Logo
  • ई-पेपर
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • आर्थिक/बजार
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरञ्जन
  • राजनीति
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • साहित्य
  • सुचना प्रविधि
  • स्वास्थ्य
© २०७९ प्रत्यूष Designed by: GOJI Solution
Logo
२०८३ आश्विन १९, सोमबार
आजको ई-पेपर
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • आर्थिक/बजार
  • खेलकुद
  • मनोरञ्जन
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय

‘युवासँग उपप्रमुख’ कार्यक्रम अन्तर्गत १६० घण्टे बारिस्टा तालिम सुरु ८० युवा सहभागी ।

प्रत्यूष ४१०१ पटक पढिएको प्रकाशित मिति: २०८३ जेष्ठ २७, बुधबार (३ महिना अघि)
‘युवासँग उपप्रमुख’ कार्यक्रम अन्तर्गत १६० घण्टे बारिस्टा तालिम सुरु  ८० युवा सहभागी ।

धादिङ, २७ जेठः
नीलकण्ठ नगरपालिकाले युवालाई सीपमूलक तालिममार्फत स्वरोजगार तथा उद्यमशीलतामा जोड्ने उद्देश्यसहित ‘युवासँग उपप्रमुख’ कार्यक्रम अन्तर्गत १६० घण्टे आधारभूत कफी बनाउने (बारिस्टा) तालिम सुरु गरेको छ । एक महिनासम्म सञ्चालन हुने तालिममा नगरका विभिन्न वडाबाट छनोट भएका ८० जना युवा सहभागी रहेका छन् ।
तालिम उद्घाटन कार्यक्रममा नीलकण्ठ नगरपालिकाका प्रमुख तथा नेपाल नगरपालिका संघका अध्यक्ष भीमप्रसाद ढुङ्गानाले युवालाई सीपयुक्त बनाउने नगरपालिकाको अभियान निरन्तर रहेको बताउनुभयो । उहाँले उद्यमशीलता विकासका लागि नगरपालिकाले सहुलियतपूर्ण ऋण, व्यवसायिक परामर्श तथा विभिन्न सीपमूलक तालिम सञ्चालन गर्दै आएको उल्लेख गर्दै तालिमपछि व्यवसाय सुरु गर्न चाहने युवालाई आवश्यक सहयोग उपलब्ध गराइने जानकारी दिनुभयो । सीप बिना वैदेशिक रोजगारीमा जानुभन्दा दक्षता हासिल गरेर जान सके युवाको भविष्य थप सुरक्षित र सम्मानजनक बन्ने उहाँको भनाइ छ ।
कार्यक्रमका अध्यक्ष तथा नगर उपप्रमुख दीपक विश्वकर्माले युवाको माग र चासोलाई सम्बोधन गर्दै प्रारम्भमा २० जनाका लागि तय गरिएको तालिमलाई विस्तार गरेर ८० जनासम्म पु¥याइएको बताउनुभयो । काठमाडौँ लगायतका स्थानमा १७ देखि २० हजार रुपैयाँसम्म शुल्क तिरेर लिनुपर्ने तालिम नगरपालिकाले निःशुल्क उपलब्ध गराएको उल्लेख गर्दै उहाँले तालिमलाई गम्भीरतापूर्वक लिएर सीपलाई रोजगारी तथा स्वरोजगारमा रूपान्तरण गर्न सहभागीलाई आग्रह गर्नुभयो ।
उहाँले नगरपालिकाले करियर काउन्सिलिङ, मनोसामाजिक परामर्श, सीप विकास तालिम, रोजगार मेला तथा युवा सहभागिता प्रवद्र्धनका कार्यक्रम सञ्चालन गर्दै आएको जानकारी दिँदै तालिम प्राप्त युवाको विवरण संकलन गरेर रोजगारदातासँग जोड्ने प्रयास भइरहेको बताउनुभयो ।
नगर प्रवक्ता तथा वडा नम्बर ८ का अध्यक्ष प्रकाशकुमार श्रेष्ठले बारिस्टा तालिम विश्वव्यापी रूपमा उच्च माग रहेको व्यवसायिक सीप भएको उल्लेख गर्नुभयो । तालिमले युवाको जीवनमा नयाँ अवसर थप्ने विश्वास व्यक्त गर्दै उहाँले तालिमपछिको व्यवहारिक अभ्यास र निरन्तरताले नै सफलता निर्धारण गर्ने बताउनुभयो ।
सो कार्यक्रमलाई सम्बोधन गर्दै वडा नम्बर ४ का वडा अध्यक्ष हरिकुमार श्रेष्ठले कफी व्यवसाय न्यून लगानीमा सञ्चालन गर्न सकिने र देशभित्र तथा विदेशमा समेत रोजगारीको राम्रो सम्भावना रहेको बताउनुभयो । युवालाई आत्मनिर्भर र व्यवसायमुखी बनाउने दिशामा नगरपालिकाको प्रयास प्रशंसनीय रहेको उहाँको भनाइ थियो ।
तालिमका प्रशिक्षकले बारिस्टा तालिम कफी बनाउने सीपमा मात्र सीमित नभई कफी खेती, उत्पादन, प्रशोधन, सेवा व्यवस्थापन तथा आतिथ्य क्षेत्रसँग सम्बन्धित ज्ञानसमेत समेटिएको जानकारी दिनुभयो । तालिमपछि होटल, क्याफे तथा कफी सपमा रोजगारीका अवसर प्राप्त गर्न सकिने उहाँले बताउनुभयो ।
सहभागी युवाहरूले तालिमले स्वदेशमै व्यवसाय सञ्चालन गर्न तथा विदेशमा समेत रोजगारीका अवसर सिर्जना गर्न सहयोग पुग्ने विश्वास व्यक्त गरेका छन् । नगरपालिकाले युवालाई सीप, रोजगार र उद्यमशीलतासँग जोड्ने लक्ष्यसहित यस किसिमको तालिमहरु संचालन गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस
निलकन्ठ नगरपालिका सम्बन्धि थप
  • Post Thumbnail

