करिब रु दुई करोड खर्च हुने उहाँले बताउनुभयो ।

उहाँका अनुसार नारायणी लिफ्ट र खगेरी सिँचाइ प्रणालीबाट भरतपुर महानगरपालिकाको गीतानगर, पटिहानी, जगतपुर, पार्वतीपुर, मङ्गलपुर, गुञ्जनगर र शारदानगरलगायत पश्चिम चितवनका क्षेत्रमा सिँचाइ सुविधा पुगेको छ । नहरमा पानी छाडेपछि पश्चिम चितवनका पोखरी, इनार र धारामा पानी आउने गर्दछ । यही पानीको सहायताले पश्चिम चितवनका किसानले धान रोपाइँ गर्दै आएका छन् ।

चालिसेका अनुसार जग्गा प्लटिङ र सहरीकरण बढ्दै जाँदा कतिपय स्थानमा नहर अतिक्रमण भएको छ । भरतपुर महानगरपालिकाको सहरी क्षेत्र भएर बग्ने नहरको जग्गा विभिन्न व्यक्ति, सङ्घसंस्था, समूह तथा सरकारी निकायले वर्षौँदेखि अतिक्रमण गर्दै आएको उहाँले बताउनुभयो ।

खगेरी सिँचाइ प्रणालीबाट तीन हजार ९०० हेक्टर र नारायणी लिफ्ट सिँचाइ प्रणालीबाट चार हजार ७०० हेक्टर क्षेत्रफलमा सिँचाइ सुविधा उपलब्ध हुँदै आएको छ ।

आयोजनाअन्तर्गत ‘बी’ मूल नहर २२ किलोमिटर, ‘सी’ नहर १४ किलोमिटर र लिङ्क नहर ५०० मिटर लम्बाइको रहेको छ । खेतीयोग्य जमिन प्लटिङ हुँदै जाँदा नहरबाट सिँचाइ हुने क्षेत्रसमेत घट्दै गएको उहाँले बताउनुभयो ।

आयोजनाको नारायणी लिफ्टमा विसं २०७९ मा नयाँ पम्प जडान गरिएको हो । पम्प सञ्चालन तथा नियन्त्रणका लागि कम्प्युटर प्रणाली प्रयोगमा रहेको छ । कन्ट्रोल रुमबाट कम्प्युटर प्रणालीमार्फत तथा आवश्यकताअनुसार म्यानुअल रूपमा पनि पम्प सञ्चालन गर्न सकिने व्यवस्था रहेको चालिसेले जानकारी दिनुभयो । यस वर्ष आएको बाढीले पम्प सञ्चालनमा कुनै असर नपारेको आयोजनाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
समाचार सम्बन्धि थप
  • नेप्से परिसूचक १६ दशमलव ४७ अङ्कले घट्यो

    नेप्से परिसूचक १६ दशमलव ४७ अङ्कले घट्यो

  • हिमलुङ हिमपहिरोमा परी गोरखाका दुई जना बेपत्ता

    हिमलुङ हिमपहिरोमा परी गोरखाका दुई जना बेपत्ता

  • सदनमा बाढी पहिरोदेखि खाना पकाउने ग्याससम्म विषय

    सदनमा बाढी पहिरोदेखि खाना पकाउने ग्याससम्म विषय

  • मौसम सुधार भएसँगै नेपाल-भारत आवागमन सहज

    मौसम सुधार भएसँगै नेपाल-भारत आवागमन सहज

  • प्रत्यूष ई-पेपर थप

    २०८३ असोज ११ गते आईतबार

    २०८३ असोज ११ गते आईतबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    समाचार
    नेप्से परिसूचक १६ दशमलव ४७ अङ्कले घट्यो

    नेप्से परिसूचक १६ दशमलव ४७ अङ्कले घट्यो

    हिमलुङ हिमपहिरोमा परी गोरखाका दुई जना बेपत्ता

    हिमलुङ हिमपहिरोमा परी गोरखाका दुई जना बेपत्ता

    सदनमा बाढी पहिरोदेखि खाना पकाउने ग्याससम्म विषय

    सदनमा बाढी पहिरोदेखि खाना पकाउने ग्याससम्म विषय

    मौसम सुधार भएसँगै नेपाल-भारत आवागमन सहज

    मौसम सुधार भएसँगै नेपाल-भारत आवागमन सहज

    प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित

    नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी

    [email protected]

    ०१०५२११७५,९८५११२०८५०

    जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२

    जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०

    सूचना विभाग दर्ता नम्बर: ५२१०

    हाम्रो टीम

    अध्यक्ष /संचालक : श्री दिपा लम्साल - (९८५११२०९४०)
    प्रधानसम्पादक : श्री बद्री अधिकारी - (९८५११२०८५०)
    कार्यकारी सम्पादक :अर्जुन प्रसाद खतिवडा - (९८४९३३९२२२)
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • ई-पेपर
    • बिज्ञापन
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • समाचार
    • स्थानीय समाचार
    • अन्तर्राष्ट्रिय
    © २०७९ प्रत्यूष Designed by: GOJI Solution