Logo
  • ई-पेपर
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • आर्थिक/बजार
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरञ्जन
  • राजनीति
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • साहित्य
  • सुचना प्रविधि
  • स्वास्थ्य
© २०७९ प्रत्यूष Designed by: GOJI Solution
Logo
२०८३ आश्विन १३, मंगलबार
आजको ई-पेपर
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • आर्थिक/बजार
  • खेलकुद
  • मनोरञ्जन
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय

किवी खेतीमा रमाउँदै वडाध्यक्ष राई

रासस १९७६ पटक पढिएको प्रकाशित मिति: २०८३ भाद्र १, सोमबार (१ महिना अघि)
किवी खेतीमा रमाउँदै वडाध्यक्ष राई

इलाम, १ भदौः
वडाध्यक्ष सनम राई गाँउका उदाहरणीय कृषक बन्नुभएको छ । उहाँ सन्दकपुर गाउँपालिका–२ का वडा अध्यक्ष हुन् ।
वडा कार्यालयबाट दिने सेवाको समय (१०/५)सकिएपछि उहाँ किवी (फलफूल) खेतीमा रमाउन थालेसँगै गाँउमा उदाहरणीय कृषक बन्नुभएको हो ।
  उहाँ नेताले काम गर्नुपर्छ भन्ने मान्यता राख्नुहुन्छ । १५ रोपनी क्षेत्रफलमा व्यावसायिक किवी खेती गर्दै आउनुभएको अध्यक्ष राईले २०७७ सालमा ‘पौरखी कृषि तथा पशुपंक्षी फार्म’ दर्ता गरी व्यावसायिक किवी खेती गर्नुभएको हो ।
उहाँको किवी बगानमा ‘ग्रीन’ र ‘गोल्डेन’ गरी  दुई प्रजातिका १५५ वटा  बोट छन् । किवीको लहरा चढाउन ३१० वटा पक्की पिल्लर र फलामको तार प्रयोग गरी मचान बनाउनुभएको  छ ।
अध्यक्ष राईले रु दुई लाखको लगानीमा किवी  खेती सुरु गर्नुभएको हो । हाल वार्षिक रु तीन लाख आम्दानी गर्नुहुन्छ । “जनताको काम गरेर बचेको समय किवी खेतीमा बिताउँदै आएको छु, मेहनतअनुसार आम्दानीसमेत राम्रै हुँदो रहेछ”, वडाध्यक्ष राईले भन्नुभयो, “वार्षिक रुपमा रु तीन लाख आम्दानी गरिरहेको छु । यसले मलाई घरव्यवहार चलाउन सहज रुपमा पुगिरहेको छ ।”
किवीको मुख्य सिजन असोजदेखि मङ्सिरसम्म हो । सिजनमा स्थानीय व्यापारीमार्फत प्रतिकेजी रु १०० देखि रु १२० सम्म बगानबाटै फल बिक्री हुने गरेको छ ।
राईले आलु र मकै खेतीको सट्टामा किवी खेती सुरु गर्नुभएको हो । “यहाँ पहिलेदेखि आलु र मकै खेती गरिन्थ्यो, त्यसैले वर्षदिन खान पुग्दैनथ्यो”, विगत समझँदै उहाँले भन्नुभयो, “किवीबाट राम्रो आम्दानी हुन्छ भन्ने सुनेपछि यो खेती सुरु गरको हुँ ।” पुस्तौँदेखि मकै र आलुको खेती गर्दै आएका किसानले अहिले किवीबाट राम्रो फाइदा लिएको  उहाँ बताउनुहुन्छ ।
राम्रो आन्दानी हुने भएकाले युवाहरुलाई विदेश जानभन्दा गाउँघरमै किवी खेतीमा लाग्न उहाँको सुझाव छ । “युवाहरु दिनदिनै विदेशिने क्रम बढेकाले गाउँघरका जग्गाजमिनहरु बाझिन थालेका छन्”, उहाँले भन्नुभयो, “बाँझो जग्गाजमिनको सदुपयोग गरी कृषि व्यवसायमा सञ्चालन गरी गाउँमै स्वरोजगार बन्न सकिन्छ ।”
राईले यो वर्षदेखि अलैँची खेती समेत सुरु गर्नुभएको छ । उहाँले यसवर्ष सात हजार अलैँचीको बिरुवा रोप्नुभएको छ । राई २०७९ सालको स्थानीय तह निर्वाचनमा तत्कालीन नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) बाट वडाध्यक्षमा निर्वाचित हुनुभएको हो ।
  राई  निर्वाचिन नहुँदै उहाँको फार्मलाई इलाममा सञ्चालित प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाले ५० प्रतिशत लागत साझेदारीमा आर्थिक वर्ष २०७८÷०७९ मा रु एक लाख ५० हजार अनुदान दिएको थियो ।
परियोजनाको रु एक लाख ५० हजार र फार्मको रु एक लाख ५० हजार गरी रु तीन लाखको कार्यक्रमबाट किवी खेतीका लागि राहत मिलेको राईले बताउनुभयो ।
किवी  एक लहरा प्रजातिको बहुवर्षे बाली हो । किवी  १२०० देखि २४०० मिटरको उचाइसम्म लगाउन सकिन्छ । गर्मीको समयमा ३५ डिग्री सेल्सियसभन्दा तापक्रम बढी नभएको शरद (असोज, कात्तिक) र वसन्त (चैत, वैशाख) मा बाक्लो तुसारो नपर्ने वातावारणमा किवी फस्टाउँछ ।
यो फल पोसिलो र औषधिय गुण भएकाले यसलाई ‘फलहरुको राजा’  भनिन्छ ।  किवी नियमित खानाले पाचन प्रणाली र मधुमेह नियन्त्रण हुने विश्वास छ ।  किवीबाट जुस, जाम, वाइन, जेल्ली, आइसक्रिम र अन्य परिकार बनाउन  सकिन्छ ।
इलामको सन्दकपुर गाउँपालिका, इलाम नगरपालिका, माङसेबुङ गाउँपालिका, देउमाई नगरपालिकाका माथिल्लो क्षेत्रका किसानले परम्परागत खेती छाडेर व्यावसायिक किवी खेती गर्दै आएका छन् । एकपटक लगाएपछि पुनः पटकपटक दुःख गर्नु नपर्ने, बजारको खासै समस्या नहुने, अन्य खेतीभन्दा राम्रो फाइदा लिन सकिने भएकाले किवी खेतीतर्फ किसानको आकर्षण बढेको हो ।
प्रतिक्रिया दिनुहोस
समाचार सम्बन्धि थप
  • छत्तीस वर्षपछि झापाको बुद्धशान्तिका २६ अव्यवस्थित परिवारले पाए लालपुर्जा

