Logo
  • ई-पेपर
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • आर्थिक/बजार
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरञ्जन
  • राजनीति
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • साहित्य
  • सुचना प्रविधि
  • स्वास्थ्य
© २०७९ प्रत्यूष Designed by: GOJI Solution
Logo
२०८३ मंसिर ७, सोमबार
आजको ई-पेपर
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • आर्थिक/बजार
  • खेलकुद
  • मनोरञ्जन
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय
गणित शिक्षा परिषद् धादिङ

गणित शिक्षा परिषद् धादिङको अध्यक्षमा उत्तम भट्ट चयन

पाँचौँ जिल्ला अधिवेशनबाट भट्टको नेतृत्वमा नयाँ कार्यसमिति चयन
प्रत्यूष ५७०१ पटक पढिएको प्रकाशित मिति: २०८३ जेष्ठ ३०, शनिबार (५ महिना अघि)
गणित शिक्षा परिषद् धादिङको अध्यक्षमा उत्तम भट्ट चयन

धादिङबेशी,३० जेष्ठ ।  गणित शिक्षा परिषद् धादिङको पाँचौँ जिल्ला अधिवेशन तथा साधारण सभाले आगामी कार्यकालका लागि उत्तम भट्टको अध्यक्षतामा नयाँ कार्यसमिति सर्वसम्मत रूपमा चयन गरेको छ।

धादिङबेसीमा सम्पन्न अधिवेशनबाट नीलकण्ठ बालमन्दिर माध्यमिक विद्यालयका गणित शिक्षक उत्तम भट्ट अध्यक्षमा चयन हुनुभएको हो। त्यसैगरी उपाध्यक्षमा चेतनारायण श्रेष्ठ, सचिवमा प्रकाश भण्डारी, सहसचिवमा रमेश गुरुङ र कोषाध्यक्षमा अनुप कोइराला चयन भएका छन्। सदस्यहरूमा चित्र गुरुङ, कृष्णनारायण श्रेष्ठ, राधिका सिंखडा, सोमनाथ पाठक, किरण गुरुङ र नारायण सुवेदी रहेका छन्।

निवर्तमान अध्यक्ष प्रयास रेग्मीको सभापतित्वमा सम्पन्न कार्यक्रममा नीलकण्ठ नगरपालिकाका प्रमुख भीमप्रसाद ढुङ्गाना प्रमुख अतिथिका रूपमा सहभागी हुनुभएको थियो। कार्यक्रममा गणित शिक्षा परिषद्का केन्द्रीय अध्यक्ष डा. रमेश अवस्थी तथा नीलकण्ठ बहुमुखी क्याम्पसका गणित विभाग प्रमुख हरि लम्सालको विशेष उपस्थिति रहेको थियो।

अधिवेशनका क्रममा जिल्लाभरिका गणित शिक्षकहरूको पेशागत विकास, गणित शिक्षामा देखिएका चुनौती तथा शिक्षण सिकाइ प्रक्रियालाई समयसापेक्ष, व्यवहारिक र प्रविधिमैत्री बनाउने विषयमा छलफल गरिएको थियो।

कार्यक्रममा नेपाल पुस्तक तथा स्टेसनरी व्यवसायी महासङ्घका अध्यक्ष नारायणकुमार श्रेष्ठ, गणित शिक्षा परिषद् बागमती प्रदेशका सचिव रामहरी श्रेष्ठ, नेल्टा धादिङका अध्यक्ष दिपेन्द्र रिजाल तथा स्टान धादिङका अध्यक्ष राजन श्रेष्ठलगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए।

नवनिर्वाचित कार्यसमितिले जिल्लामा गणित शिक्षाको गुणस्तर अभिवृद्धि तथा प्रविधिमा आधारित शिक्षण प्रणाली विकासका लागि सक्रिय रूपमा काम गर्ने प्रतिबद्धता जनाएको छ।

प्रतिक्रिया दिनुहोस
निलकन्ठ नगरपालिका सम्बन्धि थप
  • प्रधानमन्त्री शाह र प्रधानमन्त्री मोदीद्वारा संयुक्तरूपमा तल्लो अरुण जलविद्युत् आयोजनाको  शिलान्यास

    प्रधानमन्त्री शाह र प्रधानमन्त्री मोदीद्वारा संयुक्तरूपमा तल्लो अरुण जलविद्युत् आयोजनाको शिलान्यास

  • महिलामन्त्री बादीद्वारा राउटे समुदायसँग आत्मीय संवाद

    महिलामन्त्री बादीद्वारा राउटे समुदायसँग आत्मीय संवाद

  • काठमाडौँलाई बस्न योग्य सहर बनाउने मन्त्री श्रेष्ठको प्रतिबद्धता

    काठमाडौँलाई बस्न योग्य सहर बनाउने मन्त्री श्रेष्ठको प्रतिबद्धता

  • सहिद स्मारकमा पर्यटकको आकर्षण

    सहिद स्मारकमा पर्यटकको आकर्षण

  • प्रत्यूष ई-पेपर थप

    २०८३ मंसिर २ गते बुधबार

    २०८३ मंसिर २ गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    समाचार
    प्रधानमन्त्री शाह र प्रधानमन्त्री मोदीद्वारा संयुक्तरूपमा तल्लो अरुण जलविद्युत् आयोजनाको  शिलान्यास

    प्रधानमन्त्री शाह र प्रधानमन्त्री मोदीद्वारा संयुक्तरूपमा तल्लो अरुण जलविद्युत् आयोजनाको शिलान्यास

    प्रधानमन्त्री शाहलाई समकक्षी मोदीद्वारा भारतको ‘प्रधानमन्त्री गतिशक्ति’ योजनाबारे जानकारी

    प्रधानमन्त्री शाहलाई समकक्षी मोदीद्वारा भारतको ‘प्रधानमन्त्री गतिशक्ति’ योजनाबारे जानकारी

    महिलामन्त्री बादीद्वारा राउटे समुदायसँग आत्मीय संवाद

    महिलामन्त्री बादीद्वारा राउटे समुदायसँग आत्मीय संवाद

    Post Thumbnail

    स्थानीय तहमा भूमि प्रशासन सेवा विस्तार हुँदै

    प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित

    नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी

    [email protected]

    ०१०५२११७५,९८५११२०८५०

    जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२

    जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०

    सूचना विभाग दर्ता नम्बर: ५२१०

    हाम्रो टीम

    अध्यक्ष /संचालक : श्री दिपा लम्साल - (९८५११२०९४०)
    प्रधानसम्पादक : श्री बद्री अधिकारी - (९८५११२०८५०)
    कार्यकारी सम्पादक :अर्जुन प्रसाद खतिवडा - (९८४९३३९२२२)
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • ई-पेपर
    • बिज्ञापन
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • समाचार
    • स्थानीय समाचार
    • अन्तर्राष्ट्रिय
    © २०७९ प्रत्यूष Designed by: GOJI Solution