Logo
  • ई-पेपर
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • आर्थिक/बजार
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरञ्जन
  • राजनीति
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • साहित्य
  • सुचना प्रविधि
  • स्वास्थ्य
© २०७९ प्रत्यूष Designed by: GOJI Solution
Logo
२०८२ माघ ३, शनिबार
आजको ई-पेपर
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • आर्थिक/बजार
  • खेलकुद
  • मनोरञ्जन
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय

पुर्ख्यौली नृत्य पुस्तान्तरणका लागि प्रतियोगिता

रासस २० पटक पढिएको प्रकाशित मिति: २०८२ माघ ३, शनिबार (३ घण्टा अघि)
पुर्ख्यौली नृत्य पुस्तान्तरणका लागि प्रतियोगिता

म्याग्दी, ३ माघ
मगर समुदायको मौलिक लोक संस्कृति पुर्ख्यौली नृत्यको पुस्तान्तरणका लागि मालिका गाउँपालिका–६ दरवाङमा प्रतियोगिता सम्पन्न भएको छ ।

नेपाल मगर संघ मालिका गाउँपालिकाले माघे सङ्क्रान्ति पर्वको अवसरमा शुक्रबार आयोजना गरेको प्रतियोगितामा नौ समूहले सहभागिता जनाएका थिए । प्रतियोगितामा बिम तल्लो गाउँ पहिलो, पन्थोक राजदाङ दोस्रो र चिउरीबोट तेस्रो भएको नेपाल मगर संघ मालिकाका अध्यक्ष ओमकार रोकाले जानकारी दिनुभयो ।

उहाँका अनुसार पहिलो, दोस्रो र तेस्रो हुने कलाकार समूहलाई क्रमश रु। ३० हजार, २० हजार र १५ हजार नगद पुरस्कार प्रदान गरिएको छ । मालिका गाउँपालिकाका अध्यक्ष बेगप्रसाद गर्बुजा, वडा अध्यक्षहरु पथबहादुर रोका, उदयबहादुर रोका लगायतले पुरस्कार वितरण गर्नुभएको थियो ।

“मगर समुदायको जन्म, मृत्यु, बिवाह, छेवारमा अनिवार्य प्रस्तुत गर्नुपर्ने पुरख्यौली नाच संरक्षण र नयाँ पुस्तामा सिप हस्तान्तरण गर्ने उद्देश्यले मालिकामा पहिलो पटक प्रतियोगिता आयोजना गरिएको हो,” उहाँले भन्नुभयो “अग्रज र नयाँ पुस्ताका कलाकार सँगै पुरख्यौली प्रतियोगितामा सहभागी भएर पुस्तान्तरणको वातावरण बनेको छ ।”

पुरख्यौलीमा माया प्रेम, प्रकृति र सामाजिक घटनाहरुलाई सोरठी, यानीमाया, खेली, ठाडो खेली, दरखेली, भालै भाका, चुड्के खेली, लस्के खेलीको भाकामा गित गाउने गरिन्छ । गित मार्फत प्रकृति र देवी देवताको सम्मान गर्दा सरस्वती जागेर शरिर काम्ने यो नाचको अनौठो विशेषता रहेको मालिका गाउँपालिका–२ रुमका कलाकार तविलाल पुनले बताउनुभयो ।

“पुरख्यौली गित, नृत्यले देवी देवताहरुको सम्मान गर्छ,” उहाँले भन्नुभयो “लोककथाका विषयलाई गित र नृत्यका माध्यमबाट प्रस्तुत गर्नुनै पुरख्यौलीको प्रमुख विषेशता हो ।” दुःख पर्दाको समयमा सान्त्वना दिन सोरठी भाकामा गाउने चलन छ । गीतको भाका र नाच्नेहरुबीच मादलको ताल मिल्नुपर्छ । पुरख्यौली सात रात सात दिनसम्म पनि गाएर÷ नाचेर नसकिने मान्यता छ ।

पुरख्यौली नाच देखाउँदा महिलाले सोरठी भाका गाउने गर्छन् । पुरुषहरु कोही कोही महिलाले लगाउने चोली, गुन्यू, पटुका, घल्याङ, पछ्यौरा, माला, हातमा रैयाले सिङ्गारिएर मारुनी बन्छन् भने सोही अनुपातमा शिरमा फेटा–टोपी, भोटो, खादी भांङ्ग्रा र कम्मरमा मादल भिरेर कोही मादले बनेर ९मादले मारुनी० नाच देखाउँछन् ।

