Logo
  • ई-पेपर
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • आर्थिक/बजार
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरञ्जन
  • राजनीति
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • साहित्य
  • सुचना प्रविधि
  • स्वास्थ्य
© २०७९ प्रत्यूष Designed by: GOJI Solution
Logo
२०८२ पौष १७, बिहिबार
आजको ई-पेपर
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • आर्थिक/बजार
  • खेलकुद
  • मनोरञ्जन
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय

जङ्गल फाँडेर सुन्तलाखेती विस्तार

रासस ३० पटक पढिएको प्रकाशित मिति: २०८२ पौष १७, बिहिबार (३ घण्टा अघि)
जङ्गल फाँडेर सुन्तलाखेती विस्तार

पर्वत १७ पुसः
 बिहादी गाउँपालिका–१ क्यूडाँडाका गणेशबहादुर गुरुङले सात वर्षदेखि व्यावसायिक सुन्तलाखेती गर्दै आउनुभएको छ । बाँझो र जङ्गलले भरिएको खेतबारीमा झाँडी फाँडेर उहाँले सुन्तलाखेती लगाउनुभएको हो ।
करिब एक सय रोपनी क्षेत्रफलमा रु एक करोड लगानी गरेर गुरुङले सुन्तलाखेती गर्नुभएको हो । उहाँको बगैँचामा तीन हजार २०० सुन्तलाका बोट छन् । तीमध्ये अहिले करिब ५० प्रतिशत बोटले फल दिन थालेका उहाँले जानकारी दिनुभयो ।
स्थानीय ‘बिजु’ जातका बिरुवा लगाएको बताउँदै गुरुङले सुरुमा परीक्षणका रूपमा खेती गरे पनि पछिल्लो दुई वर्षदेखि व्यावसायिक उत्पादन गर्न थालेको जानकारी दिनुभयो । उहाँकाअनुसार गत वर्ष रु पाँच लाख आम्दानी भएको थियो ।
“पाकेका सुन्तला टिपेर बजार पठाउन सुरु गरेका छौँ, अहिले नै कति आम्दानी हुन्छ भन्ने यकिन भइसकेको छैन”, कुश्माबजारमा आयोजित पर्वत महोत्सवमा बच्छेश्वर कृषि तथा पशुपक्षी फार्मको स्टल सञ्चालन गर्नुभएका गुरुङले भन्नुभयो, “खेर गएको माटो सदुपयोग गरी गाउँमा प्रशस्त आम्दानी गर्ने उद्देश्यले सुन्तला लगाएको हुँ ।” उहाँका अनुसार फार्ममा एउटै सुन्तला तीन सय ५० ग्राम सम्मका फलेका छन् ।
ठूला र आकर्षक गोटा भएकाले प्रतिकिलो रु एक सय ५० मा बिक्री भइरहेको गुरुङले जानकारी दिनुभयो । गाउँबाट थोक विक्रेतालाई भने रु एक सय २० मा बिक्री गर्ने गरेको उहाँले बताउनुभयो । फार्मसम्म पुग्ने सडकको अवस्था जोखिमयुक्त भएकाले सुन्तला ढुवानीमा समस्या परेको उहाँको भनाइ छ ।
“मुस्किलले फार्मभन्दा केही तलसम्म सडक पुगेको छ, तर कच्ची सडक भएकाले ठूला सवारीसाधन आउनजान नसक्दा बजार पठाउन समस्या हुन्छ”, गुरुङले भन्नुभयो । उहाँले सुन्तलासँगै निबुवा, कागती र बेसार पनि लगाउनुभएको छ । कागती र निबुवाको चुक तथा अमिलो र बेसारको धुलो घरमा तयार गरेर बिक्री गरिरहेको उहाँले बताउनुभयो ।
व्यावसायिक कृषिमा लागेको छोटो समयमै निर्माण व्यावसायबाट भन्दा कृषि कर्मबाट प्रस्शस्त आम्दानी गर्न सफल भएको उहाँको भनाइ छ । “यो पेसामा पहिलेदेखि लाग्नुपर्ने रहेछ । अहिले पनि ढुवानीको भने समस्या छ । सडक सुविधा सहज भएमा ढुवानीको समस्या अन्त्य हुने थियो”, उहाँले भन्नुभयो ।
फार्म सुरु गरेपछि कृषि ज्ञान केन्द्रले बिरुवा र ढुवानीमा अनुदान दिनुका साथै बिहादी गाउँपालिकाले क्यारेटलगायत आवश्यक सामाग्री सहयोग गरेको गुरुङले जानकारी दिनुभयो । उहाँले बगैँचामा रहेका सबै बोटले फल दिँदा वार्षिक रु ५० लाखभन्दा बढी आम्दानी गर्न सकिने बताउनुभयो । एक पटक लगानी गरेपछि वर्षौँसम्म आम्दानी लिन सकिने सुन्तला  वास्तवमै सुनजस्तै फल रहेको उहाँको अनुभव छ ।
सडकको पहुँच पुर्‍याइदिन पटकपटक स्थानीय सरकारलाई अनुरोध गरे पनि सुनुवाइ नभएको गुरुङले गुनासो गर्नुभयो । सडकको सहज पहुँच पुग्ने हो भने बगैँचालाई अझै आधुनिक किसिमले विस्तार गर्ने योजना रहेको उहाँले बताउनुभयो । गाउँमै रहेको माटोमा पसिना बगाउने हो भने रोजगारी र आम्दानीका लागि विदेश पलायन हुनु नपर्ने उहाँको भनाइ छ ।
प्रतिक्रिया दिनुहोस
समाचार सम्बन्धि थप
  • धवलागिरी  अस्पताल भवन : तीन पटक म्याद थप गर्दा आधा काम

