Logo
  • ई-पेपर
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • आर्थिक/बजार
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरञ्जन
  • राजनीति
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • साहित्य
  • सुचना प्रविधि
  • स्वास्थ्य
© २०७९ प्रत्यूष Designed by: GOJI Solution
Logo
२०८३ आश्विन १२, सोमबार
आजको ई-पेपर
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • आर्थिक/बजार
  • खेलकुद
  • मनोरञ्जन
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय

भोटेकोशी बाढीपछि बेपत्ता भएका आफन्तको पर्खाइमा नेपालगञ्जका अनलाल

रासस १३७६ पटक पढिएको प्रकाशित मिति: २०८३ भाद्र २०, शनिबार (३ हफ्ता अघि)
भोटेकोशी बाढीपछि बेपत्ता भएका आफन्तको पर्खाइमा नेपालगञ्जका अनलाल

राँझा (बाँके), २० भदौः

नेपालगञ्ज उपमहानगरपालिका-२० थपुवा निवासी अनलाल रोकाय रसुवाको भोटेकोशी बाढीपश्चात सम्पर्कविहीन हुनुभएका दाजु, भाउजु र छोराको कि सास कि लासको पर्खाइमा हुनुहुन्छ । भदौ १० गते आएको बाढीपश्चात् उहाँका लागि अहिले दिनहरू टोलाएर बिताउने माध्यम बनेका छन् ।

बाढीपछि रोकायका १९ वर्षीय छोरा दीपक, ५३ वर्षीय दाजु शेरसिंह र भाउजु विष्णुमती सम्पकैविहीन हुनुहुन्छ । रसुवा भन्सार कार्यालय टिमुरेस्थित पार्किङमा काम गर्ने रोकायका दाजु र भाउजुसँगै गोसाइँकुण्ड घुम्न गएका छोरा दिपकको अवस्था हालसम्म अज्ञात छ । घटना भएको ११ दिनसम्म पनि कुनै जानकारी नपाएपछि पीडामाथि थप पीडा भएको रोकायले बताउनुभयो । गोसाइँकुण्ड घुम्न गएका छोरासहित दाजु, भाउनु गुमाउँदाको पीडाले उहाँका आँसु रोकिएका छैनन् ।

“चितवनको अस्पताल पुगेर सबै शव हेरेँ, कहीँ भेटिएको खबर आउँछ कि भन्ने आश थियो । दिनहरू बित्दै जाँदा निराशा बढ्दै गएको छ”, रोकायले भन्नुभयो, “हाम्रा मान्छे हराएको यति धेरै दिन भयो, सास कि लास केही नभेटिँदा झन पीडा र अलमल बढ्दै गएको छ ।” शव पहिचान शुन्छ कि भनेर गर्न डिएनए परीक्षणको लागि रिपोर्ट गरेको उहाँले बताउनुभयो । फेला परेका शव भन्दा हराएकाहरूको सङ्ख्या बढी रहेकाले सास र लासको आशा भने मर्दै गएको रोकायले बताउनुभयो । उहाँको परिवारले लास वा सासको आश गर्दागर्दै हालसम्म धार्मिक संस्कारसमेत गर्न सकेको छैन ।

“घटनाको प्रकृति हेर्दा अब हाम्रा मान्छेको सास वा लास आउने सम्भावना हराएको छ । हिमपहिरोमा परी बेपत्ता व्यक्तिको अन्तिम संस्कारका बारेमा सरकारले निधो गरिदिए हामीलाई सजिलो हुनेथियो”, उहाँले भन्नुभयो, “लास र सास पाउने आशामा धेरै दिन बिते, के आधारले काजक्रिया गर्ने भन्ने अलमलले धार्मिक संस्कार गर्न नपाउँदा थप पीडित हुन पुगेका छौँ ।”

सुदूरपश्चिमको बाजुराबाट बाँकेको नेपालगञ्जमा बसाइँसराइ गर्नुभएका रोकाय परिवारका घरमूली दाजु शेरसिंह रोजगारीका लागि श्रीमतीसहित सात वर्षदेखि रसुवा भन्सार कार्यालय टिमुरेमा कार्यरत हुनुहुन्थ्यो । चाडपर्व र काम पर्दा घर आएपनि अन्यबेला दाजु, भाउजु टिमुरेमै बस्दै आउनुभएको अनलालले बताउनुभयो । उहाँका अनुसार पछिल्लो पटक गत असारमा पनि दाजु धान रोपाइँ गर्न घरमा आउनुभएको थियो ।

पढाइमा अब्बल थिए दिपक

भोटेकोशी बाढीमापश्चात् बेपत्ता भएका छोरा दिपक पढाइमा अब्बल रहेको आमा कर्णसरी रोकायले बताउनुभयो । नेपालगञ्ज-२० राँझास्थित भेरी विद्या मन्दिरमा नर्सरीदेखि कक्षा ८ सम्म अध्ययन थिए । हाल स्नातक तहमा अध्ययनरत दिपकले काठमाडौँमा बसेर लोकसेवा तयारी गरिरहेका थिए ।

“स्कूल पढ्दा कक्षामा सधैँ पहिलो हुने गथ्र्यो, अहिले पनि लोकसेवामा नाम निकाल्ने भनेर मेहनत गरेर तयारी गरिरहेको थियो”, आमा कर्णसरीले भन्नुभयो, “लोकसेवाको परीक्षा पनि दिइरहेको थियो, कतिपय परीक्षाको रिजल्ट नआउदै छोरो बेपत्ता भएको छ ।”

एउटै वडाबाट पाँच जना बेपत्ता

रसुवाको भोटेकोशी बाढी पश्चात नेपालगञ्ज-२० का पाँच जना बेपत्ता भएका छन् । रोकाय परिवारका तीनसहित स्थानीय अराम दमाईं र उजना दमाईं गरी पाँच जना बेपत्ता भएका नेपालगञ्ज-२० का कार्यवाहक वडाध्यक्ष चक्रबहादुर बुढाले बताउनुभयो ।

उहाँका अनुसार रोकाय परिवारका सबै आफन्त नेपालगञ्ज-२० थपुवामा बस्दै आएपनि अराम र उजनाका छोराछोरी काठमाडौँ बस्दै आएका छन् । बेपत्ता व्यक्तिको खोजी कार्य र आफन्तलाई आवश्यक सहयोगका लागि स्थानीयस्तरबाट सहयोग र समन्वय भइरहेको उहाँले बताउनुभयो ।

रसुवाको भोटेकोशी बाढीपश्चात् जिल्लाका २३ जना हालसम्म पनि बेपत्ता रहेका जिल्ला प्रशासन कार्यालय बाँकेले जनाएको छ । हालसम्म तीनजनाको शव सनाखत भइसकेको जनाउँदै प्रमुख जिल्ला अधिकारी दिलकुमार तामाङले हालसम्म ३२ जनाको सकुशल उद्धार भएको उल्लेख गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस
समाचार सम्बन्धि थप
  • नेप्से परिसूचक १६ दशमलव ४७ अङ्कले घट्यो

    नेप्से परिसूचक १६ दशमलव ४७ अङ्कले घट्यो

  • हिमलुङ हिमपहिरोमा परी गोरखाका दुई जना बेपत्ता

    हिमलुङ हिमपहिरोमा परी गोरखाका दुई जना बेपत्ता

  • सदनमा बाढी पहिरोदेखि खाना पकाउने ग्याससम्म विषय

    सदनमा बाढी पहिरोदेखि खाना पकाउने ग्याससम्म विषय

  • मौसम सुधार भएसँगै नेपाल-भारत आवागमन सहज

    मौसम सुधार भएसँगै नेपाल-भारत आवागमन सहज

  • प्रत्यूष ई-पेपर थप

    २०८३ असोज ११ गते आईतबार

    २०८३ असोज ११ गते आईतबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    समाचार
    नेप्से परिसूचक १६ दशमलव ४७ अङ्कले घट्यो

    नेप्से परिसूचक १६ दशमलव ४७ अङ्कले घट्यो

    हिमलुङ हिमपहिरोमा परी गोरखाका दुई जना बेपत्ता

    हिमलुङ हिमपहिरोमा परी गोरखाका दुई जना बेपत्ता

    सदनमा बाढी पहिरोदेखि खाना पकाउने ग्याससम्म विषय

    सदनमा बाढी पहिरोदेखि खाना पकाउने ग्याससम्म विषय

    मौसम सुधार भएसँगै नेपाल-भारत आवागमन सहज

    मौसम सुधार भएसँगै नेपाल-भारत आवागमन सहज

    प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित

    नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी

    [email protected]

    ०१०५२११७५,९८५११२०८५०

    जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२

    जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०

    सूचना विभाग दर्ता नम्बर: ५२१०

    हाम्रो टीम

    अध्यक्ष /संचालक : श्री दिपा लम्साल - (९८५११२०९४०)
    प्रधानसम्पादक : श्री बद्री अधिकारी - (९८५११२०८५०)
    कार्यकारी सम्पादक :अर्जुन प्रसाद खतिवडा - (९८४९३३९२२२)
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • ई-पेपर
    • बिज्ञापन
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • समाचार
    • स्थानीय समाचार
    • अन्तर्राष्ट्रिय
    © २०७९ प्रत्यूष Designed by: GOJI Solution