Logo
  • ई-पेपर
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • आर्थिक/बजार
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरञ्जन
  • राजनीति
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • साहित्य
  • सुचना प्रविधि
  • स्वास्थ्य
© २०७९ प्रत्यूष Designed by: GOJI Solution
Logo
२०८२ आश्विन ३०, बिहिबार
आजको ई-पेपर
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • आर्थिक/बजार
  • खेलकुद
  • मनोरञ्जन
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय

छुट्टाछुट्टै सवारी दुर्घटनामा आठ जनाको मृत्यु

प्रत्यूष ८८२ पटक पढिएको प्रकाशित मिति: २०७९ जेष्ठ १२, बिहिबार (३ साल अघि)
छुट्टाछुट्टै सवारी दुर्घटनामा आठ जनाको मृत्यु

काठमाडौं, १२ जेठ । 

दैलेख, अछाम, बर्दिया र बारामा भएको सवारी दुर्घटनामा ८ जनाको मृत्यु भएको छ । दैलेखको आठबिस नगरपालिका–२ सिस्नेस्थित सडकमा नेपालगन्जतर्फ जाँदै गरेको म.१ ख ६६० नम्बरको बस बुधबार दुर्घटना हुँदा ४ जनाको मृत्यु भएको छ ।

दुर्घटनामा दुल्लु नगरपालिका–९ बस्ने ३२ वर्षीय प्रेम सुनार समेत ३ जनाको घटनास्थलमै र १ जनाको स्थानीय मेडिकलमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा घाइते भएका बसमा सवार २० जनालाई स्थानीय मेडिकल हुँदै थप उपचारको लागि कर्णाली प्रदेश अस्पताल कालागाउँ सुर्खेत पठाइएको छ ।  बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

अछामको पञ्चदेवल बिनायक नगरपालिका–४ टोट्केसालमा भे.१ त ८९३७ नम्बरको ट्रयाक्टरको ट्रली पल्टिँदा बुधबार ट्रयाक्टरमा सवार २ जनाको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका सोही नगरपालिका–१ बस्ने ४२ वर्षीय अम्मर नाथ धमला र ३२ वर्षीय तारा धमलाको उपचारको लागि अस्पतालतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको हो ।

बर्दियाको मधुवन नगरपालिका–४ मख्खन चोकमा लु.६२ प ४७३९ नम्बरको मोटरसाइकल बुधबार दुर्घटना हुँदा चालक बासँगढी नगरपालिका–२ मदाहा बस्ने २५ वर्षीय आशिस चौधरीको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको स्थानीय मेडिकल हुँदै भेरी अस्पताल नेपालगञ्जमा उपचारको क्रममा मृत्यु भएको हो ।

बाराको निजगढ नगरपालिका–९ गौरीशंकर क्याम्पसस्थित भित्री सडकमा बा.प्र–०३–००१ च ११४६ नम्बरको पिकअपको ठक्करबाट एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा सोही ठाउँ बस्ने ५५ वर्षीय सिताराम आचार्य रहेका छन् ।

प्रतिक्रिया दिनुहोस
समाचार सम्बन्धि थप
  • आन्दोलनरत नर्सहरुको समस्या तत्काल समाधान गर्न प्रधानमन्त्रीको निर्देशन

    आन्दोलनरत नर्सहरुको समस्या तत्काल समाधान गर्न प्रधानमन्त्रीको निर्देशन

  • सुनको मूल्य हालसम्मकै उच्च

    सुनको मूल्य हालसम्मकै उच्च

  • रेसुङ्गा र मदाने दुर्लभ चराको वासस्थान

    रेसुङ्गा र मदाने दुर्लभ चराको वासस्थान

  • सामूहिक सयपत्री फूलखेतीमा महिला

    सामूहिक सयपत्री फूलखेतीमा महिला

  • प्रत्यूष ई-पेपर थप

    २०८२ असोज २७ गते सोमबार

    २०८२ असोज २७ गते सोमबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    समाचार
    आन्दोलनरत नर्सहरुको समस्या तत्काल समाधान गर्न प्रधानमन्त्रीको निर्देशन

    आन्दोलनरत नर्सहरुको समस्या तत्काल समाधान गर्न प्रधानमन्त्रीको निर्देशन

    सुनको मूल्य हालसम्मकै उच्च

    सुनको मूल्य हालसम्मकै उच्च

    रेसुङ्गा र मदाने दुर्लभ चराको वासस्थान

    रेसुङ्गा र मदाने दुर्लभ चराको वासस्थान

    सामूहिक सयपत्री फूलखेतीमा महिला

    सामूहिक सयपत्री फूलखेतीमा महिला

    प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित

    नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी

    [email protected]

    ०१०५२११७५,९८५११२०८५०

    जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२

    जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०

    सूचना विभाग दर्ता नम्बर: .....

    हाम्रो टीम

    प्रधानसम्पादक : बद्रि अधिकारी
    कार्यक्रारी सम्पादक :
    ब्यबस्थापक :....
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • ई-पेपर
    • बिज्ञापन
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • समाचार
    • स्थानीय समाचार
    • अन्तर्राष्ट्रिय
    © २०७९ प्रत्यूष Designed by: GOJI Solution