
भोजपुर, ५ भदौः
भोजपुरमा यस वर्ष ९६ प्रतिशत रोपाइँ भएको छ । जिल्लामा धान रोपाइँ अन्तिम चरणमा पुगेको कृषि ज्ञान केन्द्र भोजपुरले जनाएको छ ।
केन्द्रका सूचना अधिकारी घनश्याम बरालले हालसम्म ९६ प्रतिशत अर्थात् ११ हजार ५६८ दशमलव ७८ हेक्टर क्षेत्रफलमा रोपाइँ सम्पन्न भएको छ । जिल्लामा धानखेतीका लागि १२ हजार ५० दशमलव ८१ हेक्टर क्षेत्रफल उपयुक्त रहेको केन्द्रले जनाएको छ । जिल्लाको कुल खेतीयोग्य क्षेत्रफल भने ६२ हजार २९९ हेक्टर रहेको छ ।
भोजपुरका नौवटै स्थानीय तहका तल्लो भेगमा मुख्य रूपमा धानखेती हुने गरेको छ । यस वर्ष मनसुनका कारण पर्याप्त वर्षा भएपछि अधिकांश क्षेत्रमा समयमै रोपाइँ भएको केन्द्रले जनाएको छ । पर्याप्त वर्षा भएकाले रोपाइँको काम समयमै सम्पन्न भएको हो ।
भोजपुरका किसानको प्रमुख खाद्यबाली धान भएकाले समयमै रोपाइँ सम्पन्न हुनु उत्पादनका दृष्टिले समेत महत्त्वपूर्ण मानिन्छ । जिल्लाका केही क्षेत्रमा बर्खे धान लगाइने भए पनि अधिकांश स्थानमा मङ्सिरे धान उत्पादन हुने गरेको छ । बेँसी तथा फाँट क्षेत्रमा भने किसानले वर्षमा दुई बालीसम्म धान उत्पादन गर्ने गरेका छन् । समयमा रोपाइँ सम्पन्न भएकाले यस वर्ष धान उत्पादनमासमेत सकारात्मक प्रभाव पार्ने देखिएको केन्द्रको भनाइ छ ।

प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित
नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी
०१०५२११७५,९८५११२०८५०
जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२
जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०
सूचना विभाग दर्ता नम्बर: ५२१०
| अध्यक्ष /संचालक : | श्री दिपा लम्साल - (९८५११२०९४०) |
| प्रधानसम्पादक : | श्री बद्री अधिकारी - (९८५११२०८५०) |
| कार्यकारी सम्पादक : | अर्जुन प्रसाद खतिवडा - (९८४९३३९२२२) |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |