Logo
  • ई-पेपर
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • आर्थिक/बजार
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरञ्जन
  • राजनीति
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • साहित्य
  • सुचना प्रविधि
  • स्वास्थ्य
© २०७९ प्रत्यूष Designed by: GOJI Solution
Logo
२०८३ आश्विन १३, मंगलबार
आजको ई-पेपर
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • आर्थिक/बजार
  • खेलकुद
  • मनोरञ्जन
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय

रसुवा बाढीमा जुम्लाका ७८ जनाको अवस्था अज्ञात

रासस १८०१ पटक पढिएको प्रकाशित मिति: २०८३ भाद्र १२, शुक्रबार (१ महिना अघि)
रसुवा बाढीमा जुम्लाका ७८ जनाको अवस्था अज्ञात

कर्णाली, १२ भदौः

यही भदौ १० गते रसुवाको भोटेकोशी नदीमा गएको बाढीपछि जुम्लाका ७८ जना सम्पर्कविहीन रहेका छन् । रोजगारीका साथै विभिन्न कामको सिलसिलामा रसुवा गएका उनीहरुको अवस्था तीन दिनदेखि अज्ञात छ ।

आफन्तजनले खोज तथा उद्धार गरिदिनि अनुरोध गरेकाले सोही अनुसार पहल भइरहेको प्रमुख जिल्ला अधिकारी तेजप्रकाश प्रसार्इंले राससलाई जानकारी दिनुभयो । सम्पर्कविहीन हुनेहरुमा पातारासी गाउँपालिका–४ लाम्री गाउँका तीर्थ बुढा, रमेश बुढा, अमर भण्डारी, अनिल भण्डारी, प्रकाश बुढा, विशाल बुढा, ध्रुव बुढा, गणेश बुढा, रमेश बुढा (बी), दीपक बुढा, धनसुर बुढा, भक्त बुढा, सन्तोष बुढा, हिक्मत बुढा, सुरेन्द्र बुढा, धर्मेन्द्र बुढा, लालसिंह बुढा, गणेश बोहोरा, चन्द्र बुढा (क), सोही वडा तिर्खु गाउँका कालो बोहोरा, रामसर बुढा, एक बोहोरा, बिनोद बोहोरा, सनराज बोहोरा, दीपक बोहोरा, दीपराज ऐडी र विवेक बोहोरा रहेका उहाँले बताउनुभयो ।

प्रजिअ प्रसार्इंका अनुसार पातारासी गाउँपालिका–५ को ल्होर्पका चन्द्र बुढा, कुमार बोहोरा (क), कुमार बोहोरा (ख), मक्क बुढा, धनलाल बुढा, विर्ष बोहोरा, भीम बुढा, कमलसिंह बुढा, प्रवीण बुढा, राम बुढा, पङ्कराज बुढा, विर्ष बुढा, अर्जुन बोहोरा, नन्द बोहोरा, बिस्न बुढा, अमृत बुढा, सोही वडा तलि ल्होर्प गाउँका अर्पण बुढा, भूपेन्द्र बुढा, रुबिन बुढा, राजबहादुर बुढा तथा जप्न गाउँका कुमसिंह बुढा, जीवन बुढा, दीपक बुढा सम्पर्कविहीन छन् ।

त्यसैगरी, वडा नं ६ बाँतागाउँका बबिन बाम, जोरासिंह महतारा, धनलाल महतारा, मन्दिर बुढा, रामचन्द्र बुढा, रामकृष्ण बुढा, बालकृष्ण बुढा, दिपबहादुर बुढा, मानबहादुर महतारा, राजेश महतारा, सौरभ बुढा तथा वडा नं २ तल्फी गाउँका दीपराज बोहोरालगायतका सम्पर्कविहीनको लगत सङ्कलन गरिएको प्रमुख जिल्ला अधिकारी प्रसाईंले बताउनुभयो ।

यस्तै गुठिचौर–१ का चोत्र गाउँका दिनेश महतारा, वडा नं २ को मुडुरी गाउँका मुनिप्रसाद ऐडी, गोरबहादुर बुढा, डिल्ली बुढा, सोही वडा गोठिगाउँका बिस्न बोहोरा, टेकबहादुर बोहोरा, भीमप्रसाद बोहोरा, अङ्गत बुढा, वडा नं. ५ देपालगाउँका प्रकाश आचार्य, चन्दननाथ नगरपालिका–१ का धनबहादुर रावत, १० का भानुप्रसाद देवकोटा, सिंजा गाउँपालिका–४ बारेगाउँका बिमल बुढा र दर्शन बुढा तथा हिमा गाउँपालिका–२ ओदीगाउँका मनरुप बुढा सम्पर्कविहीन रहेको प्रजिअ प्रसार्इंले बताउनुभयो ।

भागेर बाँचेका बुढाको आग्रहः सरकार छिटो जुम्ला पुर्याइदेऊ !

