काठमाडौँ, १६ पुसः सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले सरकारले राज्य र सरकारअन्तर्गतका निकायलाई स्वतन्त्र एवं व्यावसायिक रूपमा अघि बढाएको स्पष्ट पार्दै निजीक्षेत्रमा कुनै हस्तक्षेप नगरेको बताउनुभएको छ ।
नेपाल उद्योग वाणिज्य महाङ्घद्वारा आज आयोजित ‘शान्ति, स्थायित्व र समृद्धिका लागि सहकार्य सामूहिक पहल’ विषयक कार्यक्रममा मन्त्री खरेलले निजीक्षेत्रलाई सुरक्षित राख्नु अपरिहार्य रहेको उल्लेख गर्नुभएको हो ।
उहाँले निजीक्षेत्रको सुरक्षा सबैको प्राथमिकता नबनेसम्म मुलुक अघि बढ्न नसक्ने धारणा व्यक्त गर्नुभयो । “समाजवादउन्मुख राज्यव्यवस्था अघि बढाउन निजी क्षेत्रलाई नजरअन्दाज गर्न सकिँदैन”, मन्त्री खरेलले भन्नुभयो, “उद्योग, व्यापार र व्यवसायका लागि अनुकूल वातावरण निर्माण गर्न सरकार प्रतिबद्ध छ ।”
सोही कार्यक्रममा उहाँले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचन सुनिश्चित भइसकेको भन्दै निर्वाचन हुनेमा कुनै आशङ्का नरहेको स्पष्ट पार्नुभयो । सरकारले दृढताका साथ निर्वाचन प्रक्रिया अघि बढाइरहेको उहाँको भनाइ छ ।




प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित
नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी
०१०५२११७५,९८५११२०८५०
जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२
जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०
सूचना विभाग दर्ता नम्बर: .....
| प्रधानसम्पादक : | बद्रि अधिकारी |
| कार्यक्रारी सम्पादक : | |
| ब्यबस्थापक : | .... |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |