Logo
  • ई-पेपर
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • आर्थिक/बजार
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरञ्जन
  • राजनीति
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • साहित्य
  • सुचना प्रविधि
  • स्वास्थ्य
© २०७९ प्रत्यूष Designed by: GOJI Solution
Logo
२०८३ आश्विन २४, शनिबार
आजको ई-पेपर
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • आर्थिक/बजार
  • खेलकुद
  • मनोरञ्जन
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय

पुँजीबजार सुधारमा गुणस्तरीय नियमन आवश्यकः अर्थमन्त्री वाग्ले

रासस २०५१ पटक पढिएको प्रकाशित मिति: २०८३ श्रावण १२, मंगलबार (२ महिना अघि)
पुँजीबजार सुधारमा गुणस्तरीय नियमन आवश्यकः अर्थमन्त्री वाग्ले

काठमाडौँ, १२ साउनः

अर्थमन्त्री डा स्वर्णिम वाग्लेले पुँजीबजारको दिगो विकासका लागि नेपाल धितोपत्र बोर्डले गुणस्तरीय नियमन गर्दै आफ्नो जिम्मेवारी प्रभावकारी रूपमा निर्वाह गर्नुपर्ने बताउनुभएको छ ।

उहाँले उच्च नैतिकता, पारदर्शिता र लगानीकर्ताको हितलाई केन्द्रमा राखेर काम गर्न बोर्ड नेतृत्वलाई निर्देशन दिनुभयो । नयाँ अध्यक्ष नियुक्तिपछि बोर्डले दीर्घकालीन सोचका साथ अघि बढ्न खोजेको र त्यसको सकारात्मक प्रभाव बजारमा देखिन थालेको उहाँको भनाइ थियो ।

अर्थमन्त्री वाग्लेले बोर्डको जिम्मेवारी नेपाल राष्ट्र बैंकको जत्तिकै महत्वपूर्ण रहेको उल्लेख गर्दै कानुन निर्माण र नियमनका क्रममा सबै सरोकारवालासँग परामर्श गरी साझा बुझाइका आधारमा अघि बढ्न आग्रह गर्नुभयो । उहाँले लगानीकर्ताको सम्पत्तिको सुरक्षा सुनिश्चित गर्दै बजारलाई अझ विश्वसनीय र प्रतिस्पर्धी बनाउनुपर्नेमा पनि जोड दिनुभयो ।

बोर्डका अध्यक्ष डा गोपाल भट्टले पुँजीबजार विकासको ‘ब्लु प्रिन्ट’ तयार गरी कार्यान्वयन सुरु गरिएको जानकारी दिनुभयो । उहाँका अनुसार चालु साउनभित्र प्राथमिक तथा दोस्रो बजारमा आइपिओ निष्कासन, इन्ट्रा–डे कारोबार, मार्जिन लेन्डिङ र सर्ट सेलिङसम्बन्धी निर्देशिका तयार गरिनेछ भने सरोकारवालासँग परामर्शपछि ती व्यवस्था क्रमशः कार्यान्वयनमा ल्याइनेछ । सोमबार अर्थमन्त्री वाग्लेलगायतको उच्चपदस्थ टोलीले बोर्डको स्थलगत निरीक्षण गरेको थियो ।

प्रतिक्रिया दिनुहोस
आर्थिक/बजार सम्बन्धि थप
  • Post Thumbnail

    ‘बागमती र विष्णुमतिलाई नुहाउन मिल्ने गरी सफा राख्नुपर्छ’

  • मौसम सुधार भएपछि धौलागिरि आरोहण पुनःसुरु

    मौसम सुधार भएपछि धौलागिरि आरोहण पुनःसुरु

  • Post Thumbnail

    ‘सरकारलाई काम गर्ने अवसर दिनुपर्छ’

  • Post Thumbnail

    नेपाल टेलिकमको दसैँ, तिहार अफरः मोबाइलमा सहुलियत दरका प्याकेज

  • प्रत्यूष ई-पेपर थप

    २०८३ असोज २३ गते शुक्रबार

    २०८३ असोज २३ गते शुक्रबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    समाचार
    Post Thumbnail

    ‘बागमती र विष्णुमतिलाई नुहाउन मिल्ने गरी सफा राख्नुपर्छ’

    मौसम सुधार भएपछि धौलागिरि आरोहण पुनःसुरु

    मौसम सुधार भएपछि धौलागिरि आरोहण पुनःसुरु

    Post Thumbnail

    ‘सरकारलाई काम गर्ने अवसर दिनुपर्छ’

    चाडपर्वमा रगतको अभाव हुन नदिन रक्तदान

    चाडपर्वमा रगतको अभाव हुन नदिन रक्तदान

    प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित

    नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी

    [email protected]

    ०१०५२११७५,९८५११२०८५०

    जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२

    जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०

    सूचना विभाग दर्ता नम्बर: ५२१०

    हाम्रो टीम

    अध्यक्ष /संचालक : श्री दिपा लम्साल - (९८५११२०९४०)
    प्रधानसम्पादक : श्री बद्री अधिकारी - (९८५११२०८५०)
    कार्यकारी सम्पादक :अर्जुन प्रसाद खतिवडा - (९८४९३३९२२२)
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • ई-पेपर
    • बिज्ञापन
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • समाचार
    • स्थानीय समाचार
    • अन्तर्राष्ट्रिय
    © २०७९ प्रत्यूष Designed by: GOJI Solution