    धवलागिरी अस्पताल भवन : तीन पटक म्याद थप गर्दा आधा काम

  • विचारः एआईमा आधारित शिक्षण विधिको अभ्यास

    विचारः एआईमा आधारित शिक्षण विधिको अभ्यास

  • भू-क्षय रोक्न स्याली नदीमा तटबन्ध निर्माण

    भू-क्षय रोक्न स्याली नदीमा तटबन्ध निर्माण

  • करिब छ महिनापछि सञ्चालनमा आयो रसुवागढी नाका

    करिब छ महिनापछि सञ्चालनमा आयो रसुवागढी नाका

  • प्रत्यूष ई-पेपर थप

    २०८२ पुस १६ गते बुधबार

    २०८२ पुस १६ गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    समाचार
    धवलागिरी  अस्पताल भवन : तीन पटक म्याद थप गर्दा आधा काम

    धवलागिरी अस्पताल भवन : तीन पटक म्याद थप गर्दा आधा काम

    जङ्गल फाँडेर सुन्तलाखेती विस्तार

    जङ्गल फाँडेर सुन्तलाखेती विस्तार

    विचारः एआईमा आधारित शिक्षण विधिको अभ्यास

    विचारः एआईमा आधारित शिक्षण विधिको अभ्यास

    भू-क्षय रोक्न स्याली नदीमा तटबन्ध निर्माण

    भू-क्षय रोक्न स्याली नदीमा तटबन्ध निर्माण

    प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित

    नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी

    [email protected]

    ०१०५२११७५,९८५११२०८५०

    जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२

    जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०

    सूचना विभाग दर्ता नम्बर: .....

    हाम्रो टीम

    प्रधानसम्पादक : बद्रि अधिकारी
    कार्यक्रारी सम्पादक :
    ब्यबस्थापक :....
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • ई-पेपर
    • बिज्ञापन
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • समाचार
    • स्थानीय समाचार
    • अन्तर्राष्ट्रिय
    © २०७९ प्रत्यूष Designed by: GOJI Solution