Logo
  • ई-पेपर
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • आर्थिक/बजार
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरञ्जन
  • राजनीति
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • साहित्य
  • सुचना प्रविधि
  • स्वास्थ्य
© २०७९ प्रत्यूष Designed by: GOJI Solution
Logo
२०८३ आश्विन १९, सोमबार
आजको ई-पेपर
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • आर्थिक/बजार
  • खेलकुद
  • मनोरञ्जन
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय

गल्छीको खुवा र सल्यानटारको मास, खरीको पिँडालुले ततायो धादिङ महोत्सव

प्रत्यूष ३६०९ पटक पढिएको प्रकाशित मिति: २०८२ माघ १८, आईतबार (८ महिना अघि)
गल्छीको खुवा र सल्यानटारको मास, खरीको पिँडालुले ततायो धादिङ महोत्सव

धादिङबेशी । दशौँ धादिङ महोत्सवमा नेपालमै उत्कृष्ट मानिने गल्छीको खुवा र सल्यानटारको मासले विशेष चर्चा पाएका छन् । महोत्सव सुरु भएको पहिलो दिनदेखि नै यी स्थानीय उत्पादनप्रति दर्शक तथा उपभोक्ताको उल्लेख्य भीड देखिएको छ ।

गल्छी गाउँपालिका–स्थित धिताल मिठाइ पसलबाट ल्याइएको गल्छीको खुवा, लस्सी, छुर्पी, गुँदपाक र पुष्टकारी महोत्सवको मञ्च अगाडि राखिएको स्टलमा बिक्रीका लागि राखिएको छ । देशभर यात्रा गर्नेहरूले गल्छी पुगेपछि खुवा र लस्सी नखाई नफर्कने परम्परा नै बनेको भन्दै महोत्सवमा समेत यसको स्वाद लिन उपभोक्ताको भीड लागेको छ ।
देशका नेता तथा उच्च प्रशासकसमेत गल्छी पुग्दा खुवा खाने गरेको स्मरण गर्दै आयोजक संस्थाका वरिष्ठ उपाध्यक्ष रोहित भण्डारीले महोत्सवमा गल्छीको खुवा आएपछि चहलपहल झनै बढेको बताउनुभयो । उहाँका अनुसार स्थानीय उत्पादनले बजार पाउँदा किसान र उद्यमी दुवै उत्साहित भएका छन् ।

यसैगरी, सल्यानटारको मासले पनि महोत्सवलाई थप ऊर्जा दिएको छ । स्वादिलो, सजिलै पाक्ने र पूर्ण रूपमा स्थानीय उत्पादन भएकाले सल्यानटारको मास तथा मासको दाल नाम सुन्नासाथ उपभोक्ताको रोजाइमा पर्ने गरेको छ । महोत्सवको कृषि तथा स्थानीय उत्पादन स्टलमा सल्यानटारको मास बिक्री भइरहेको मास विक्रेता सञ्जु श्रेष्ठले जानकारी दिनुभयो । हाल सल्यानटारको मास प्रतिपाथी एक हजार रुपैयाँमा बिक्री भइरहेको छ भने सल्यानटारको कालो भटमास पनि सोही मूल्यमा उपलब्ध रहेको उहाँले बताउनु भयो ।

सरकारले अघि सारेको “एक गाउँ, एक उत्पादन” नीतिअन्तर्गत सल्यानटार क्षेत्र मास र भटमासको उत्पादनका लागि परिचित बन्दै गएको छ । स्थानीय उत्पादनले बजार पाउने वातावरण बनेसँगै किसानको आत्मविश्वास बढेको स्थानीयको भनाइ छ । गल्छीको स्वादिलो खुवा र सल्यानटारको अर्गानिक मासले यस वर्षको धादिङ महोत्सवलाई थप रौनक दिएको छ भने स्थानीय उत्पादनले नै अर्थतन्त्र चलाउन सकिन्छ भन्ने सशक्त सन्देश पनि दिएको छ । त्यसैगरी खरिको पिँडालुले पछिल्लो समय स्वाद र पोषणका कारण उपभोक्ताको रोजाइमा पर्दै गएको छ । विशेष गरी ग्रामीण भेगमा परम्परागत रूपमा खेती हुँदै आएको पिँडालु अहिले बजारमुखी बालीका रूपमा चिनिन थालेको छ ।
खरिमा उत्पादन हुने पिँडालु स्वादिलो, सजिलै पक्ने र रासायनिक मल तथा विषादीको प्रयोग न्यून हुने भएकाले अर्गानिक उत्पादनका रूपमा परिचित हुँदै गएको छ ।