विशेष गरी यो नाच शुरु गर्नु पूर्व सरस्वती जगाउने गरिन्छ । मादलको तालअनुसार देखाइने यो नाचमा सरस्वती जगाउँदा चोखो शरीर भएकाहरु एक्कासी काम्ने गर्छन् । वैदेशिक रोजगारीका कारण युवा र पुरानो पुस्ताबीचमा संस्कृति हस्तान्तरणमा खाडल देखिएपछि तालीम, सहजीकरण लगायतका माध्यमबाट संस्कृति संरक्षणमा पहल गरेको मालिका गाउँपालिका–७ बिम तल्लोगाउँका बुद्धीबहादुर जुग्जालीले बताउनुभयो ।

“केही वर्ष अघिसम्म बूढापाकाहरु मात्रै नाच्न र गाउन सक्ने भए पनि पछिल्लो समय युवा जमातसमेत नाचमा सहभागी हुन थालेका छौ,” उहाँले भन्नुभयो “अघिल्लो पुस्ताले हामीलाई सिकाउनुभयो, हामीले पछिल्लो पुस्तालाई पुरख्यौली संस्कृतिको ज्ञान, सिप र मौलिकता हस्तात्रण गरेर लोप हुन दिदैनौ ।”

प्रतिक्रिया दिनुहोस
समाचार सम्बन्धि थप
  • बाथरोग सेन्टरबाट  जेष्ठ प्राध्यापकलाई  ‘तीर्थानन्द वैद्य मेमोरियल लाइफ टाइम एचिभमेन्ट अवार्ड’ प्रदान

    बाथरोग सेन्टरबाट जेष्ठ प्राध्यापकलाई ‘तीर्थानन्द वैद्य मेमोरियल लाइफ टाइम एचिभमेन्ट अवार्ड’ प्रदान

  • गगन थापा नेतृत्वको कांग्रेसले पायो निर्वाचन आयोगको मान्यता

    गगन थापा नेतृत्वको कांग्रेसले पायो निर्वाचन आयोगको मान्यता

  • मन्त्री चौलागाईंसँग  जापानी राजदूतको भेटवार्ता

    मन्त्री चौलागाईंसँग जापानी राजदूतको भेटवार्ता

  • ‘चुनपहरा चट्टान’ आरोहण प्रशिक्षण केन्द्र

    ‘चुनपहरा चट्टान’ आरोहण प्रशिक्षण केन्द्र

  • प्रत्यूष ई-पेपर थप

    २०८२ माघ २ गते शुक्रबार

    २०८२ माघ २ गते शुक्रबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    समाचार
    बाथरोग सेन्टरबाट  जेष्ठ प्राध्यापकलाई  ‘तीर्थानन्द वैद्य मेमोरियल लाइफ टाइम एचिभमेन्ट अवार्ड’ प्रदान

    बाथरोग सेन्टरबाट जेष्ठ प्राध्यापकलाई ‘तीर्थानन्द वैद्य मेमोरियल लाइफ टाइम एचिभमेन्ट अवार्ड’ प्रदान

    पुर्ख्यौली नृत्य पुस्तान्तरणका लागि प्रतियोगिता

    पुर्ख्यौली नृत्य पुस्तान्तरणका लागि प्रतियोगिता

    गगन थापा नेतृत्वको कांग्रेसले पायो निर्वाचन आयोगको मान्यता

    गगन थापा नेतृत्वको कांग्रेसले पायो निर्वाचन आयोगको मान्यता

    मन्त्री चौलागाईंसँग  जापानी राजदूतको भेटवार्ता

    मन्त्री चौलागाईंसँग जापानी राजदूतको भेटवार्ता

    प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित

    नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी

    [email protected]

    ०१०५२११७५,९८५११२०८५०

    जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२

    जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०

    सूचना विभाग दर्ता नम्बर: .....

    हाम्रो टीम

    प्रधानसम्पादक : बद्रि अधिकारी
    कार्यक्रारी सम्पादक :
    ब्यबस्थापक :....
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • ई-पेपर
    • बिज्ञापन
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • समाचार
    • स्थानीय समाचार
    • अन्तर्राष्ट्रिय
    © २०७९ प्रत्यूष Designed by: GOJI Solution