Logo
  • ई-पेपर
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • आर्थिक/बजार
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरञ्जन
  • राजनीति
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • साहित्य
  • सुचना प्रविधि
  • स्वास्थ्य
© २०७९ प्रत्यूष Designed by: GOJI Solution
Logo
२०८२ पौष २५, शुक्रबार
आजको ई-पेपर
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • आर्थिक/बजार
  • खेलकुद
  • मनोरञ्जन
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय

प्राथमिक उपचारसम्बन्धी तालिममा राउटे समुदायका युवायुवती सहभागी

रासस ३४ पटक पढिएको प्रकाशित मिति: २०८२ पौष २३, बुधबार (१ दिन अघि)
प्राथमिक उपचारसम्बन्धी तालिममा राउटे समुदायका युवायुवती सहभागी

कर्णाली, २३ पुसः

लोपोन्मुख फिरन्ते राउटे समुदाय युवा युवतीहरूलाई प्राथमिक उपचार सम्बन्धी जानकारी दिन सुर्खेतमा तालिम आयोजना गरिएको छ । तालिममा सीमान्तकृत सो समुदायका आठ युवती र सात युवा सहभागी छन् ।

सामाजिक विकास मन्त्रालयका अनुसार सुर्खेत, दैलेख, जाजरकोट र सल्यानका जङ्गल क्षेत्रमा फिरन्ते जीवन बिताउँदै आएको सो समुदायको हाल जनसङ्ख्या एक सय ३३ छ । पछिल्लो समय मदिरा सेवन, अस्वस्थ जीवनशैली र खानपानका कारण जनसङ्ख्या घटेको जनाइएको छ ।

अहिले उनीहरु लेकबेँसी नगरपालिका–७ सुर्खेतको जङ्गल क्षेत्रमा बसोबास गर्दै आएका छन् । सहभागीलाई नेपाल रेडक्रस सोसाइटी सुर्खेत शाखाका तालिमप्राप्त स्वास्थ्यकर्मीले प्रयोगात्मक अभ्यासमार्फत प्राथमिक उपचारका आधारभूत सीप सिकाउने कार्यतालिका रहेको नेपाल रेडक्रस सोसाइटी सुर्खेतका सभापति रामलाल आचार्यले जानकारी दिनुभयो ।

उहाँका अनुसार तालिमबाट चोटपटक वा आकस्मिक स्वास्थ्य समस्या देखिँदा अस्पताल लैजानुअघि प्राथमिक उपचार गर्न सक्ने अपेक्षा गरिएको छ ।

कर्णाली प्रदेश सरकारका सामजिक विकासमन्त्री घनश्याम भण्डारीले मंगलबार तालिम शुभारम्भ गर्नुहँुदै कर्णाली प्रदेशको पहिचानका रूपमा अस्तित्वमा रहेको राउटे समुदायको संरक्षण सबैको साझा दायित्व भएको बताउनुभयो । उहाँले भन्नुभयो, “कुनै समय पैसा छोए पाप लाग्छ भन्ने विश्वास राख्ने राउटे समुदायका युवाहरूले आधुनिक स्वास्थ्योपचारप्रति देखाएको चासोले सकारात्मक परिवर्तनको सङ्केत गरेको छ । यो समुदाय केवल एउटा जाति नभई सभ्यता, भाषा र संस्कृतिको जीवन्त सङ्गम पनि हो ।”

मन्त्री भण्डारीले राउटेहरूको सभ्यतामा ठेस नपुग्नेगरी सामाजिकीकरणको पाटोमा ल्याउन सरकार प्रयासरत रहेको जनाउँदै पछिल्लो १० वर्षको बसाइँसराइको तथ्याङ्कका आधारमा ‘राउटे करिडोर’ निर्माण र ‘राउटे नीति’ अन्तिम चरणमा पुगेको उल्लेख गर्नुभयो । उक्त नीति कार्यान्वयनसँगै उनीहरूको रहनसहन र रीतिरिवाज संरक्षणसँगै आधुनिकीकरणतर्फ कार्यक्रम केन्द्रित गरिने उहाँको भनाइ थियो ।

