Logo
  • ई-पेपर
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • आर्थिक/बजार
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरञ्जन
  • राजनीति
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • साहित्य
  • सुचना प्रविधि
  • स्वास्थ्य
© २०७९ प्रत्यूष Designed by: GOJI Solution
Logo
२०८३ कार्तिक ९, आईतबार
आजको ई-पेपर
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • आर्थिक/बजार
  • खेलकुद
  • मनोरञ्जन
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय

निर्वाचन आयोग बूढीगंगा नगरपालिकाको विवाद टुङ्ग्याउन अनिर्णित

प्रत्यूष २०२३ पटक पढिएको प्रकाशित मिति: २०७९ जेष्ठ १२, बिहिबार (४ साल अघि)
निर्वाचन आयोग बूढीगंगा नगरपालिकाको विवाद टुङ्ग्याउन अनिर्णित

काठमाडौं, १२ जेठ । 

निर्वाचन आयोगले बाजुराको बूढीगंगा नगरपालिकामा फेरि मतदान कि मतगणना भन्ने निर्णय गर्न सकेको छैन । आयोगका आयुक्त सगुनशम्शेर जबरा नेतृत्वको उच्चस्तरीय अध्ययन टोलीले प्रतिवेदन बुझाएको भने साता दिन हुन लाग्यो । तर, प्रतिवेदन अध्ययन गरेर निर्णय लिन आयोगले सकेको छैन ।

आयोगका सहायक प्रवक्ता सूर्यप्रसाद अर्यालले प्रतिवेदन अध्ययनपछि आयोगले के गर्ने भन्नेबारे चाँडै निर्णय लिने बताएका छन् । ‘माननीय आयुक्त सगुनशम्शेर जबराज्यू नेतृत्वको उच्चस्तरीय स्थलगत अध्ययन टोलीको प्रतिवेदन प्राप्त भएको छ । प्रतिवेदन अध्ययन भइरहेको छ । आशा गरौँ, आयोगबाट चाँडै निर्णय हुन्छ’, जबराले भने ।

३० वैशाखमा निर्वाचन हुँदा एमालेले बुथ कब्जा गरेको कांग्रेस नेता, कार्यकर्ताहरूको आरोप छ । उनीहरू फेरि मतदानको पक्षमा छन् । तर, एमाले नेता, कार्यकर्ताहरू भने बुथ कब्जा नभएको र धाँधली नभएको भन्दै मतगणनाको पक्षमा छन् । दलहरूबीच मतगणना कि फेरि मतदानको विषयमा सहमति नहुँदा मतदान भएको दुई साता हुँदा पनि मतगणना भएको छैन ।

उदयपुरको त्रियुगा नगरपालिकामा भने आयोगले मतगणना गर्ने निर्णय गरेपछि मतगणना भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस
राजनीति सम्बन्धि थप
  • Post Thumbnail

    सवारी कारबाहीबाट १२ दिनमा १२ लाख राजस्व सङ्कलन

  • कांग्रेसमा व्यापक एकता भएको छ, बाँकीलाई पनि एकताबद्ध गर्छौंः महामन्त्री पौडेल

    कांग्रेसमा व्यापक एकता भएको छ, बाँकीलाई पनि एकताबद्ध गर्छौंः महामन्त्री पौडेल

  • Post Thumbnail

    बेनिघाट–तातोपानी सडक खुलाउने काम सम्पन्न

  • Post Thumbnail

    देशभर १३ विपद्का घटना, एकको मृत्यु, आठ जना घाइते

  • प्रत्यूष ई-पेपर थप

    २०८३ असोज ३१ गते शनिबार

    २०८३ असोज ३१ गते शनिबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    समाचार
    दसैँमा ६४२ चेलीले लिए निःशुल्क यातायात सेवा

    दसैँमा ६४२ चेलीले लिए निःशुल्क यातायात सेवा

    Post Thumbnail

    एसिया कपमा छनोट टोलीलाई ३० लाख पुरस्कार

    Post Thumbnail

    सवारी कारबाहीबाट १२ दिनमा १२ लाख राजस्व सङ्कलन

    चरन क्षेत्रको अभावले बाँकेका पशुपालक किसान सङ्कटमा

    चरन क्षेत्रको अभावले बाँकेका पशुपालक किसान सङ्कटमा

    प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित

    नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी

    [email protected]

    ०१०५२११७५,९८५११२०८५०

    जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२

    जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०

    सूचना विभाग दर्ता नम्बर: ५२१०

    हाम्रो टीम

    अध्यक्ष /संचालक : श्री दिपा लम्साल - (९८५११२०९४०)
    प्रधानसम्पादक : श्री बद्री अधिकारी - (९८५११२०८५०)
    कार्यकारी सम्पादक :अर्जुन प्रसाद खतिवडा - (९८४९३३९२२२)
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • ई-पेपर
    • बिज्ञापन
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • समाचार
    • स्थानीय समाचार
    • अन्तर्राष्ट्रिय
    © २०७९ प्रत्यूष Designed by: GOJI Solution