Logo
  • ई-पेपर
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • आर्थिक/बजार
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरञ्जन
  • राजनीति
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • साहित्य
  • सुचना प्रविधि
  • स्वास्थ्य
© २०७९ प्रत्यूष Designed by: GOJI Solution
Logo
२०८३ आश्विन १३, मंगलबार
आजको ई-पेपर
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • आर्थिक/बजार
  • खेलकुद
  • मनोरञ्जन
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय

चौध जनाद्वारा आँखा दानको प्रतिबद्धता

रासस २०५१ पटक पढिएको प्रकाशित मिति: २०८३ श्रावण २३, शनिबार (१ महिना अघि)
चौध जनाद्वारा आँखा दानको प्रतिबद्धता

बागमती, २३ साउनः

हिमालयन राइडर्स सोसाइटी हेटौँडाको आयोजना एवं मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानको सहयोगमा हेटौँडाको हुप्रा चौरमा आज आँखा दान एवं नसर्ने रोगहरूको निःशुल्क परीक्षण शिविर सम्पन्न भएको छ ।

हेटौँडा सामुदायिक आँखा अस्पताल, नेपाल आँखा कार्यक्रम र जनस्वास्थ्य कार्यालय, मकवानपुरको समन्वयमा गरिएको शिविरमा १४ जनाले आँखा दानको प्रतिबद्धता गर्नुभएको छ । एक सय छ जनाको मधुमेह, रक्तचाप, बिएमआईलगायत नसर्ने रोगहरूको निःशुल्क स्वास्थ्य परीक्षण गरिनुका साथै स्वास्थ्य परामर्श सेवा उपलब्ध गराइएको हिमालयन राइडर्स सोसाइटीका अध्यक्ष राजु थापा मगरले जानकारी दिनुभयो ।

साइक्लिङका माध्यमबाट स्वास्थ्य, पर्यावरण र पर्यटनमा जोड दिँदै आएको सोसाइटीले सामाजिक उत्तरदायित्वअन्तर्गत यस किसिमका कार्यक्रमलाई पनि प्राथमिकतामा राख्दै आएको उहाँले बताउनुभयो । साइक्लिङ क्लबका तर्फबाट समुदायमा आँखा दानको अभियान सुरु गर्नेमा सम्भवत आफूहरू पहिलो हुनसक्ने उहाँको भनाइ छ । सोसाइटीले साइक्लिङका माध्यमबाट हेटौँडासहित देशमा विभिन्न गन्तव्यको पर्यटन प्रवर्द्धनसँगै सम्पदा एवं ऐतिहासिकस्थलमा वृक्षरोपणको अभियानलाई पनि अघि बढाइरहेको उहाँले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस
समाचार सम्बन्धि थप
  • छत्तीस वर्षपछि झापाको बुद्धशान्तिका २६ अव्यवस्थित परिवारले पाए लालपुर्जा

    छत्तीस वर्षपछि झापाको बुद्धशान्तिका २६ अव्यवस्थित परिवारले पाए लालपुर्जा

  • सुनचाँदीका गरगहना बिक्रीमा लाग्ने सीप प्रवर्द्धन शुल्कलाई व्यवस्थित गर्न कार्यविधि जारी

    सुनचाँदीका गरगहना बिक्रीमा लाग्ने सीप प्रवर्द्धन शुल्कलाई व्यवस्थित गर्न कार्यविधि जारी

  • मधेसमा गुणस्तरीय स्वास्थ्य शिक्षा र विशेषज्ञ सेवा विस्तार गर्न विधेयक आवश्यकः मन्त्री मेहता

    मधेसमा गुणस्तरीय स्वास्थ्य शिक्षा र विशेषज्ञ सेवा विस्तार गर्न विधेयक आवश्यकः मन्त्री मेहता

  • प्रधानमन्त्री शाहसँग भारतीय राजदूत श्रीवास्तवको बिदाइ भेट

    प्रधानमन्त्री शाहसँग भारतीय राजदूत श्रीवास्तवको बिदाइ भेट

  • प्रत्यूष ई-पेपर थप

    २०८३ असोज १३ गते मंगलबार

    २०८३ असोज १३ गते मंगलबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    समाचार
    छत्तीस वर्षपछि झापाको बुद्धशान्तिका २६ अव्यवस्थित परिवारले पाए लालपुर्जा

    छत्तीस वर्षपछि झापाको बुद्धशान्तिका २६ अव्यवस्थित परिवारले पाए लालपुर्जा

    सुनचाँदीका गरगहना बिक्रीमा लाग्ने सीप प्रवर्द्धन शुल्कलाई व्यवस्थित गर्न कार्यविधि जारी

    सुनचाँदीका गरगहना बिक्रीमा लाग्ने सीप प्रवर्द्धन शुल्कलाई व्यवस्थित गर्न कार्यविधि जारी

    कोटेशन आह्वान गरिएको सूचना

    कोटेशन आह्वान गरिएको सूचना

    छुट जग्गा दर्ता सम्बन्धी ३५ दिने सार्वजनिक सूचना ।

    छुट जग्गा दर्ता सम्बन्धी ३५ दिने सार्वजनिक सूचना ।

    प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित

    नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी

    [email protected]

    ०१०५२११७५,९८५११२०८५०

    जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२

    जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०

    सूचना विभाग दर्ता नम्बर: ५२१०

    हाम्रो टीम

    अध्यक्ष /संचालक : श्री दिपा लम्साल - (९८५११२०९४०)
    प्रधानसम्पादक : श्री बद्री अधिकारी - (९८५११२०८५०)
    कार्यकारी सम्पादक :अर्जुन प्रसाद खतिवडा - (९८४९३३९२२२)
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • ई-पेपर
    • बिज्ञापन
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • समाचार
    • स्थानीय समाचार
    • अन्तर्राष्ट्रिय
    © २०७९ प्रत्यूष Designed by: GOJI Solution