Logo
  • ई-पेपर
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • आर्थिक/बजार
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरञ्जन
  • राजनीति
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • साहित्य
  • सुचना प्रविधि
  • स्वास्थ्य
© २०७९ प्रत्यूष Designed by: GOJI Solution
Logo
२०८२ पौष ८, मंगलबार
आजको ई-पेपर
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • आर्थिक/बजार
  • खेलकुद
  • मनोरञ्जन
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय

हवाइजहाजको टिकट पाउन पनि शक्ति केन्द्रको भर

प्रत्यूष ६८१ पटक पढिएको प्रकाशित मिति: २०७९ जेष्ठ १२, बिहिबार (३ साल अघि)
हवाइजहाजको टिकट पाउन पनि शक्ति केन्द्रको भर

सुर्खेत, १२ जेठ।

पहुँचविना हवाइ टिकट नपाइने हुँदा हुम्ला जान र आउन सर्वसाधारणले कष्ट भाेग्दै आएका छन् । यतायातका अन्य साधनकाे सहज पहुँच हुम्लामा नभएकाले एउटा टिकटका लागि समेत शक्ति केन्द्र धाउन सर्वसाधारण बाध्य छन् । त्यसमाथि पनि यहाँ निजी जहाजमात्रै सञ्चालन हुने गरेकाे छ । हाल हुम्लामा तारा र समिटले मात्र उडान गरिरहेका छन् ।

सिमित सिटका कारण हवाइयात्रा गर्न हरेक पटक पावर लगाउनुपर्ने बाध्यता रहेकाे हुम्लाका सञ्चारकर्मी नरजन तामाङले बताए । हुम्ला सडक सञ्जालले नछोएको जिल्ला हो । सुर्खेतबाट हुम्ला जान १० हजार, हुम्लाबाट सुर्खेत आउँदा सात हजार रकम तिर्नुपरेको यात्रुहरू बताउँछन् ।

सरकारी स्वमित्वको नेपाल वायु सेवा निगमले उडान कम गर्दा यात्रुहरू मार परेको छ । हुम्ला कर्णालीका मुख्यमन्त्री जीवनबहादुर शाहीको जिल्ला पनि हो । स्थानीयले सरकारी स्वामित्वकाे जहाज चलाउन र उडान संख्या बढाउन मुख्यमन्त्री शाही र उद्योग पर्यटन वन तथा वातावरणमन्त्री छिरीङ डम्डुल लामा (कार्चेन) समक्ष पटक पटक आग्रह गरेका छन् । तर, उनीहरूकाे मागको सुनुवाइ भएकाे छैन ।

नेपालगञ्ज जाने जहाजको टिकट लिन एक हप्तासम्म लगातार विमानस्थल धाउँदा पनि खाली हात फर्कनुपरेको खार्पुनाथ गाउँपालिका–१ प्युसका प्रेम शाहीले दुखेसो गरे । ‘तारा एयरले दिनको एक उडान मात्र गर्छ हामीले टिकट पाउदैनौं,’ उनले भने । सिमकोटमा उडान गर्दै आएका सीता र समिट एयरको जहाजले हुम्लाको उडान कटौती गरेका छन् भने सरकारी स्वामित्वको नेपाल वायु सेवा निगमले उडान भर्न छाडेको छ ।

सुर्खेतभन्दा नेपालगन्जबाट हुम्लाका लागि फलाइटमा अझ महँगो छ । त्यस्तै, अर्को हिमाली जिल्ला डोल्पामा समेत भाडा खपी नसक्नुकाे छ । नेपालगन्जबाट डोल्पा जाँदा नाै हजार र फर्कदा पाँच हजार रकम तिर्नु पर्ने बाध्यता छ ।

प्रतिक्रिया दिनुहोस
समाचार सम्बन्धि थप
  • फोहरजन्य वस्तु बिक्री गरी १० लाख आम्दानी

    फोहरजन्य वस्तु बिक्री गरी १० लाख आम्दानी

  • सुनको  मूल्यमा भारी वृद्धि

    सुनको मूल्यमा भारी वृद्धि

  • बाढीले क्षति पुर्याएको तीनतले झरनालाई पुरानै लयमा फर्काइँदै

    बाढीले क्षति पुर्याएको तीनतले झरनालाई पुरानै लयमा फर्काइँदै

  • माथिल्लो मुस्ताङमा जाडो थेग्न गुइँठाको भर

    माथिल्लो मुस्ताङमा जाडो थेग्न गुइँठाको भर

  • प्रत्यूष ई-पेपर थप

    २०८२ पुस ८ गते मंगलबार

    २०८२ पुस ८ गते मंगलबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    समाचार
    फोहरजन्य वस्तु बिक्री गरी १० लाख आम्दानी

    फोहरजन्य वस्तु बिक्री गरी १० लाख आम्दानी

    सुनको  मूल्यमा भारी वृद्धि

    सुनको मूल्यमा भारी वृद्धि

    बाढीले क्षति पुर्याएको तीनतले झरनालाई पुरानै लयमा फर्काइँदै

    बाढीले क्षति पुर्याएको तीनतले झरनालाई पुरानै लयमा फर्काइँदै

    माथिल्लो मुस्ताङमा जाडो थेग्न गुइँठाको भर

    माथिल्लो मुस्ताङमा जाडो थेग्न गुइँठाको भर

    प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित

    नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी

    [email protected]

    ०१०५२११७५,९८५११२०८५०

    जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२

    जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०

    सूचना विभाग दर्ता नम्बर: .....

    हाम्रो टीम

    प्रधानसम्पादक : बद्रि अधिकारी
    कार्यक्रारी सम्पादक :
    ब्यबस्थापक :....
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • ई-पेपर
    • बिज्ञापन
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • समाचार
    • स्थानीय समाचार
    • अन्तर्राष्ट्रिय
    © २०७९ प्रत्यूष Designed by: GOJI Solution