Logo
  • ई-पेपर
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • आर्थिक/बजार
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरञ्जन
  • राजनीति
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • साहित्य
  • सुचना प्रविधि
  • स्वास्थ्य
© २०७९ प्रत्यूष Designed by: GOJI Solution
Logo
२०८२ पौष १९, शनिबार
आजको ई-पेपर
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • आर्थिक/बजार
  • खेलकुद
  • मनोरञ्जन
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय

गुल्मीमा चरा प्रजातिको सङ्ख्या ३५५ पुग्यो

रासस २१ पटक पढिएको प्रकाशित मिति: २०८२ पौष १९, शनिबार (३ घण्टा अघि)
गुल्मीमा चरा प्रजातिको सङ्ख्या ३५५ पुग्यो

गुल्मी, १९ पुसः थप ३० नयाँ प्रजातिको चरा फेला परेसँगै हालसम्म जिल्लामा प्राप्त चरा प्रजातिहरुको सङ्ख्या जम्मा ३५५ पुगेको छ । नेपाल पन्छी संरक्षण सङ्घले जिल्लामा हालै गरेको चरा गणनामा थप ३० नयाँ प्रजातिको चरा फेला परेका हुन् ।

जिल्लाको रेसुङ्गा, मदाने र थाप्ले सत्यवतीको वन संरक्षण क्षेत्रमा गरिएको चरा सर्वेक्षणमा उक्त चराहरु फेला परेको नेपाल पन्छी संरक्षण सङ्घ गुल्मीका परियोजना अधिकृत शम्भु भट्टराईले जानकारी दिनुभयो । सर्वेक्षणको क्रममा रेसुङ्गा वन संरक्षण क्षेत्र, मदाने वन संरक्षण क्षेत्र र थाप्ले सत्यवतीे वन संरक्षण क्षेत्रमा नयाँ २५ प्रजातिका चराहरु फेला परेको परियोजना अधिकृत भट्टराईले बताउनुभयो ।

यसअघि रेसुङ्गा र मदाने वन संरक्षित क्षेत्रमा वर्षमा दुई पटक चरा सर्वेक्षण गरिँदै आएकामा यस पटकको सर्वेक्षणमा थाप्ले सत्यवती वन संरक्षण क्षेत्रमा पनि चरा सर्वेक्षण गरिएको थियो । नयाँ फेला परेका चराका प्रजातिहरुमा तिलहरी, मोटो ठूँडे पुष्प कोकिला, उमाचाँचर, तिबिल्चे, मुरालिडे ढिकुरे भ्याकुर, निलो लघुपङ्ख, हटचुर चाँचर, हलीमुख, सिम कुखुरालगायत रहेको जनाइएको छ ।

विश्वमा पाइने दुर्लभ चराहरुमध्ये गुल्मीमा छ प्रजातिका चराहरु पाइन्छन् । ती चराहरुमा रेसुङ्गा वन संरक्षित क्षेत्रमा चिरकालीज, रणमत्त महाचिल, डङ्गर गिद्द, सेतो गिद्द, सुन गिद्द र गोमायो माहाचिल छन् । काँडे भ्याकुर रेसुङ्गा, मदाने र थाप्ले सत्यवती वन क्षेत्रमा रेकर्ड गरिएको छ ।

नेपालमा पाइने ९०३ प्रजातिका चरामध्ये गुल्मीमा करिब ४० प्रतिशत चरा फेला परेको नेपाल पन्छी संरक्षण सङ्घले जनाएको छ । सङ्घले विभिन्न समयमा गरेकोे पन्छी सर्वेक्षण अनुसार रेसुङ्गा वन क्षेत्रमा २७६ प्रजाति र मदाने वन संरक्षण क्षेत्रमा २८९ प्रजाति र थाप्ले सत्यवती वन संरक्षण क्षेत्रमा १९६ प्रजातिका चरा फेला परेका छन् ।

तीन वटै वन संरक्षण क्षेत्रमा गरिएको पछिल्लो सर्वेक्षणअनुसार जम्मा ३५५ प्रजातिका चराहरुको तथ्याङ्क अभिलेख गरिएको छ ।

सङ्घले वन क्षेत्रसँग जोडिएका स्थानीयवासीहरुलाई वन जङ्गलको संरक्षण र सम्वद्र्धनसँगै जीविकोपार्जनमा टेवा पु¥याउने कार्यक्रमहरु सञ्चालन गर्दै आएको छ । जिल्लामा चरा पर्यापर्यटनको प्रचुर सम्भावना रहेको रेसुङ्गा नगरपालिकाका प्रमुख खिलध्वज पन्थीले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस
समाचार सम्बन्धि थप
  • प्रतिनिधिसभा निर्वाचन ६१ दिन बाँकी : आयोगद्वारा उम्मेदवारलाई खर्चको सीमा निर्धारण

    प्रतिनिधिसभा निर्वाचन ६१ दिन बाँकी : आयोगद्वारा उम्मेदवारलाई खर्चको सीमा निर्धारण

  • अमेरिकी डलरको भाउ निरन्तर उकालो

    अमेरिकी डलरको भाउ निरन्तर उकालो

  • म्याग्दीको मुनादेखि बागलुङको ढोरपाटन उपत्यकासम्म सवारी साधन पुग्यो

    म्याग्दीको मुनादेखि बागलुङको ढोरपाटन उपत्यकासम्म सवारी साधन पुग्यो

  • फागुन २१ मा जसरी पनि निर्वाचन हुन्छः मन्त्री खरेल

    फागुन २१ मा जसरी पनि निर्वाचन हुन्छः मन्त्री खरेल

  • प्रत्यूष ई-पेपर थप

    २०८२ पुस १८ गते शुक्रबार

    २०८२ पुस १८ गते शुक्रबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    समाचार
    प्रतिनिधिसभा निर्वाचन ६१ दिन बाँकी : आयोगद्वारा उम्मेदवारलाई खर्चको सीमा निर्धारण

    प्रतिनिधिसभा निर्वाचन ६१ दिन बाँकी : आयोगद्वारा उम्मेदवारलाई खर्चको सीमा निर्धारण

    अमेरिकी डलरको भाउ निरन्तर उकालो

    अमेरिकी डलरको भाउ निरन्तर उकालो

    म्याग्दीको मुनादेखि बागलुङको ढोरपाटन उपत्यकासम्म सवारी साधन पुग्यो

    म्याग्दीको मुनादेखि बागलुङको ढोरपाटन उपत्यकासम्म सवारी साधन पुग्यो

    गुल्मीमा चरा प्रजातिको सङ्ख्या ३५५ पुग्यो

    गुल्मीमा चरा प्रजातिको सङ्ख्या ३५५ पुग्यो

    प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित

    नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी

    [email protected]

    ०१०५२११७५,९८५११२०८५०

    जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२

    जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०

    सूचना विभाग दर्ता नम्बर: .....

    हाम्रो टीम

    प्रधानसम्पादक : बद्रि अधिकारी
    कार्यक्रारी सम्पादक :
    ब्यबस्थापक :....
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • ई-पेपर
    • बिज्ञापन
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • समाचार
    • स्थानीय समाचार
    • अन्तर्राष्ट्रिय
    © २०७९ प्रत्यूष Designed by: GOJI Solution