    छत्तीस वर्षपछि झापाको बुद्धशान्तिका २६ अव्यवस्थित परिवारले पाए लालपुर्जा

  • सुनचाँदीका गरगहना बिक्रीमा लाग्ने सीप प्रवर्द्धन शुल्कलाई व्यवस्थित गर्न कार्यविधि जारी

    सुनचाँदीका गरगहना बिक्रीमा लाग्ने सीप प्रवर्द्धन शुल्कलाई व्यवस्थित गर्न कार्यविधि जारी

  • मधेसमा गुणस्तरीय स्वास्थ्य शिक्षा र विशेषज्ञ सेवा विस्तार गर्न विधेयक आवश्यकः मन्त्री मेहता

    मधेसमा गुणस्तरीय स्वास्थ्य शिक्षा र विशेषज्ञ सेवा विस्तार गर्न विधेयक आवश्यकः मन्त्री मेहता

  • प्रधानमन्त्री शाहसँग भारतीय राजदूत श्रीवास्तवको बिदाइ भेट

    प्रधानमन्त्री शाहसँग भारतीय राजदूत श्रीवास्तवको बिदाइ भेट

  • प्रत्यूष ई-पेपर थप

    २०८३ असोज १३ गते मंगलबार

    २०८३ असोज १३ गते मंगलबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    समाचार
    छत्तीस वर्षपछि झापाको बुद्धशान्तिका २६ अव्यवस्थित परिवारले पाए लालपुर्जा

    छत्तीस वर्षपछि झापाको बुद्धशान्तिका २६ अव्यवस्थित परिवारले पाए लालपुर्जा

    सुनचाँदीका गरगहना बिक्रीमा लाग्ने सीप प्रवर्द्धन शुल्कलाई व्यवस्थित गर्न कार्यविधि जारी

    सुनचाँदीका गरगहना बिक्रीमा लाग्ने सीप प्रवर्द्धन शुल्कलाई व्यवस्थित गर्न कार्यविधि जारी

    कोटेशन आह्वान गरिएको सूचना

    कोटेशन आह्वान गरिएको सूचना

    छुट जग्गा दर्ता सम्बन्धी ३५ दिने सार्वजनिक सूचना ।

    छुट जग्गा दर्ता सम्बन्धी ३५ दिने सार्वजनिक सूचना ।

    प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित

    नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी

    [email protected]

    ०१०५२११७५,९८५११२०८५०

    जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२

    जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०

    सूचना विभाग दर्ता नम्बर: ५२१०

    हाम्रो टीम

    अध्यक्ष /संचालक : श्री दिपा लम्साल - (९८५११२०९४०)
    प्रधानसम्पादक : श्री बद्री अधिकारी - (९८५११२०८५०)
    कार्यकारी सम्पादक :अर्जुन प्रसाद खतिवडा - (९८४९३३९२२२)
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • ई-पेपर
    • बिज्ञापन
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • समाचार
    • स्थानीय समाचार
    • अन्तर्राष्ट्रिय
    © २०७९ प्रत्यूष Designed by: GOJI Solution