    सशस्त्र प्रहरीका एआइजी दाहाल निलम्बित

  • Post Thumbnail

    सवारी दुर्घटनामा एकको मृत्यु, दश जना घाइते

  • Post Thumbnail

    मलेसिया रोजगारीमा सीमित संस्थाको एकाधिकार रोक्न व्यवसायी सङ्घको माग

  • Post Thumbnail

    मानव-हात्ती सहअस्तित्वका लागि एनटीएनसी र एसईएफबीच सम्झौता

  • प्रत्यूष ई-पेपर थप

    २०८३ असोज १९ गते सोमबार

    २०८३ असोज १९ गते सोमबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    समाचार
    कोरला नाका जोड्ने सडक खुलाउन ड्रोनबाट इन्धन ढुवानी गरिँदै

    कोरला नाका जोड्ने सडक खुलाउन ड्रोनबाट इन्धन ढुवानी गरिँदै

    Post Thumbnail

    शारदीय काव्यमिलनमा देश र समाजका आवाज प्रस्तुत

    Post Thumbnail

    सेवा विस्तारसँगै प्रदेश अस्पतालमा सेवाग्राही बढ्दै

    Post Thumbnail

    दसैँअघि निकुञ्जमा जिप सफारी

    प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित

    नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी

    [email protected]

    ०१०५२११७५,९८५११२०८५०

    जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२

    जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०

    सूचना विभाग दर्ता नम्बर: ५२१०

    हाम्रो टीम

    अध्यक्ष /संचालक : श्री दिपा लम्साल - (९८५११२०९४०)
    प्रधानसम्पादक : श्री बद्री अधिकारी - (९८५११२०८५०)
    कार्यकारी सम्पादक :अर्जुन प्रसाद खतिवडा - (९८४९३३९२२२)
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • ई-पेपर
    • बिज्ञापन
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • समाचार
    • स्थानीय समाचार
    • अन्तर्राष्ट्रिय
    © २०७९ प्रत्यूष Designed by: GOJI Solution