
धादिङबेशी,२९ जेष्ठ । धादिङको गङ्गाजमुना गाउँपालिका–४ सालदुममा आयोजित एकदिने स्वास्थ्य शिविरबाट करिब ३५० जना विद्यार्थी लाभान्वित भएका छन्।
नागार्जुन सिकाइ केन्द्र, सालदुमको आयोजनामा सम्पन्न शिविरमा मङ्गलादेवी माध्यमिक विद्यालय र श्री तामाङखर्क माध्यमिक विद्यालयका विद्यार्थीहरूको स्वास्थ्य परीक्षण गरिएको थियो। कार्यक्रममा शिक्षक तथा अभिभावकहरूको समेत सहभागिता रहेको थियो।
स्वास्थ्य परीक्षणका क्रममा केही विद्यार्थीहरूमा थप विशेषज्ञ तथा केन्द्रस्तरीय उपचार आवश्यक पर्ने स्वास्थ्य समस्या देखिएको आयोजकले जनाएको छ। उनीहरूलाई आवश्यक परामर्श तथा थप उपचारका लागि सिफारिस गरिएको थियो।
शिविरमा डा. किशन अधिकारी, डा. विपिन बस्याल र नर्स अस्मिता पाण्डेसहितको स्वास्थ्यकर्मी टोलीले स्वास्थ्य परीक्षण, निःशुल्क औषधि वितरण तथा स्वास्थ्य परामर्श सेवा प्रदान गरेको थियो।
नागार्जुन सिकाइ केन्द्रका अध्यक्ष सिर्जन सिम्खडाको अध्यक्षतामा सम्पन्न शिविरले विद्यार्थीहरूको स्वास्थ्य अवस्था पहिचान गर्न र आवश्यक उपचारका लागि सहजीकरण गर्न सहयोग पुगेको जनाइएको छ।


प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित
नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी
०१०५२११७५,९८५११२०८५०
जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२
जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०
सूचना विभाग दर्ता नम्बर: ५२१०
| अध्यक्ष /संचालक : | श्री दिपा लम्साल - (९८५११२०९४०) |
| प्रधानसम्पादक : | श्री बद्री अधिकारी - (९८५११२०८५०) |
| कार्यकारी सम्पादक : | अर्जुन प्रसाद खतिवडा - (९८४९३३९२२२) |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |