
धादिङ, १० जेठ
धादिङ अस्पताल धादिङमा आजदेखी मनोचिकित्सा विशेषज्ञ सेवा सुरु भएको छ ।
ओपिडी सेवामा मानसिक रोगको उपचार भएको जिल्लामै पहिलो पटक हो । जिल्लामा आत्महत्याको दर बढेको र मानसिक रोगीहरुपनि बढ्दै गएको कारण जिल्लामा ओपिडी सेवा सुरु गरिएको धादिङ अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट डा.मधुकर दाहालले प्रत्यूष देनिकलाई जानकारी दिनुभयो ।
धादिङ अस्पतालमा मानसिक रोगको उपचार सुरुभएपछि काठमाण्डौँ जाने र नीजि क्लिनिक धाउनुपर्ने बाध्यता हट्ने दाहालले बताउनुभयो । अस्पतालमा मानसिक स्वास्थ्य सेवालाई बिस्तार गर्दै विभिन्न विशेषज्ञ सेवा उपलब्ध गराउने योजना अनुसार सेवा सुरु गरिएको दाहालले भनाई छ । जेठ १५ गतेपछि धादिङ अस्पतालमा न्युरोको बाहेक अन्य रोगको उपचार समेत हुने दाहालले बताउनुभयो ।
हरेक दिन बिहान १० बजे देखि ५ बजे सम्म मनोरोग विशेषज्ञबाट सेवा प्रवाह हुने अस्पतालका सुचना अधिकारी विक्रम विकले जानकारी दिनुभयो। मानसिक रोग विशेषज्ञ डा.श्रीया बस्ताकोटीद्वारा सेवा प्रवाह हुने भएकोले नयाँ तथा पुराना मानसिक रोगीहरुलाई उपचारमा आउन अस्पताल प्रशासनले आग्रह गरेको छ ।


प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित
नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी
०१०५२११७५,९८५११२०८५०
जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२
जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०
सूचना विभाग दर्ता नम्बर: ५२१०
| अध्यक्ष /संचालक : | श्री दिपा लम्साल - (९८५११२०९४०) |
| प्रधानसम्पादक : | श्री बद्री अधिकारी - (९८५११२०८५०) |
| कार्यकारी सम्पादक : | अर्जुन प्रसाद खतिवडा - (९८४९३३९२२२) |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |