Logo
  • ई-पेपर
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • आर्थिक/बजार
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरञ्जन
  • राजनीति
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • साहित्य
  • सुचना प्रविधि
  • स्वास्थ्य
© २०७९ प्रत्यूष Designed by: GOJI Solution
Logo
२०८३ आश्विन १२, सोमबार
आजको ई-पेपर
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • आर्थिक/बजार
  • खेलकुद
  • मनोरञ्जन
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय
#लायन्स क्लब अफ धादिङ, नीलकण्ठ

धादिङमा ‘एक लायन, एक बिरुवा’ अभियान सञ्चालन

वातावरण संरक्षणलाई घरआँगनबाटै सुरु गर्ने उद्देश्य
४४२६ पटक पढिएको प्रकाशित मिति: २०८३ श्रावण २३, शनिबार (१ महिना अघि)
धादिङमा ‘एक लायन, एक बिरुवा’ अभियान सञ्चालन

धादिङवेशी, २३ साउन । लायन्स क्लब अफ धादिङ, नीलकण्ठले वातावरण संरक्षणलाई घरआँगनबाटै सुरु गर्ने उद्देश्यसहित ‘एक लायन, एक बिरुवा’ अभियान सञ्चालन गरेको छ। डिभिजन वन कार्यालय धादिङको समन्वयमा प्राप्त बिरुवा क्लबका सदस्यहरूले आ–आफ्नो घरआँगन तथा उपयुक्त स्थानमा रोपेका हुन्।

क्लबका अध्यक्ष पोषनाथ अधिकारीको नेतृत्वमा डिभिजन वन कार्यालय परिसरमा आयोजित कार्यक्रममा वन कार्यालयका तर्फबाट क्लबलाई बिरुवा हस्तान्तरण गरिएको थियो। हस्तान्तरणपछि सहभागी सदस्यहरूले बिरुवा ग्रहण गरी आफ्नो घर तथा आसपासका क्षेत्रमा वृक्षरोपण गरेका छन्।

कार्यक्रममा क्लबका सचिव दीपक सिटौला, कोषाध्यक्ष शरणकुमार श्रेष्ठ, ट्रेजरर गोविन्द भण्डारी, डिस्ट्रिक्ट सिनियर एओजी ईश्वरीप्रसाद पाण्डे, ईश्वरकुमार श्रेष्ठलगायत लायन सदस्यहरूको सहभागिता रहेको क्लबले जनाएको छ।

अध्यक्ष अधिकारीले वातावरण संरक्षणको सुरुआत व्यक्ति र घरबाटै हुनुपर्ने बताए। घरआँगनलाई हरियाली र स्वच्छ बनाउने साना प्रयासले दीर्घकालीन रूपमा वातावरण संरक्षणमा योगदान पुग्ने उनको भनाइ थियो।

लायन्स क्लब्स इन्टरनेसनलले वातावरण संरक्षणलाई आफ्ना प्रमुख कार्यक्षेत्रमध्ये एकका रूपमा समेटेको छ। सोही अवधारणाअनुसार क्लबले वृक्षरोपणलाई एकदिने कार्यक्रममा सीमित नगरी वार्षिक कार्यतालिका बनाएर वातावरणसम्बन्धी गतिविधि सञ्चालन गर्ने जनाएको छ।

क्लबले रोपिएका बिरुवाको नियमित संरक्षण र हेरचाह गर्न सदस्यहरूलाई आग्रह गरेको छ। कार्यक्रममा सहभागी हुन नसकेका सदस्यलाई समेत क्लबको सम्पर्कमा आएर बिरुवा ग्रहण गरी अभियानमा सहभागी हुन आह्वान गरिएको छ।

प्रतिक्रिया दिनुहोस
निलकन्ठ नगरपालिका सम्बन्धि थप
  • प्रतिनिधिसभाः सामाजिक सुरक्षासम्बन्धी विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव स्वीकृत

    प्रतिनिधिसभाः सामाजिक सुरक्षासम्बन्धी विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव स्वीकृत

  • मधेस प्रदेशको पहिलो सार्वजनिक वित्त व्यवस्थापन मूल्याङ्कन प्रतिवेदन सार्वजनिक

    मधेस प्रदेशको पहिलो सार्वजनिक वित्त व्यवस्थापन मूल्याङ्कन प्रतिवेदन सार्वजनिक

  • बाढीपहिरो प्रभावित क्षेत्रमा तत्काल उद्धार, राहत र सडक सञ्चालन गर्न सांसदको माग

    बाढीपहिरो प्रभावित क्षेत्रमा तत्काल उद्धार, राहत र सडक सञ्चालन गर्न सांसदको माग

  • शिक्षामन्त्री पोखरेलसँग रुसका राजदूतको शिष्टाचार भेटशिक्षामन्त्री पोखरेलसँग रुसका राजदूतको शिष्टाचार भेट

    शिक्षामन्त्री पोखरेलसँग रुसका राजदूतको शिष्टाचार भेटशिक्षामन्त्री पोखरेलसँग रुसका राजदूतको शिष्टाचार भेट

  • प्रत्यूष ई-पेपर थप

    २०८३ असोज ११ गते आईतबार

    २०८३ असोज ११ गते आईतबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    समाचार
    प्रतिनिधिसभाः सामाजिक सुरक्षासम्बन्धी विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव स्वीकृत

    प्रतिनिधिसभाः सामाजिक सुरक्षासम्बन्धी विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव स्वीकृत

    मधेस प्रदेशको पहिलो सार्वजनिक वित्त व्यवस्थापन मूल्याङ्कन प्रतिवेदन सार्वजनिक

    मधेस प्रदेशको पहिलो सार्वजनिक वित्त व्यवस्थापन मूल्याङ्कन प्रतिवेदन सार्वजनिक

    बाढीपहिरो प्रभावित क्षेत्रमा तत्काल उद्धार, राहत र सडक सञ्चालन गर्न सांसदको माग

    बाढीपहिरो प्रभावित क्षेत्रमा तत्काल उद्धार, राहत र सडक सञ्चालन गर्न सांसदको माग

    शिक्षामन्त्री पोखरेलसँग रुसका राजदूतको शिष्टाचार भेटशिक्षामन्त्री पोखरेलसँग रुसका राजदूतको शिष्टाचार भेट

    शिक्षामन्त्री पोखरेलसँग रुसका राजदूतको शिष्टाचार भेटशिक्षामन्त्री पोखरेलसँग रुसका राजदूतको शिष्टाचार भेट

    प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित

    नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी

    [email protected]

    ०१०५२११७५,९८५११२०८५०

    जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२

    जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०

    सूचना विभाग दर्ता नम्बर: ५२१०

    हाम्रो टीम

    अध्यक्ष /संचालक : श्री दिपा लम्साल - (९८५११२०९४०)
    प्रधानसम्पादक : श्री बद्री अधिकारी - (९८५११२०८५०)
    कार्यकारी सम्पादक :अर्जुन प्रसाद खतिवडा - (९८४९३३९२२२)
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • ई-पेपर
    • बिज्ञापन
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • समाचार
    • स्थानीय समाचार
    • अन्तर्राष्ट्रिय
    © २०७९ प्रत्यूष Designed by: GOJI Solution