Logo
  • ई-पेपर
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • आर्थिक/बजार
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरञ्जन
  • राजनीति
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • साहित्य
  • सुचना प्रविधि
  • स्वास्थ्य
© २०७९ प्रत्यूष Designed by: GOJI Solution
Logo
२०८३ आश्विन २६, सोमबार
आजको ई-पेपर
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • आर्थिक/बजार
  • खेलकुद
  • मनोरञ्जन
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय

प्याजको बिरुवा बेचेर एक लाख बढी आम्दानी

प्रत्यूष, रासस ३०४५ पटक पढिएको प्रकाशित मिति: २०८२ पौष १८, शुक्रबार (९ महिना अघि)
प्याजको बिरुवा बेचेर एक लाख बढी आम्दानी

म्याग्दी, १८ पुस :

धवलागिरि गाउँपालिका–७ ताकममा एक जना किसानले एक रोपनीभन्दा कम जमिनमा प्याजको बिरुवा उत्पादन गरेर दुई महिनामै रु एक लाखभन्दा बढी आम्दानी गर्नुभएको छ ।

ताकमको आचार्य कृषि फार्मका सञ्चालक पद्माकुमारी आचार्यले उत्पादन गरेको प्याजको बिरुवा धवलागिरि र मालिका गाउँपालिकाका साथै पोखरासम्म बिक्री भएको हो । गत कात्तिक दोस्रो साता छ किलोग्राम प्याजको बीउ जमाएकी आचार्यले पुस दोस्रो हप्तासम्म रु एक लाखको बिरुबा बिक्री भएको बताउनुभयो ।

“पहिलो चरणमा उत्पादन गरेको बिरुवा बिक्री हुने अन्तिम चरणमा छ, माघमा लगाउनका लागि बिरुवाको माग आएपछि थप बीउ जमाएको छु”, उहाँले भन्नुभयो, “एक रोपनी क्षेत्रफल बारीमा उमारेको प्याजको बिरुवाबाट दुई महिनामै रु एक लाखको बिरुवा बिक्री भयो ।”

रु २५ हजार लगानी गरेकी आचार्यले सबै बिरुवा बिक्री गरिसक्दा करिब रु एक लाख ५० हजार आम्दानी हुने अनुमान गर्नुभएको छ । आचार्यले पछिल्लो तीन वर्षयता प्याजको बिरुवा उत्पादन गर्दै आउनुभएको छ ।

उहाँको नर्सरीमा उत्पादन भएको प्याजको बिरुवा धवलागिरि गाउँपालिकाको गुर्जा, लुलाङ, मुना, मुदी, ताकम, धारापानी, मराङ, मल्कवाङ, मालिकाको देवीस्थान र बिमका साथै पोखरामा पनि बिक्री भएको छ । फोन गरेर माग गर्ने किसानले घरबाटै खातामा पैसा पठाइदिन्छन् । बिरुवालाई प्याक गरेर गाडीमा राखेर किसानलाई पठाउने गर्नुभएको छ । एक मुठा प्याजको बिरुवा रु एक सयका दरले बिक्री भएको छ । सानो बिरुवा दुई सय र ठूला बिरुवा एक सयभन्दा बढीको मुठा बनाउने गरिएको छ ।

हरियाली कृषि समूहका अध्यक्षसमेत रहनुभएकी आचार्यले सङ्गम म्याग्दीले आयोजना गरेको तालिममा सहभागी भएर प्याजको बिरुवा उत्पादनसम्बन्धी सीप हासिल गर्नुभएको थियो । यसअघि ताकम कौछिनीका भेषनाथ गौतमले करिब दुई दशकसम्म प्याजका बिरुवा उत्पादन गर्नुहुन्थ्यो ।

गौतमले बिरुवा उत्पादन गर्न छाडेपछि धवलागिरि क्षेत्रका किसानले करेसाबारीमा प्याजखेती गर्न समस्या भएको थियो । नर्सरी सञ्चालनका लागि प्राविधिक ज्ञान, सीप र उपयुक्त हावापानी हुने भूगोलमा जमिन आवश्यक पर्छ । आचार्यले बिरुवा उत्पादन गर्न थालेपछि धवलागिरि र छिमेकी गाउँपालिकाका बासिन्दाले करेसाबारीमा प्याजखेती गर्न पाएका छन् । घरायसी उपभोगका लागि बजारबाट प्याज खरिद गर्नुपर्ने अवस्था कम हुने अपेक्षा गरिएको धवलागिरि गाउँपालिका–७ ताकमका वडाध्यक्ष अशोक खत्रीले बताउनुभयो ।

समुद्री सतहदेखि करिब दुई हजार मिटर उचाइमा रहेको ताकमको हावापानी नर्सरी र बिरुवा उत्पादनका लागि अनुकूल मानिएको छ । चिसो हावापानीमा उत्पादन भएको बिरुवामा रोग, कीराको प्रतिरोधात्मक क्षमता र गुणस्तरीय हुने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस
आर्थिक/बजार सम्बन्धि थप
  • ताप्लेजुङ मासु तथा माछा पसलमा अनुगमन

    ताप्लेजुङ मासु तथा माछा पसलमा अनुगमन

  • Post Thumbnail

    हराएका ५० दुईपाङ्ग्रे सवारीसाधन फेला पारी धनीलाई हस्तान्तरण

  • Post Thumbnail

    झापामा दुई भारतीय कार र अटोसहित अवैध सामान बरामद

  • Post Thumbnail

    अध्यागमन विभागद्वारा विदेशी नागरिक व्यवस्थापन सूचना प्रणाली लागू

  • प्रत्यूष ई-पेपर थप

    २०८३ असोज २६ गते सोमबार

    २०८३ असोज २६ गते सोमबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    समाचार
    ताप्लेजुङ मासु तथा माछा पसलमा अनुगमन

    ताप्लेजुङ मासु तथा माछा पसलमा अनुगमन

    Post Thumbnail

    हराएका ५० दुईपाङ्ग्रे सवारीसाधन फेला पारी धनीलाई हस्तान्तरण

    Post Thumbnail

    झापामा दुई भारतीय कार र अटोसहित अवैध सामान बरामद

    Post Thumbnail

    अध्यागमन विभागद्वारा विदेशी नागरिक व्यवस्थापन सूचना प्रणाली लागू

    प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित

    नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी

    [email protected]

    ०१०५२११७५,९८५११२०८५०

    जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२

    जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०

    सूचना विभाग दर्ता नम्बर: ५२१०

    हाम्रो टीम

    अध्यक्ष /संचालक : श्री दिपा लम्साल - (९८५११२०९४०)
    प्रधानसम्पादक : श्री बद्री अधिकारी - (९८५११२०८५०)
    कार्यकारी सम्पादक :अर्जुन प्रसाद खतिवडा - (९८४९३३९२२२)
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • ई-पेपर
    • बिज्ञापन
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • समाचार
    • स्थानीय समाचार
    • अन्तर्राष्ट्रिय
    © २०७९ प्रत्यूष Designed by: GOJI Solution