Logo
  • ई-पेपर
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • आर्थिक/बजार
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरञ्जन
  • राजनीति
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • साहित्य
  • सुचना प्रविधि
  • स्वास्थ्य
© २०७९ प्रत्यूष Designed by: GOJI Solution
Logo
२०८३ आश्विन ११, आईतबार
आजको ई-पेपर
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • आर्थिक/बजार
  • खेलकुद
  • मनोरञ्जन
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय

धादिङका स्थानीय तहमा महिलाको सहभागिता कमजोर : प्रमुख पदमा शुन्य, उपप्रमुखमा तिन मात्रै

प्रत्यूष २४२४ पटक पढिएको प्रकाशित मिति: २०७९ जेष्ठ ८, आईतबार (४ साल अघि)
धादिङका स्थानीय तहमा महिलाको सहभागिता कमजोर : प्रमुख पदमा शुन्य, उपप्रमुखमा तिन मात्रै

धादिङ,०८ जेठ ।
भर्खरै सम्पन्न स्थानीय तहको चुनावमा धादिङका स्थानीय तहको प्रमुख पदमा महिलाको सहभागिता कमजोर देखिएको छ ।

१३ पालिका र १०४ वडा रहेको धादिङमा १०४ वटै वडाध्यक्षमा पुरुष विजयी भएका छन् भने १३ वटै पालिकाको प्रमुख तथा अध्यक्ष पदमा पुरुष र तिन पालिका उपाध्यक्षमा मात्रै महिला निर्वाचित भएका छन् ।

२०७४ सालको निर्वाचनमा जिल्लाको २ नगरपालिका र ११ गाउँपालिकामध्ये ११ पालिकाका उपप्रमखु तथा उपाध्यक्षमा महिला थिए । अहिलेको निर्वाचनमा जिल्लाको गजुरी गाउँपालिका उपाध्यक्षमा सर्मिला बिसुराल, सिद्धलेक गाउँपालिकाको उपाध्यक्षमा सविता अर्याल र नेत्रावती डबजोङ गाउँपालिका उपाध्यक्षमा सीता चोदेन मात्रै निर्वाचित भएका छन्। अन्य पालिकामा प्रमुख उपप्मुख नै पुरुषले मात्रै नेतृत्व गरेका छन् ।

सरकारमा सहभागी पाँच दलीय गठबन्धनका कारण यसपटकको निर्वाचनमा उपप्रमुख र उपाध्यक्षमा महिलाले नेतृत्व गुमाउन परेको छ । जिल्लामा नेकपा एमालेले नीलकण्ठ नगरपालिका बाहेक अन्य १२ पालिकाको उपप्रमुख र उपाध्यक्षमा महिला उम्मेदवार उठाए पनि जित्न सकेनन् ।

संविधानमा पालिकाको नेतृत्वको दुई पदमध्ये एक पदमा अनिवार्य महिला हुनुपर्ने व्यवस्था भएपनि गठबन्धन र तालमेलका कारण कार्यान्वय हुन नसकेको हो । पालिकाको नेतृत्व महिला सहभागीको मात्रै कमी नभएर जिल्लाका १०४ वडाध्यक्षमा महिला नेतृत्व शून्य रहेको छ ।
गठबन्धनले कांग्रेसबाट गजुरी र एकिकृत समाजबादीबाट सिद्धलेकको उपाध्यक्षमा मात्रै महिला सिफारिस गरेको थियो भने नेत्रावती डबजोङ गाउँपालिकामा नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रको छुट्टाछुट्टै उम्मेदवारी थियो ।

नेत्रावती डबजोङको अध्यक्ष पदमा माओवादी केन्द्रबाट उम्मेदवारी दिएकी उर्मिला तामाङ गुरुङ नेपाली काग्रेसका उम्मेदवार मेघनाथ रिजालसँग पराजित भईन । यस्तै निलकण्ठ नगरपालिकाको प्रमुख पदमा एमालेबाट उम्मेदवारी दिएकी गंगादेवी श्रेष्ठ नेपाली काग्रेसका उम्मेदवार भिम प्रसाद ढुङ्गानासँग पराजित भईन ।

स्थानीयतहको निर्वाचन २०७४ को तुलनामा धादिङमा महिला जनप्रतिनिधि वडा सदस्यमा मात्रै सीमित हुन पुगेका छन् । स्थानीय तह निर्वाचन ऐनको दफा १७ मा उम्मेदवारी दर्ता गर्ने क्रममा नै राजनीतिक दलले स्थानीय तहको प्रमुख वा उपप्रमुख मध्ये एक जना महिला रहने सुनिश्चित गर्नुपर्ने व्यवस्था छ ।

मनोनयन पत्र पेस गर्दा दलले अध्यक्ष र उपाध्यक्ष, प्रमुख र उपप्रमुख तथा जिल्ला समन्वय समितिको प्रमुख र उपप्रमुखमध्ये ५० प्रतिशत महिला उम्मेदवार रहने गरी मनोनयन पत्र पेस गर्ने व्यवस्था मिलाउनुपर्ने ऐनमा भनिएको छ ।

तर एउटा दलले प्रमुख वा उपप्रमुखमध्ये एक मात्र पदमा उम्मेदवारी दिएको अवस्थामा महिला उम्मेदवार हुनुपर्ने बाध्यता छैन । तर दलले एक जना मात्र उम्मेदवारी दिएमा यो उपदफाको प्रावधान लागू नहुने ऐनमा थप भनिएको छ ।

प्रतिक्रिया दिनुहोस
खनियावास गाउँपालिका सम्बन्धि थप
  • लालबकैया नदीमा आएको बाढीले मौलापुरको तटबन्ध जोखिममा

    लालबकैया नदीमा आएको बाढीले मौलापुरको तटबन्ध जोखिममा

  • पाल्पा पहिरोः पाँच जनाको मृत्यु

    पाल्पा पहिरोः पाँच जनाको मृत्यु

  • नारायणीको जलसतह हालसम्मकै उच्च

    नारायणीको जलसतह हालसम्मकै उच्च

  • मनाङको हिम्लुङ हिमालमा पहिरो, मानवीय क्षतिको आशङ्का

    मनाङको हिम्लुङ हिमालमा पहिरो, मानवीय क्षतिको आशङ्का

  • प्रत्यूष ई-पेपर थप

    २०८३ असोज ११ गते आईतबार

    २०८३ असोज ११ गते आईतबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    समाचार
    लालबकैया नदीमा आएको बाढीले मौलापुरको तटबन्ध जोखिममा

    लालबकैया नदीमा आएको बाढीले मौलापुरको तटबन्ध जोखिममा

    पाल्पा पहिरोः पाँच जनाको मृत्यु

    पाल्पा पहिरोः पाँच जनाको मृत्यु

    नारायणीको जलसतह हालसम्मकै उच्च

    नारायणीको जलसतह हालसम्मकै उच्च

    मनाङको हिम्लुङ हिमालमा पहिरो, मानवीय क्षतिको आशङ्का

    मनाङको हिम्लुङ हिमालमा पहिरो, मानवीय क्षतिको आशङ्का

    प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित

    नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी

    [email protected]

    ०१०५२११७५,९८५११२०८५०

    जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२

    जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०

    सूचना विभाग दर्ता नम्बर: ५२१०

    हाम्रो टीम

    अध्यक्ष /संचालक : श्री दिपा लम्साल - (९८५११२०९४०)
    प्रधानसम्पादक : श्री बद्री अधिकारी - (९८५११२०८५०)
    कार्यकारी सम्पादक :अर्जुन प्रसाद खतिवडा - (९८४९३३९२२२)
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • ई-पेपर
    • बिज्ञापन
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • समाचार
    • स्थानीय समाचार
    • अन्तर्राष्ट्रिय
    © २०७९ प्रत्यूष Designed by: GOJI Solution