कार्यक्रममा दैलेखको गुराँस गाउँपालिकाका अध्यक्ष टोपबहादुर बिसीले राउटे समुदायलाई परिचयपत्र वितरणसँगै सामाजिक सुरक्षा भत्ता उपलब्ध गर्दै आएको बताउनुभयो । राउटे समुदायका नागरिकलाई नागरिकता प्रदान गर्न पालिकाले पहल थालेको र प्रस्ताव जिल्ला प्रशासन कार्यालयमा पुगिसकेको समेत उहाँले जानकारी दिनुभयो ।

राउटे समुदायको जीविकोपार्जन सुधारका क्षेत्रमा काम गर्दै आएको गैरसरकारी संस्था सामाजिक सेवा केन्द्र (सोसेक) नेपालका कार्यकारी निर्देशक हिरासिं थापाले पछिल्लो समय राउटे युवाहरू आधुनिक चिकित्सासम्बन्धी उपचारप्रति विश्वास गर्न थालेकाले प्राथमिक उपचार तालिम सञ्चालन गरिएको जानकारी दिनुभयो । परम्परागत घरेलु उपचारका कारण जटिल स्वास्थ्य समस्या देखिन थालेकाले नयाँ पुस्तालाई आधुनिक उपचार पद्धतिबारे जानकारी दिन तालिमले सहयोग पु¥याउने अपेक्षा गरिएको उहाँले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस
समाचार सम्बन्धि थप
  • आगामी प्रतिनिधिसभा निर्वाचनमा ८० हजार सेना परिचालन हुने

    आगामी प्रतिनिधिसभा निर्वाचनमा ८० हजार सेना परिचालन हुने

  • स्थानीय तहबाटै प्यान कार्ड जारी

    स्थानीय तहबाटै प्यान कार्ड जारी

  • कञ्चनजङ्घा आधार शिविर सुनसान

    कञ्चनजङ्घा आधार शिविर सुनसान

  • रुपामा एक लाख ७५ हजार किलो लसुन र प्याज उत्पादन गर्ने लक्ष्य

    रुपामा एक लाख ७५ हजार किलो लसुन र प्याज उत्पादन गर्ने लक्ष्य

  • प्रत्यूष ई-पेपर थप

    २०८२ पुस २३ गते बुधबार

    २०८२ पुस २३ गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    समाचार
    आगामी प्रतिनिधिसभा निर्वाचनमा ८० हजार सेना परिचालन हुने

    आगामी प्रतिनिधिसभा निर्वाचनमा ८० हजार सेना परिचालन हुने

    स्थानीय तहबाटै प्यान कार्ड जारी

    स्थानीय तहबाटै प्यान कार्ड जारी

    कञ्चनजङ्घा आधार शिविर सुनसान

    कञ्चनजङ्घा आधार शिविर सुनसान

    रुपामा एक लाख ७५ हजार किलो लसुन र प्याज उत्पादन गर्ने लक्ष्य

    रुपामा एक लाख ७५ हजार किलो लसुन र प्याज उत्पादन गर्ने लक्ष्य

    प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित

    नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी

    [email protected]

    ०१०५२११७५,९८५११२०८५०

    जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२

    जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०

    सूचना विभाग दर्ता नम्बर: .....

    हाम्रो टीम

    प्रधानसम्पादक : बद्रि अधिकारी
    कार्यक्रारी सम्पादक :
    ब्यबस्थापक :....
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • ई-पेपर
    • बिज्ञापन
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • समाचार
    • स्थानीय समाचार
    • अन्तर्राष्ट्रिय
    © २०७९ प्रत्यूष Designed by: GOJI Solution