भागेर बाँच्न सफल पातारासी–४ लाम्री गाउँका सिंह बुढाले अहिले आफू धुन्चेमा रहेको र खान बस्न निकै समस्या भएको राससलाई बताउनुभयो । उहाँले त्यो क्षण सम्झँदै भन्नुभयो, “हामी त्रिशुली–३ को हाइड्रोपावरको हाँकुबेँसी २१६ नं ड्यामसाइडमा काम गरिरहेका थियौँ । मेरो राति ड्युटी भएकाले सकेर बसेको थिए । बिहान करिब ८ः४५ बजेतिर होला, भूकम्प आएजस्तो गरी जमिन हल्लियो । उत्तरतिर हेर्दा अजङ्गको बाढीको धुवाँ मात्र देखियो । त्यतिबेला मलगायत जुम्लाका १३ जना माथितिर माग्न सफल भएर बाँच्यौँ । हामीसँगै दौडेर अन्य ठाउँका ६ जना पनि बाँच्न सफल भयौँ ।”

ड्यामसाइडमा काम गरिरहेका जुम्लाका मात्र करिब एक सय जना भएको बताउँदै बुढाले बाढीले कतिलाई सोरेर लग्यो भन्ने यकिन नभएको बताउनुभयो । फोन गर्नेहरु सबैले विभिन्न आश्वासन दिए पनि रसुवा सदरमुकाम धुन्चेमा निकै कठिन तरिकाले बस्नु परेको दुखेसो उहाँको छ । बुढाले आफूसँग कपडा, खान किन्ने रकम नभएकाले सरकारलाई छिट्टै जुम्ला पुर्याइदिन आग्रह गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस
समाचार सम्बन्धि थप
  • छत्तीस वर्षपछि झापाको बुद्धशान्तिका २६ अव्यवस्थित परिवारले पाए लालपुर्जा

    छत्तीस वर्षपछि झापाको बुद्धशान्तिका २६ अव्यवस्थित परिवारले पाए लालपुर्जा

  • सुनचाँदीका गरगहना बिक्रीमा लाग्ने सीप प्रवर्द्धन शुल्कलाई व्यवस्थित गर्न कार्यविधि जारी

    सुनचाँदीका गरगहना बिक्रीमा लाग्ने सीप प्रवर्द्धन शुल्कलाई व्यवस्थित गर्न कार्यविधि जारी

  • मधेसमा गुणस्तरीय स्वास्थ्य शिक्षा र विशेषज्ञ सेवा विस्तार गर्न विधेयक आवश्यकः मन्त्री मेहता

    मधेसमा गुणस्तरीय स्वास्थ्य शिक्षा र विशेषज्ञ सेवा विस्तार गर्न विधेयक आवश्यकः मन्त्री मेहता

  • प्रधानमन्त्री शाहसँग भारतीय राजदूत श्रीवास्तवको बिदाइ भेट

    प्रधानमन्त्री शाहसँग भारतीय राजदूत श्रीवास्तवको बिदाइ भेट

  • प्रत्यूष ई-पेपर थप

    २०८३ असोज १३ गते मंगलबार

    २०८३ असोज १३ गते मंगलबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    समाचार
    छत्तीस वर्षपछि झापाको बुद्धशान्तिका २६ अव्यवस्थित परिवारले पाए लालपुर्जा

    छत्तीस वर्षपछि झापाको बुद्धशान्तिका २६ अव्यवस्थित परिवारले पाए लालपुर्जा

    सुनचाँदीका गरगहना बिक्रीमा लाग्ने सीप प्रवर्द्धन शुल्कलाई व्यवस्थित गर्न कार्यविधि जारी

    सुनचाँदीका गरगहना बिक्रीमा लाग्ने सीप प्रवर्द्धन शुल्कलाई व्यवस्थित गर्न कार्यविधि जारी

    कोटेशन आह्वान गरिएको सूचना

    कोटेशन आह्वान गरिएको सूचना

    छुट जग्गा दर्ता सम्बन्धी ३५ दिने सार्वजनिक सूचना ।

    छुट जग्गा दर्ता सम्बन्धी ३५ दिने सार्वजनिक सूचना ।

    प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित

    नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी

    [email protected]

    ०१०५२११७५,९८५११२०८५०

    जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२

    जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०

    सूचना विभाग दर्ता नम्बर: ५२१०

    हाम्रो टीम

    अध्यक्ष /संचालक : श्री दिपा लम्साल - (९८५११२०९४०)
    प्रधानसम्पादक : श्री बद्री अधिकारी - (९८५११२०८५०)
    कार्यकारी सम्पादक :अर्जुन प्रसाद खतिवडा - (९८४९३३९२२२)
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • ई-पेपर
    • बिज्ञापन
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • समाचार
    • स्थानीय समाचार
    • अन्तर्राष्ट्रिय
    © २०७९ प्रत्यूष Designed by: GOJI Solution