Logo
  • ई-पेपर
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • आर्थिक/बजार
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरञ्जन
  • राजनीति
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • साहित्य
  • सुचना प्रविधि
  • स्वास्थ्य
© २०७९ प्रत्यूष Designed by: GOJI Solution
Logo
२०८२ पौष १८, शुक्रबार
आजको ई-पेपर
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • आर्थिक/बजार
  • खेलकुद
  • मनोरञ्जन
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय

जङ्गली हात्ती गाउँमा पस्दा तीन घरमा क्षति

रासस २७ पटक पढिएको प्रकाशित मिति: २०८२ पौष १८, शुक्रबार (३ घण्टा अघि)
जङ्गली हात्ती गाउँमा पस्दा तीन घरमा क्षति

झापा, १८ पुस

जङ्गली हात्तीको बथान गाउँ प्रवेश गर्दा जिल्लाको विभिन्न स्थानमा बिहीबार एकै दिन तीनवटा घरसहित लाखौँको अन्नबाली र भौतिक सम्पत्तिमा क्षति पुगेको छ ।

कमल गाउँपालिकाको वडा नं ३ बगाले टोलस्थित गणेश बस्नेतको टिनको छानो भएको घर, भद्रपुर नगरपालिका वडा नं ७ डाँफे चोकस्थित ऋषि भट्टराईको एकतले पक्की भवनको भान्सा घर र बिर्तामोड नगरपालिका–८ किसनभिट्टास्थित टङ्क बराइलीको टिनको छानो भएको कच्ची घर हात्तीले भत्काएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी खगेन्द्रबहादुर खड्काले जानकारी दिनुभयो ।

कमल–३ का गणेश बस्नेतले रातको समयमा घरभित्र पसेका तीनवटा हात्तीले मूलघर आंशिक रूपमा र भान्साघर पूर्ण रूपमा क्षतिग्रस्त बनाएको बताउनुभयो । हात्तीले उहाँको घरमा चार मन धान र चार मन मकैको पीठो खाएको थियो भने लत्ताकपडा, भाडावर्तन, फर्निचर गरी रु एक लाखबराबरको धनमाल क्षति पुगेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी खड्काले जानकारी दिनुभयो ।

भद्रपुरका ऋषि भट्टराईको घर र भान्साघर भत्काउँदा रु २२ हजारबराबरको क्षति भएको प्रहरीले जनाएको छभने बिर्तामोडका टङ्क बराइलीको घर भत्किँदा र अन्नबाली खाइदिँदा रु ४५ हजारबराबरको क्षति भएको छ । प्रहरीका सूचना अधिकारी खड्काका अनुसार बराइलीको एकतले कच्ची घरको टाटी भत्काएर हात्ती भण्डार कोठामा पसेको थियो । भण्डारमा रहेको आठ क्विन्टल धान र एक क्विन्टल चामल हात्तीले खाइदिएको थियो ।

प्रतिक्रिया दिनुहोस
समाचार सम्बन्धि थप
  • निर्वाचन : ६२ दिन बाँकी, सामग्री ढुवानीका लागि आवेदन दिन आयोगको आग्रह

    निर्वाचन : ६२ दिन बाँकी, सामग्री ढुवानीका लागि आवेदन दिन आयोगको आग्रह

  • प्याजको बिरुवा बेचेर एक लाख बढी आम्दानी

    प्याजको बिरुवा बेचेर एक लाख बढी आम्दानी

  • स्याङ्जामा यस वर्ष एक अर्ब ३२ करोडको सुन्तला उत्पादन

    स्याङ्जामा यस वर्ष एक अर्ब ३२ करोडको सुन्तला उत्पादन

  • धवलागिरी  अस्पताल भवन : तीन पटक म्याद थप गर्दा आधा काम

    धवलागिरी अस्पताल भवन : तीन पटक म्याद थप गर्दा आधा काम

  • प्रत्यूष ई-पेपर थप

    २०८२ पुस १८ गते शुक्रबार

    २०८२ पुस १८ गते शुक्रबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    समाचार
    निर्वाचन : ६२ दिन बाँकी, सामग्री ढुवानीका लागि आवेदन दिन आयोगको आग्रह

    निर्वाचन : ६२ दिन बाँकी, सामग्री ढुवानीका लागि आवेदन दिन आयोगको आग्रह

    जङ्गली हात्ती गाउँमा पस्दा तीन घरमा क्षति

    जङ्गली हात्ती गाउँमा पस्दा तीन घरमा क्षति

    प्याजको बिरुवा बेचेर एक लाख बढी आम्दानी

    प्याजको बिरुवा बेचेर एक लाख बढी आम्दानी

    स्याङ्जामा यस वर्ष एक अर्ब ३२ करोडको सुन्तला उत्पादन

    स्याङ्जामा यस वर्ष एक अर्ब ३२ करोडको सुन्तला उत्पादन

    प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित

    नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी

    [email protected]

    ०१०५२११७५,९८५११२०८५०

    जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२

    जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०

    सूचना विभाग दर्ता नम्बर: .....

    हाम्रो टीम

    प्रधानसम्पादक : बद्रि अधिकारी
    कार्यक्रारी सम्पादक :
    ब्यबस्थापक :....
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • ई-पेपर
    • बिज्ञापन
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • समाचार
    • स्थानीय समाचार
    • अन्तर्राष्ट्रिय
    © २०७९ प्रत्यूष Designed by: GOJI Solution