वर्षौंदेखि घरेलु प्रयोजनका लागि मात्रै उत्पादन हुँदै आएको पिँडालु पछिल्ला वर्षहरूमा बजारसम्म पुग्न थालेपछि किसानको आम्दानीको स्रोतसमेत बन्दै गएको छ । स्थानीय किसानहरूका अनुसार खरिमा उत्पादन हुने पिँडालु तरकारी, अचार र चिप्सलगायत विभिन्न परिकारका लागि उपयुक्त हुन्छ । विशेष गरी स्थानीय होटल, भोजभतेर तथा चाडपर्वको समयमा यसको माग उल्लेख्य रूपमा बढ्ने गरेको छ ।

कृषि प्राविधिकहरूका अनुसार पिँडालुमा प्रशस्त मात्रामा कार्बोहाइड्रेट, फाइबर र खनिज तत्व पाइने भएकाले स्वास्थ्यका दृष्टिले पनि उपयोगी मानिन्छ । न्यून लागतमा उत्पादन गर्न सकिने भएकाले साना किसानका लागि यो बाली लाभदायक विकल्प बन्दै गएको उनीहरूको भनाइ छ ।
खरि क्षेत्रका किसानहरूले प्रचार प्रसारकै लागी महोत्सवमा स्टल लिएर बिक्री बितरणमा जुटेका हुन् । आगामी दिनमा पिँडालुले धादिङको अर्को पहिचान बनाउन सक्ने सम्भावना रहेको उनीहरूको विश्वास छ ।

स्थानीय उत्पादनलाई प्रवद्र्धन गर्ने उद्देश्यले आयोजना भएको महोत्सवमा खरिमा उत्पादन हुने पिँडालुले अर्को चर्चा पाएको छ । यसले किसानलाई प्रोत्साहन मिल्नुका साथै उपभोक्तालाई पनि स्थानीय उत्पादनप्रति आकर्षित गरेको छ ।

प्रतिक्रिया दिनुहोस
ज्वालामुखी गाउँपालिका सम्बन्धि थप
  • Post Thumbnail

    सशस्त्र प्रहरीका एआइजी दाहाल निलम्बित

  • Post Thumbnail

    सवारी दुर्घटनामा एकको मृत्यु, दश जना घाइते

  • Post Thumbnail

    मलेसिया रोजगारीमा सीमित संस्थाको एकाधिकार रोक्न व्यवसायी सङ्घको माग

  • Post Thumbnail

    मानव-हात्ती सहअस्तित्वका लागि एनटीएनसी र एसईएफबीच सम्झौता

  • प्रत्यूष ई-पेपर थप

    २०८३ असोज १९ गते सोमबार

    २०८३ असोज १९ गते सोमबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    समाचार
    कोरला नाका जोड्ने सडक खुलाउन ड्रोनबाट इन्धन ढुवानी गरिँदै

    कोरला नाका जोड्ने सडक खुलाउन ड्रोनबाट इन्धन ढुवानी गरिँदै

    Post Thumbnail

    शारदीय काव्यमिलनमा देश र समाजका आवाज प्रस्तुत

    Post Thumbnail

    सेवा विस्तारसँगै प्रदेश अस्पतालमा सेवाग्राही बढ्दै

    Post Thumbnail

    दसैँअघि निकुञ्जमा जिप सफारी

    प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित

    नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी

    [email protected]

    ०१०५२११७५,९८५११२०८५०

    जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२

    जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०

    सूचना विभाग दर्ता नम्बर: ५२१०

    हाम्रो टीम

    अध्यक्ष /संचालक : श्री दिपा लम्साल - (९८५११२०९४०)
    प्रधानसम्पादक : श्री बद्री अधिकारी - (९८५११२०८५०)
    कार्यकारी सम्पादक :अर्जुन प्रसाद खतिवडा - (९८४९३३९२२२)
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • ई-पेपर
    • बिज्ञापन
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • समाचार
    • स्थानीय समाचार
    • अन्तर्राष्ट्रिय
    © २०७९ प्रत्यूष Designed by: GOJI Solution